महोत्तरीका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा
गौशाला, १९ असार । महोत्तरी जिल्लाका आठ नगरपालिका र दुई गाउँपालिकाका ५० भन्दा बढी गाउँ बाढीको उच्च जोखिममा परेका छन् ।
विगत तीन दिनदेखि परेको अबिरल वर्षाका कारण महोत्तरी जिल्लाको नदी तटीय जलेश्वर, बर्दिवास, औहरी, भंगहा, लोहारपट्टी, बलवा, गौशाला र मटिहानी नगरपालिका तथा पिपरा र सोनमा गाउँपालिकाका ५० भन्दा बढी गाउँ डुबानको उच्च जोखिममा रहेका छन् ।
ती विभिन्न नगरपालिका तथा गाउँपालिका भएर बग्ने रातु...






























