काठमाडौँ, ५ साउन । समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ ।

Advertisement

प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालिका पाँच लाख पाँच हजार र बालक पाँच लाख १४ हजार छन् ।

समाजले यहाँ शुक्रबार आयोजना गरेको अन्तक्र्रियामा नेपाल कम्युनिष्ट पार्टीकी नेतृ सत्या पहाडीले प्रारम्भिक बालविकासको विषय संविधानको मौलिक हक रहेको बताउँदै अब ऐन बनाउँदा उक्त विषयलाई थप व्यवस्थित गरिने बताए ।

समाजका अध्यक्ष डा किशोर श्रेष्ठले दिगो विकासका लक्ष्यमा १७ लक्ष्य रहेकामा ११ लक्ष्य बालविकाससँग सम्बन्धित रहेको जानकारी दिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!