काठमाडौं, १ जेठ। सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम जेठ ७ गते ल्याउने निर्णय गरेको हो ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्नेछिन् । त्यसका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक जेठ ७ गते अपराह्न ४ बजे बोलाइएको छ ।

बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण सफल र उपलब्धीमुलक भएको निष्कर्ष समेत निकालेको सरकारका प्रवक्ता एवम् सन्चारराज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!