काठमाडौँ, २४ असार। राष्ट्रिय युवा परिषद्ले ‘प्रवासी नेपाली युवाको राष्ट्रिय भेला’ यही असार २७ गते राष्ट्रिय सभागृहमा गर्ने भएको छ ।

Advertisement

उक्त भेलामा जापान, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, साउदी अरब, मलेसियालगायत मुलुकमा लामो समयदेखि बसेर व्यावसायिक सीप, प्राविधिक ज्ञान तथा अर्थोपार्जन गरेका करीब ५०० युवाको सहभागिता रहने बताइएको छ ।

युवालाई स्वदेशमा लगानी गर्न सक्ने पूर्वाधारको निर्माण तथा स्थानीय तहमा भएका सम्भावना र चुनौतीका विषयमा छलफल गरिने परिषद्का उपाध्यक्ष माधव ढुंगेलले जानकारी दिए ।

रोजगारीका सिलसिलामा विदेश गई अनुभव र पूँजी सञ्चय गरेका युवा स्वदेश फर्केपछि यहाँ गरिने उद्योगले सिर्जना गर्ने रोजगार, सरकारलाई बुझाउने राजश्व, कच्चा पदार्थको संकलन तथा त्यसको आयातमा सहुलियत उपलब्ध गराउने विषयमा छलफल हुनेछ ।

स्वदेशमा उत्पादन हुने वस्तुको लागत तथा त्यसको बजारीकरण गर्ने विषयमा प्रचलित नीति नियमबारे विश्लेषण गरी सरकारलाई आवश्यक सुझाव उपलब्ध गराइने छ ।

भेलामा गरिने अन्तक्र्रिया तथा छलफलबाट प्राप्त हुने विषयवस्तुका आधारमा परिषद्ले आगामी दिनमा स्वरोजगारका क्षेत्रमा नयाँ कार्यक्रम निर्माण गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!