वीरगञ्ज, २४ असार । पर्सा प्रहरीले विभिन्न स्थानबाट अबैध भारतीय नोट, हुण्डी कारोवारी तथा लागू पदार्थ कारोबारमा संगलन ३ जनालाई पक्राउ गरेको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय पर्साद्वारा आईतवार पत्रकार समेलन गरी ८ लाख १ हजार २ सय रुपैयाँ र बिआर ०५ के ६४४४ नम्बर को मोटरसाइकल सहित भारतको बिहार मोतिहारी जिल्ला ग्राम सुगौली वडा नम्बर ११ बस्ने २८ बर्षको अभिजित कुमार सर्राफलाई पक्राउ जनाएको हो ।

सर्राफलाई पक्राउपछि आवाश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक रेवती ढकालले बताए ।

त्यसैगरि हुण्डी कारोबारी बिरगंज वडा नम्बर ९ रानीघाट निवासी २० बर्षका राहुल केशरीलाई वडा नम्बर १२ रानीघाटमा रहेको महेश केशरीको घरमा अबैध रुपमा वित्तिय कारोबार संचालन भईरहेको गोप्य सूचनाका आधारमा एक करोड १५ लाख पाँच हजार एक सय पचास रुपैया  विभिन्न कागजात सहित राहुल केशरीलाई पक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक ढकालले बताए ।

त्यसैगरि पर्सा बिरगंज इनर्वास्थित बेरीबोट नजिकबाट सस्शत्र प्रहरी बल पर्साको टोलीले चेकजाँच गर्ने क्रममा ना .२ ह २१२० नम्बरको अटो रिक्सा चेकजाँचमा सवार उपेन्द्र प्रसाद कुशवाहको खानतलासी गर्दा लागुऔषध एपुल डाइजेल्याब नुफिन फेनारगन गरि ६०० पिस बरामद गरेको छ ।

कुशवाह र बरामद लागुऔषध नेपाल प्रहरीलाई बुझाएको  छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!