पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

पदयात्रामा गएका जर्मन नागरिकको मृत्यु

रसुवा, २९ चैत ।  लाङटाङ क्षेत्रको पदयात्रामा निस्केका जर्मनीका नागरिक ४९ वर्षीय निल्स जाकलको आज मृत्यु भएको छ । लाङटाङको पदायात्रा गरी फर्किने क्रममा श्वासप्रश्वासमा गाह्रो भएपछि गोसाइँकुण्ड गाउँपालिका– ५ लामाहोटल क्षेत्रमा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनी गत शनिबार लाङटाङको पदयात्रामा निस्केका थिए । अहिले प्रहरी नायब उपरीक्षक शरत् कुमार थापा क्षेत्री हेलिकप्टरमा प्...
छोरा जन्माउन छ वटी श्रीमती

छोरा जन्माउन छ वटी श्रीमती

रोल्पा, २९ चैत । “बाँचुञ्जेल पाल्न र मरेपछि चितासम्म पुर्याउन छोरा नै चाहिन्छ त्यसैले छोरा जन्माउनका लागि छवटी श्रीमती विवाह गरेँ”, ठूलोगाउँ थबाङ रोल्पाका ५९ वर्षिय हित पुनले गर्वका साथ भन्नुभयो । हाल पुन सदरमुकाम लिबाङ नजिक बस्दै आउनुभएको छ । ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका पुनले एकपछि अर्काे गर्दै छवटी श्रीमती भित्र्याएको बताउनुभयो । पुनको पहिलो विवाह आफू १६ वर्ष हुँदा १४ वर्षीया किशोर...
नास्टले ६० विरुवाको कोडिङ गर्यो

नास्टले ६० विरुवाको कोडिङ गर्यो

ललितपुर, २९ चैत । नेपाल विधि विज्ञान प्रतिष्ठान (नास्ट) ले नेपालमा पाइने ६० प्रजातिका बोटविरुवाको कोडिङ गरेको छ । कुनै पनि प्रजातिको विरुवाको सम्पूर्ण जानकारी व्यवस्थित रुपमा इन्टरनेटमा राख्ने काम कोडिङ हो । विश्वका अधिकांश मुलुकले आफ्नो देशमा पाइने विरुवा सबैले हेर्न र जानकारी पाउन सक्ने गरी इन्टरनेटमा राखिएका हुन्छन् । नास्टले सन् २०१२ देखि बिरुवाको कोडिङ शुरु गरेको हो । विरुवाको कोडिङ गर्द...
विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

विद्यालय भवन पुनःनिर्माणका लागि सवा करोड सहयोग

बाबियाचौर, म्याग्दी, २९ चैत ।  म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माविको भवन पुनःनिर्माणका लागि प्रवासमा रहेका पूर्व विद्यार्थीको पहलमा सवा करोड रुपैयाँ आर्थिक सहयोग जुटेको छ । विद्यालयको ५०औँ स्थापना दिवसका अवसरमा नेपाल, बेलायत, हङ्कङ, कोरिया, जापान, अमेरिकालगायत देशमा रहेका पूर्व विद्यार्थीले  एक करोड २५ लाख जुटाएका हुन् । बेगखोला कल्याणकारी समाजको पहलमा संकलन भएको उक्त रकम व...
श्रीमतीको सहमतिबिना राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने ठहर

श्रीमतीको सहमतिबिना राखिने यौनसम्पर्क वैवाहिक बलात्कार नहुने ठहर

काठमाडौं, २९ चैत्र । पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो । पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने न्यायाधीश जेबी पर्दिवालाले बताए ।...
महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौँ, २९ चैत । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृहमन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले महानिरीक्षक खनालद्वयलाई दज्र्यानी चिह्न प्रदान गर्नुभएको हो । दुवै प्रहरी संगठनका नवनियुक्त महानिरीक्षकले आजबाटै आफ्नो कार्यभार सम्हाल्नुभएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठ...
कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

