ट्रिपर र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

ट्रिपर र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु

धादिङ, १० कात्तिक । धादिङमा ट्रिपर र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ । शुक्रबार बिहान नोबिसेबाट काठमाडौंका लागि छुटेको बा २ ख ७१ ८२ नम्बरको ट्रिपर र बा ८२ प ७७९७ नम्बरको मोटरसाइकल त्रिभूवन राजपथ अन्तर्गत धादिङको धुनिबेसी ९ टायलघर अगाडि ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यान गुमाउने दुई पुरुषको परिचय खुलेको छैन ।
चुनाव सरे वामगठबन्धन के गर्ला ?

चुनाव सरे वामगठबन्धन के गर्ला ?

काठमाडौं, १० कात्तिक । मतपत्र प्रकरण लम्बिँदै गएर निर्धारित मितिको चुनाव सार्ने कसरत भइरहेको वामगठबन्धनको दाबी छ । यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवाले चाहिँ चुनाव हुनेमा आशङ्का नगर्न आग्रह गर्दै आएका छन् । यदि चुनाव सर्यो भने बामगठबन्धन के गर्छ ? यो प्रश्न पनि अहिले बहसको विषय भएको छ । हामीले वामगठबन्धनले लिन सक्ने सम्भावित विकल्प यहाँ राखेका छौँ । यद्यपि गठबन्धनको यो औपचारिक निर्णय भने होइ...
बसको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा मृत्यु

बसको ठक्करबाट घाइते भएका माझीको उपचारका क्रममा मृत्यु

काठमाडौं, १० कात्तिक । काठमाडौंको बसुन्धरामा बुधबार बसको ठक्करबाट गम्भीर घाइते भएका एक जना व्यक्तिको उपचारका क्रममा मृत्यु भएको छ ।मृत्यु हुनेमा सिन्धुलीका ३० वर्षीय टेकबहादुर माझी छन् । स्वयम्भू यातायातको बा ३ ख ९६९० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । बसको ठक्करबाट घाइते भएका अन्य २ जनाको...
मानिसको जस्तै अनुहार भएको बिरालोको तस्बिर बन्यो भाइरल : यस्ताे छ वास्तबिकता

मानिसको जस्तै अनुहार भएको बिरालोको तस्बिर बन्यो भाइरल : यस्ताे छ वास्तबिकता

एजेन्सी, १० कात्तिक । केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिएअनुसार उक्त बिरालो मलेसियामा जन्मिएको हो । यो पनि बताइएको छ कि, यसको अनुहारको बनावट ठ्याक्कै मानिसकै जस्तो छ ।त्यत्ति मात्रै कहाँ हो र ! यसलाई अहिले एक ल्याबमा राखिएको छ । तर, मलेसियन प्रहरीले भने त्यहाँ त्यस्तो बिरालो नजन्मिएको भनेको छ र यसलाई झुटो भनेको छ ।तर, सा...
राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन गर्न पाइनन्

राष्ट्रपति भण्डारीले पाथीभराको दर्शन गर्न पाइनन्

काठमाडौं, १० कात्तिक । राष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला ताप्लेजुङ पुगेकी राष्ट्रपति बिद्यादेवी भण्डारी पाथीभरा दर्शनबाट बञ्चित भएकी छन् । शुक्रबार बिहान नेपाली सेनाको हेलिकप्टरबाट तेप्लेेजुङ प्रस्थान गरेकी राष्ट्रपति भण्डारी खराव मौसमका कारण पाथीभरा पुग्न नसकेकी हुन् । पाथीभरामा अवतरण हुन नसकेपछि हेलिकप्टर सुकेटार बिमानस्थलमा अवतरण गरिएको थियो । बिमानस्थलमा उनलाई फुङलिङ नगरपालिकाका मेयर छत...
समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु

समानुपातिक मतपत्र छापियो प्रत्यक्षको आजैदेखि शुरु

काठमाडौँ, १० कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै निर्वाचन पूर्वनिर्धारित कार्यक्रमअनुसार नै अघि बढ्ने बताउनुभएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि आज आयोजित निर्वाचन र सुरक्षा विषयक दुई दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “समानुपातिकतर्फको मतपत्र छपाइको काम सकिएको छ, आ...
यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

यी बार जन्मने मानिस जीवनमा धेरै सफल हुन्छन

ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी ...
दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

दोहोरो नागरिकता भएकाले अष्ट्रेलियाका उपप्रधानमन्त्री अयोग्य ठहर

क्यानबेर्रा, १० कात्तिक ।अष्ट्रेलियाका उपप्रधानमन्त्री र्बानाबी जोयस संसदमा रहीरहन अयोग्य ठहरिनु भएको छ । उहाँसँगै अन्य चार जना राजनीतिज्ञलाई पनि शुक्रबार उच्च अदालतले सांसद रहीरहन अयोग्य ठहर गरेको हो । अयोग्य ठहरिनु भएका जोयस लिवरल नेश्नल पार्टीसँग सत्ता साझेदारी गरेको नेश्नल पार्टीका नेता हुनुहुन्छ । उहाँहरुसँग दोहोरो नागरिकता रहेकाले उहाँहरु सांसद बन्न अयोग्य भएको फैसला अदालतले गरेको हो । अष...
तीन महिना बित्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएन

