धादिङ ६ साउन । सिद्धलेक र थाक्रे गाउँपालिकामा आज भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

Advertisement

वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बा६प ५१७५ नं को कोइला बोकेको ट्रकले पृथ्वीराजमार्गको थाक्रे गाउँपालिका–८ मा ठक्कर दिँदा मकवानपुरको थाहा नगरपालिका निवासी ९ वर्षीय रंजीत मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डम्बरबहादुर विकले जानकारी दिए ।

यस्तै सिद्धलेक गाउँपालिका फिसफिसेटारमा स्कूलबसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । धादिङबेँसीबाट मलेखु जाँदै गरेको बा९२प ८११० नं को मोटरसाइकललाई बा२ख ८९९६ नं को स्कूल बसले ठक्कर दिँदा मोटरसाइकल चालक ज्वालामूखी गाउँपालिका–४ का १९ वर्षीय सुजत भण्डारीको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन् । उनीहरुको गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!