कर्णाली रारा पर्यटन वर्ष उद्घाटनका लागि ३९ लाख बजेट

सुर्खेत, २९ चैत । कर्णाली प्रदेश सरकारले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि ३९ लाख बजेट विनियोजन गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश सरकारको चौँथो मन्त्रिपरिषद् बैठकले रारा कर्णाली पर्यटन वर्ष २०७५ को उद्घाटन कार्यक्रमका लागि सो रकम विनियोजन गरेको हो । त्यसैगरी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष उपस्थितिमा मुगुको रारा तालमा बस्ने कर्णाली प्रद...
तय गरियो राष्ट्रिय पत्रकारिता दिवसको नारा

तय गरियो राष्ट्रिय पत्रकारिता दिवसको नारा

काठमाडौँ, २८ चैत । राष्ट्रिय पत्रकारिता दिवसको यस वर्षको नारा ‘समृद्धि र सुशासनका लागि आमसञ्चारको अभियान’ तय गरिएको छ । ‘तेस्रो राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने सन्दर्भमा गठित मूल समारोह समितिको सिंहदरबारस्थित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज बसेको बैठकले सो नारा तय गरेको हो । आगामी वैशाख २४ गते पत्रकारिता दिवस मनाउन सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाको संयोजकत्वमा मूल समारोह सम...
बसपार्कमा महिलाको शव फेला

बसपार्कमा महिलाको शव फेला

नेपालगन्ज, २८ चैत । बाँकेको कोहलपुर बसपार्कमा आज एक महिलाको शव फेला परेको छ । बर्दिया ठाकुरबाबा नगरपालिका–३ की २८ वर्षीया कल्पना शाही मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरी निरीक्षक निरन्जन घिमिरेका अनुसार मृतक शाही कोहलपुर बसपार्क वरपर बेलाबेलामा मदिराले मातिएको अवस्थामा भेटिने गरेकी थिइन् । मृतक शाहीका श्रीमान् नेपाली सेनामा कार्यरत रहेको र हाल शान...
घरायसी विवादमा गोली चल्दा एकै परिवारका  ६ जनाको मृत्यु

घरायसी विवादमा गोली चल्दा एकै परिवारका ६ जनाको मृत्यु

एजेन्सी। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा लामो समयदेखि जारी घरायसी विवादको कारण भएको द्वन्द्वमा परी एकै परिवारका ६ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले आज जानकारी दिएका छन । बेहसुद जिल्लाको सराचा ए अली खान क्षेत्रमा एकै परिवारको काकाको घरमा तीन दाजुभाइबीच मङ्गलबार अबेर राति भएको गोलीकाण्डमा परी काका स्वयम्, उनको श्रीमती र चार जना बालबालिकाको मृत्यु प्रान्तीय गभर्नरद्वारा प्रकाशित विज्ञप...
रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रोगले कुखुरा मर्दा रु ६० लाखको क्षति

रत्ननगर, चितवन, २८ चैत। रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिनुभयो । ...
जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज, शिक्षा कार्यालय असारसम्म रहने

जिल्लास्तरका २ दर्जन सरकारी कार्यालय खारेज, शिक्षा कार्यालय असारसम्म रहने

काठमाडौं, २८ चैत । जिल्लास्तरका करिब दुई दर्जन सरकारी कार्यालयहरु आजबाट खारेज भएका छन् । खारेज भएका सरकारी कार्यालयहरुका चलअचल सबै सम्पत्ति स्थानीय तह मातहत आएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङका अनुसार खारेजीमा परेका कार्यालयहरुको चलअचल सम्पत्ति जिल्ला समन्वय समिति (जिसस) प्रमुखको संयोजकत्वमा गठित समितिमार्फत हस्तान्तरण हुनेछ । केही ‘हस्तान...
बारामा उखुको रसले पोलेर एक जनाको मृत्यु, नौ जना घाईते

बारामा उखुको रसले पोलेर एक जनाको मृत्यु, नौ जना घाईते

कलैया, २७ चैत । बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरमा रहेको रिलाइन्स सुगरमिलमा उखुको तातो रस मोलासिसको ट्याङ्की फुट्दा तातो रस जीउमा खसेर एक जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । आज सो ट्यांकी अचानक फुट्दा ठेगाना नखुलेका भारतीय कामदार अन्दाजी ४५ वर्षीय रामस्नेहीको मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । गम्भीर घाइते भएका स्नेहीको कलैया अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक भ...
घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

