रसुवा, १२ चैत। रामसार क्षेत्रमा सूचीकृत पवित्र तीर्थ गोसाइँकुण्डमा ड्रोन क्यामेरा लान निषेध गरिएको छ ।

माउण्ड एडभेञ्चर होलिडेजमार्फत गोसाइँकुण्ड जान लागेका एक अमेरिकी पर्यटकले आफ्नो साथमा ल्याएको ड्रोन क्यामेरा लाङटाङ राष्ट्रिय निकुञ्जको धुञ्चेस्थित सुरक्षा जाँच चौकीले आइतबार रोकेको पथ प्रदर्शक पासाङ शेर्पाले बताए ।

Advertisement

उक्त क्यामेरा लान नपाइने पूर्व जानकारी नहुँदा पर्यटकमाझ खल्लोपना बढेकाले यस्ता निषेधित चिजको जानकारी पदयात्रा पर्यटनको छाता संस्था ट्रेकिगं एजेन्सीज् एशोसियशन अफ नेपाल (टान) मार्फत उपलब्ध भएमा आगामी दिनको यात्रा सहज हुने अपेक्षा गरिएको पथ प्रदर्शक शेर्पाले सुझाव दिए ।

सो ड्रोन क्यामेराले रिमोटको सहायताले ५०० मिटर माथि गई श्रव्यदृश्य कैद गर्न सक्ने बताइएको छ ।

लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार साधारणबाहेक त्यस्ताखाले कुनै पनि क्यामेरा लान गृह मन्त्रालय र राष्ट्रिय निकुञ्ज विभागको स्वीकृत चाहिने र पर्यटकबाट राखिएको ड्रोन क्यामेरा ती पर्यटक गोसाइँकुण्डबाट फर्किएपछि फिर्ता दिइने छ ।

लाङटाङ राष्ट्रिय नीति नियमको अधीनमा रही पर्यटकलाई दिन सकिने सेवामा कुनै कन्चुस्याइँ नगरेको समेत प्रमुख संरक्षण अधिकृत रेग्मीले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!