बिनोद बिष्ट /संगालोखबर

काठमाण्डौं, २९ बैशाख । नेपालको दुई दिने राजकिय भ्रमण पुरा गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शनिवार स्वदेश फर्किएका छन् ।

शुक्रवार जनकपुरमा आएका मोदी शनिवार पशुपतिनाथ र मुक्तिनाथको दर्शन गरेर काठमाण्डौ आई स्वदेश फर्किएका हुन् ।

Advertisement

भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमण ऐतिहासिक रहेको ट्वीट गरेका छन् ।

नेपाल आउँदा र फर्किएपछि पनि मोदीले नेपाली भाषामै ट्वीट गरेका छन् ।

नेपाल सरकारले पनि मोदीको नेपाल भ्रमण सफल र ऐतिहासिक रहेको बताएको छ ।

मोदी फर्किएलगत्तै त्रिभुवन अन्र्तराष्ट्रिय बिमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले मोदीको नेपाल भ्रमण ऐतिहासिक रहेको प्रतिक्रिया दिएका छन् ।

मोदीको नेपाल भ्रमणका तस्वीरहरु हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!