घटनामा संलग्नलाई कारबाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, २७ चैत । धर्मगुरु आचार्य श्रीनिवासमाथि हत्या गर्ने उद्देश्यले गरिएको गोली प्रहार घटनामा संलग्नको खोजी गर्न माग गर्दै विभिन्न संघ संस्था तथा नागरिक समाजले आज साँझ माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् । योगी नरहरिनाथ आध्यात्मिक परिषद्, नेपाल विश्व हिन्दू महासंघ, श्रीमद्भागवत तथा गौ–संरक्षण केन्द्र, हिन्दू जागरण नेपाललगायत संस्थाले गत शनिबार विराटनगरमा सुनियोजित रुपमा गुरुमाथि भएको घट...
नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना जेल चलान

नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँचजना जेल चलान

काठमाडौँ, २७ चैत। नाबालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । यही फागुन १७ गते बल्खुबाट हराएकी १५ वर्षीया बालिकालाई १३ दिन बन्धक बनाई सामूहिक बलात्कार गर्ने सन्तोष घिमिरे, दिवस गड्तौला, सुदीप बजगाईं, भोला तामाङ र चन्द्र सापकोटालाई आज जेल चलान गरिएको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले आजको काठमाडौँ जिल्ला अदालतको आदेशानुसार जेल...
बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने: मन्त्री महासेठ

बैशाखबाट जलमार्ग सम्भाव्यताबारे अध्ययन गरिने: मन्त्री महासेठ

काठमाडौँ, २७ चैत। भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले आगामी बैशाखबाट नै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन शुरु गर्ने बताउनुभएको छ । आज यहाँ टिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा विगतमा प्रधानमन्त्रीले पानीजहाजको कुरा गर्दा विभिन्न तरिकाबाट उडाउने काम भएको भन्दै मन्त्री महासेठले पानीजहाजको सपना साकार हुने स्पष्ट पार्नुभयो । बैशाखको पहिलो साताबाट नै सम्भाव्यत...
प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

प्रहरी प्रमुखमा सर्वेन्द्र खनाल नियुक्त, सशस्त्रमा शैलेन्द्र

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । साथै शैलेन्द्र खनाल सशस्त्र प्रहरीको महानिरीक्षक बनेका छन् । मन्त्रिपरिषद्को मंगलबार साँझ बसेको बैठकले डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । आईजीपीका लागि सर्वेन्द्र खनालसँगै रमेश खरेल र पुष्कर कार्की दौडमा थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । डीआईजीम...
डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

डिपिएल : महेन्द्रनगर र काठमाडौँ फाइनलका लागि भिड्ने

धनगढी, २७ चैत । महेन्द्रनगर युनाइटेड र काठमाडौँ गोल्डेन्स यहाँ जारी रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि भिड्ने भएका छन् । प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा आज सिवाईसी अत्तरियालाई १५ रनले हराउँदै महेन्द्रनगर युनाइटेड प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । सिवाईसी अत्तरियाले टस जित्दै फिल्डिङ रोजेपछि महेन्द्रनगर युनाइट...
रासायनिक आक्रमणबाट घाइते युलिया अस्पतालबाट फिर्ता

रासायनिक आक्रमणबाट घाइते युलिया अस्पतालबाट फिर्ता

लण्डन, २७ चैत । रासायनिक आक्रमणबाट घाइते भएकी रुसका पूर्व गुप्तचरकी छोरी युलिया स्कृपाल सोमबार अस्पतालबाट घर फिर्ता हुनुभएको छ । घाइते हुनेबित्तिकै अस्पताल भर्ना गरिएकी उहाँको स्वास्थ्य अवस्थामा सन्तोषजनक सुधार आएपछि घर फिर्ता गरिएको अस्पतालका अधिकारीहरुले जनाएका छन् । उहाँसहित उहाँको बुबा सेर्गेइ स्कृपाललाई गत महिना मार्च ४ तारिखका दिन सलिस्बुरीमा रासायनिक आक्रमण भएको थियो । बिबिसीले लेख...
धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

