काठमाडौं, १५ जेठ । आज गणतन्त्र दिवसको दिन प्रदेश नं ५ का १२ जिल्लामा मात्र सार्वजनिक बिदा हुने भएको छ । गणतन्त्र दिवसको बिदा कटौती गरेकोमा चर्को आलोचना भएपछि प्रदेश ५ को सरकारले १५ गते बिदा दिने निर्णय गरेको हो ।

Advertisement

प्रदेश ५ को सरकारले तीन दिनसम्म दिपावली गरेर गणतन्त्र दिवस मनाउने निर्णय गरेको छ । सार्वजनिक बिदाका कारण सरकारी काम प्रभाबित भएको भन्दै केन्द्र सरकारले यस वर्षदेखि बिदा कटौती गरेको हो ।

विभिन्न चाडपर्व तथा दिवसमा दिइँदै आएको बिदा कटौँती भएको छ ।

तर प्रदेश सरकारले केन्द्र सरकारको निर्णय बिपरित कटौँती गरिएका दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । यसअघि प्रदेश दुर्इमा केन्द्र सरकारले कटौती गराएको बिदा हटाएर थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

आज अरु जिल्लामा भने सार्वजनिक बिदा नहुने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!