काठमाडौँ, २ चैत।  एक महिनाभित्र नेपालमा तीन कारागार सञ्चालनमा आउने भएका छन् ।

कारागार व्यवस्थापन विभागले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक, पाल्पा र डोल्पा कारागार सञ्चालनमा आउन लागेको हो ।

Advertisement

विभागका सूचना अधिकारी कृष्णप्रसाद आचार्यले भूकम्पबाट क्षति पुगेको सिन्धुपाल्चोकको एक हप्ताभित्र र पाल्पा र डोल्पाको नयाँ भवन एक महिनाभित्र सञ्चालनमा आउने जानकारी दिनुभयो । विसं २०७२ वैशाखको भूकम्पले भत्किएको सिन्धुपाल्चोक कारागार झण्डै तीन वर्षपछि निर्माण सम्पन्न हुन लागेको हो ।

“कैदीबन्दीको संख्या बढेसँगै कारागारको संख्या थप गर्नुपरेको हो,”– उहाँले भन्नुभयो । भूकम्पले केही कारागार भत्किएको र केही कारागार नयाँ निर्माण हुने चरणमा रहेको उहाँको भनाइ थियो ।

नेपालमा हाल ७२ जिल्लामा ७४ कारागार रहेका छन् भने कैदीबन्दीको संख्या १८ हजार ५०० रहेको विभागले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!