धार्मिक आवरणमा हिंसा गर्नेहरु कारवाहीको दायरामा आउने

काठमाडौँ, २७ चैत । गृहमन्त्री रामबहादुर थापाले पछिल्ला दिनमा धार्मिक आवरणमा अस्थिरता निम्ताउन खोज्नेहरु सक्रिय भएकाले तिनलाई सरकारले कारवाहीको दायरामा ल्याउने स्पष्ट पार्नुभएको छ । गत आइतबार विराटनगरमा श्रीनिवास आचार्यमाथि भएको गोली प्रहारको घटनामा संलग्नलाई कारवाहीको माग गर्दै आज मन्त्रालयमा ४८ धार्मिक संघसंस्थाका तर्फबाट ज्ञापनपत्र बुझाउन आएको प्रतिनिधिमण्डलसँग गृहमन्त्री थापाले घटनामा संलग्न...
आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

आजदेखि सिंहदरबारमा सौर्य बत्ती झलल

काठमाडौँ, २७ चैत ।  मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आजदेखि सौर्य ऊर्जा (सोलार) प्रणालीबाट बत्ती बालिएको छ । चीन सरकारको सहयोगमा बनेको एक मेगावाट क्षमताको उक्त प्रणालीको सिंहदरबारमा आज आयोजित एक समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चीनका राजदूत यु होङले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । सौर्य ऊर्जा उत्पादनका निम्ति प्रधानमन्त्री कार्यालय, अर्थमन्त्रालय, ऊर्जा मन्त...
भरतपुर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

चितवन, २७ चैत । भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा आज हस्ताक्षर सम्पन्न भएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ शैक्षिक कार्यक्रम सञ्चालन भएको विश्वविद्यालयले महानगरपालिकाका गरीब, असहाय तथा जेहेन्दार २० विद्यार्थीलाई पूर्ण र ५० विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको छ । ...
शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

शिक्षाबाट वञ्चित बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न आह्वान

काठमाडौँ, २७ चैत। सरकारले शिक्षाबाट वञ्चित गरीब, विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायलगायतका बालबालिकाको स्वेच्छिक अभिभावकत्व ग्रहण गर्न सबैमा आह्वान गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले शिक्षाको अवसरबाट वञ्चित त्यस्ता समुदाय र वर्गका बालबालिकामध्ये एक एक बालक र बालिका खोजी गरी विद्यालयमा भर्ना गरिदिन र स्वेच्छिक अभिभावकत्व ग्रहण गदिदिन सबैमा आह्वान गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि ...
पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

पाकिस्तानद्वारा छात्रवृत्ति दोब्बर गरिएको घोषणा

काठमाडौँ, २७ चैत । पाकिस्तान सरकारले नेपाललाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति ‘सिट’ दोब्बरले वृद्धि गरिएको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्रीले हालै सम्पन्न आफ्नो औपचारिक नेपाल भ्रमणका क्रममा गर्नुभएको उक्त घोषणाबमोजिम यहाँस्थित पाकिस्तानी दूतावासले पनि स्थानीय तहमा उपलब्ध गराउँदै आएको छात्रवृत्तिको संख्यामा समेत दोब्बरले बढोत्तरी गरेको छ । पाँच वर्षयता उक्त दूतावासले वर्षेनी प्राथमिक, म...
जनप्रतिनिधिद्वारा नै सूचनाको हक कार्यान्वयनमा बेवास्ता

जनप्रतिनिधिद्वारा नै सूचनाको हक कार्यान्वयनमा बेवास्ता

काठमाडौँ, २७ चैत । भ्रष्टाचार न्युनीकरण र सुशासन प्रवद्र्धनमा महत्वपूर्ण औजारका रुपमा रहेको सूचनको हक कार्यान्वयन गर्न जनप्रतिनिधिहरूले नै आनाकानी गरिरहेको एक अध्ययनले देखाएको छ । लामो समयसम्म जनप्रतिनिधिविहीन बनेको स्थानीय तहमा अहिले जनप्रतिनिधिले नेतृत्व गरिरहे पनि उनीहरूले सूचनाको हक कार्यान्वयनमा चासो देखाएको देखिँदैन । अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हकका क्षेत्रमा लामो समयदेखि क्रियाशील...
वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

