मट्टितेल छर्केर आगो लगाई हत्या गरेको आरोपमा जाहेरी
बुटवल, २३ असार । रुपन्देहीको कञ्चन गाउँपालिका–५ की १६ वर्षीया एक किशोरीको एक साताभन्दा बढी समय उपचारपश्चात ज्यान गएसँगै उनको हत्या भएको अरोप लगाइएको छ ।
आफ्नै घरमा सुतेको अवस्थामा यही असार १० गते समीक्षा ठकुरीको बिहान करिब २ः३० बजेको समयमा शरीरमा आगो लागेर चिच्याएपछि उनलाई तत्काल उपचारार्थ अस्पताल पु¥याइएको थियो । समीक्षाको शरीरमा बाबु तेजबहादुर ठकुरीसहित घर परिवारका अन्य सदस्यले मट्टितेल छर्क...



























