अनलाइनखबर

काठमाडौं, २ चैत । साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानले इरानले परमाणु बम बनायो भने साउदी अरबले पनि बनाउने बताएका छन् ।

राजकुमार प्रिन्सले अमेरिकी च्यानल सीबीएस न्युजसँग कुरा गर्दै भनेका छन् ‘हाम्रो देश परमाणु हतियार राख्न चाहँदैन । तर, यो कुरामा शंका छैन । यदि इरानले परमाणु बनायो भने हामी पनि त्यो काम गर्न सक्छौं ।’

Advertisement

सन २०१५ मा विश्वका विभिन्न मुलुकको साथ भएको सम्झौतामा इरानले परमाणु कार्यक्रम रोकिदिएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो सम्झौताबाट अलग हुन सक्ने धम्कि दिए ।

मध्य पूर्वमा साउदी अरब र इरानको दुश्मनी निकै पुरानो हो । दुबै देशमा इस्लामको अलग-अलग प्रभुत्व छ । साउदी अरबमा सुन्नीको प्रभाव छ भने इरानमा शिया बलिया छन् ।

मध्यपूर्वका हिटलर

पि्रन्स मोहम्मद बिन सलमान साउदी अरबका रक्षामन्त्री समेत हुन् । उनले सीबीएस न्युजलाई एक घण्टाको अन्तरवार्ता दिएका छन् ।

उक्त अन्तरवार्तामा उनले यो पनि सम्झाएका छन् कि गएको नोभेम्बरमा उनले इरानका प्रमुख नेता अयोतुल्लाह अली खमेनीलाई मध्यपूर्वको नयाँ हिटलर भनेका थिए ।

प्रिन्स भन्छन्, ‘खमेनी मध्यपूर्वमा आफ्नो अलग्गै योजनामा काम गर्न चाहन्छन् । ठीक यसरी हिटलर आफ्नो हिसाबले सोच्थे ।’

साउदी अरब अमेरिकाको प्रमुख सहयोगी मुलुक हो । उसले सन् १९८८ मा परमाणु हतियार सम्बन्धी प्रभावकारी सन्धिमा हस्ताक्षर गरेका थिए ।

सन २०१३ मा इजरायलमा गुप्तचर सेनाका पूर्वप्रमुख अमोस यादलिनले स्वीडेनमा एक सम्मेलनमा भनेका थिए, ‘यदि इरान परमाणु बम बनाउँछ भने साउदी अरबलाई परमाणु बम प्राप्त गर्न एक महिना पनि लाग्दैन ।’

इरानले पनि परमाणु प्रभाव सन्धिमा हस्ताक्षर गरेको छ । उसले लामो समयदेखि भन्दै आएको छ, ‘परमाणु कार्यक्रम शान्तिपूर्ण पहलका लागि ।’

सन २०१५ मा अन्तर्राष्ट्रिय दवावकै कारण इरानले परमाणु कार्यक्रम बन्द गरेको थियो । तर, कतिपयले आशंका पनि गरेका थिए ।

तत्कालीन समयको सम्झौतालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाको ठूलै सफलताको रुपमा ब्याख्या गरिएको थियो । तर, डोनाल्ड ट्रम्पले टिप्पणी गर्दै भने, ‘यो अहिलेसम्मको सबैभन्दा बेकार सम्झौता ।’

अमेरिकाका पूर्व गृहमन्त्री रेक्स टिलरसन यस सम्झौताको समर्थनमा थिए । तर, सोही स्थानमा आएका पछिल्ला अधिकारी माइक पोम्पोले यो सम्झौता भत्काउन चाहे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!