वाम कार्यदलको नयाँ ‘प्रोजेक्ट’ : नेपाल–बङ्गलादेश भूमिगत रेलमार्ग

काठमाडौं,२७ चैत्र । पूर्व–पश्चिम रेलमार्ग, केरुङ–काठमाडौं रेलमार्ग, दिल्ली–काठमाडौं रेलमार्गपछि नेपाल बङ्गलादेश रेलमार्गको योजना अगाडि आएको छ । सरकारका सुशासन र विकासका प्राथमिकता बारे सुझाव दिन गत माघ ७ गते एमाले माओवादी पार्टी एकता संयोजन समितिले एमाले उपाध्यक्ष वामदेव गौतम संयोजकत्वको कार्यदल बनाएको थियो । ७ सदस्य रहेको सो कार्यदलले तयार पारेको प्रतिवेदनमा नेपालदेखि बङ्गलादेशसम्म १३ किलोमिट...
वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

वर्षौंदेखि चलन भोग गर्दै आएको जग्गा भारतमा देखाइए पछि स्थानीय चिन्तित

कञ्चनपुर, २७ चैत ।  नेपाल भारतको संयुक्त सीमा सर्भे फिल्ड टोलीको सर्भेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखाइएको छ । संयुक्त सीमा सर्भे टिमको नक्सांकनमा भुडाको १५ बिगाहासम्म जमिन भारतमा देखाइएको छ । भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्र्दै आएका छन् । भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जम...
भारतमा फेरि अर्को दुर्घटना १८ को मृत्यु, १५ घाइते

भारतमा फेरि अर्को दुर्घटना १८ को मृत्यु, १५ घाइते

नयाँदिल्ली, २७ चैत । भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । सडकको डिभाइडरमा ढोक्किएर दुर्घटना हुँदा ट्रकमा रहेका मजदुरहरुको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । भारतको महाराष्ट्र राज्यको पुनेदेखि सतरासम्मको राजमार्गमा पर्ने पुने जिल्लाक...
सिन्डिकेटलाई जराबाटै उखेल्ने तयारी, यातायात समिति नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

सिन्डिकेटलाई जराबाटै उखेल्ने तयारी, यातायात समिति नवीकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा

काठमाडौं, २७ चैत । यातायात व्यवसायी संघ/समितिहरुको नविकरण नगर्ने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ । यातायात समितिहरु संघसंस्था दर्ताअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदै आएका छन् । गृहमन्त्रालयले मंगलबारको मन्त्रिपरिषद बैठकमा अबदेखि यातायात समितिहरुको नवीकरण नगर्ने प्रस्ताव लगेको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले लगेको प्रस्ताव पारित भएमा यातायातमा ब्याप्त सिन्डिकेटको जरा उखेलिने...
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

काठमाडौँ, २७ चैत । सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ । सो महाधिवेशनले आव २०७३/७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५/७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ । साथै महाधिवेशनमा भूक...
मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

मुग्लिन सडकका साँघुरा पुलले यात्रुलाई सास्ती

रत्ननगर, चितवन, २७ चैत। चितवनको नारायणगढ मुग्लिन सडकखण्ड चौडा पार्ने काम अन्तिमतिर पुगे पनि साँघुरा पुलका कारण यात्रुलाई सास्ती उस्तै छ । पुलमा दुईतर्फी गाडी हिँड्न नसक्दा सडक जाम अझै रोकिएको छैन । अपराह्न ४ बजेपछि यहाँ सवारी खुल्दा यात्रुलाई घण्टाँै जाममा बस्नुपर्ने बाध्यता छ । यसरी जाम पर्दा माथिबाट ढुंगा खसेर ज्यानै जाने खतरा रहेको एक यात्रु रमेश नेपालले बताउनुभयो । “सडक निर्माण भएको स्...
error: Content is protected !!