काठमाडौं, २९ वैशाख । नेपालको २ दिने राजकीय भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ प्रस्थान गरेका छन् ।

Advertisement

मुक्तिनाथको दर्शन तथा पूजा–अर्चनाका लागि मोदी त्रिभुवन विमानस्थलबाट  हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् ।

मोदीले त्यहाँ केहीबेर पूजा गर्ने र लगत्तै काठमाडौं फर्किएर पशुपतिनाथ मन्दिर जाने कार्यक्रम छ । पशुपतिमा माेदीले विशेष पूजा गर्नेछन् ।

मोदीले शुक्रबार जनकपुरको जानकी मन्दिरमा पूजा अर्चना गरेका थिए ।

आजै मोदीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दनसमेत गर्दैछ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!