तीन महिना बित्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आएन

बनेपा, १० कात्तिक । एकै परिवारका चारजनाको मृत्यु हुने गरी बनेपामा भएको घटनाको तीन महिना बितिसक्दा पनि भिसेरा परीक्षणको रिपोर्ट आउन सकेको छैन । गत साउन ६ गते बनेपा–८ स्थित बसपार्कमा मृतावस्थामा फेला परेका दाहाल परिवारका चारजनाको भिसेरा परीक्षणको रिपोर्ट नआउँदा घटनाको वास्तविकता सार्वजनिक हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले परीक्षण रिपोर्टले आत्महत्या...
एटीएम छ ? सावधान: यसकारण नेपालमा रोकिएन एटीएम ह्याकिङ

एटीएम छ ? सावधान: यसकारण नेपालमा रोकिएन एटीएम ह्याकिङ

गत वर्ष केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एटीएम ह्याकिङमा संलग्न पूर्वी युरोपियन देशका चारवटा समूहलाई पक्राउ गर्यो । पटक–पटक पक्राउ गरेपछि एटीएम ह्याकिङमा संलग्न गिरोहले नेपाललाई नक्कली एटीएममार्फत पैसा चोर्ने देशका रुपमा दुरुपयोग नगर्ने प्रहरीको विश्वास थियो । तर, मंगलबार फेरि एक टर्किस नागरिक नक्कली एटीएममार्फत पैसा चोरी गर्ने क्रममा पक्राउ परेका छन् । सी आईबीले ३० वर्षीय एकरेम ओरमान्चीला...
यस्ता मुद्दा आउँछन् महानगरमा

यस्ता मुद्दा आउँछन् महानगरमा

काठमाडौं, १० कात्तिक । काठमाडौं महानगरपालिका कार्यालयको भुइँ तलास्थित एउटा कोठाको ढोकामा लेखिएको छ– इजलास कक्ष । यही कक्षमा प्रत्येक सोमबार र बिहीबार महानगरमा परेका मुद्दाको सुनुवाइ हुन्छ। हरेक सोमबार कार्यकारी अधिकृतको इजलासमा नक्सा पाससम्बन्धी मुद्दाको सुनुवाइ हुन्छ । बाँकी मुद्दाको सुनुवाइ मेयर विद्यासुन्दर शाक्यले गर्छन् । कार्य व्यस्तता नहुँदा हरेक बिहीबार शाक्य इजलास कक्षमै भेटिन्छन्। इज...
मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

मेलम्चीले ‘प्रेसर’ जाँचेका स्थान कालोपत्रे

काठमाण्डौ, १० कात्तिक । मेलम्चीको पानी ल्याउन पाइप बिछ्याइएको क्षेत्रमा सडक विभागले कालोपत्रे सुरु गर्ने भएको छ । मेलम्चीले पाइप ओछ्याएर ‘प्रेसर’ जाँचेका स्थानमा कालोपत्रे गर्न लागिएको हो । विभागले यी स्थानमा समयसीमा तोकेर कालोपत्रे गर्न लागेको जनाएको छ । उपत्यकाभित्र लामो समयदेखि मेलम्चीको पाइप ओछ्याउन खनिएका सडक मर्मत नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आइरहेका छन् । मेलम्चीले पाइप ओछ्याएर फेरि...
सल्यानमा लाग्ने परम्परागत मेलामा जुवा र मदिरा प्रतिबन्ध

सल्यानमा लाग्ने परम्परागत मेलामा जुवा र मदिरा प्रतिबन्ध

सल्यान, १० कात्तिक । सल्यानका विभिन्न स्थानमा लाग्ने परम्परागत मेलामा जुवा तथा मदिरामा प्रतिबन्ध लगाइएको छ । स्थानीय तहका जनप्रतिनिधीहरुले निर्णय गरेर नै मेलामा जुवा खेल्न र जाँड रक्सी विक्रि वितरण, सेवनमा रोक लगाएका हुन् । यसअघिका वर्षहरुमा लाग्ने प्राय: सबैजसो मेलामा लाखौँ रुपैयाँको जुवा चल्ने गर्दथ्यो । प्रहरी समेत जुवा हेरेर बस्ने गर्दथ्यो । जिल्लाको रुम्टीलेख मेला, दहबन मेला लगाएत परापूर्व...
जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

जंगली हात्तीलाई उत्तेजित नपार्न आग्रह

चितवन, १० कात्तिक । हिउँदको समयमा मानव बस्तीमा आउने जंगली हात्तीलाई तर्साएर उत्तेजित नपार्न चितवन राष्ट्रिय निुकञ्जले सर्वसाधारणमा आग्रह गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट ठोरी, माडी हँुदै चितवन राष्ट्रिय निकुञ्जमा आउने जंगली हात्तीले निकुञ्ज आसपासका बस्तीमा सताउँदै आएको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्ती प्...
झापामा गोली चल्यो : बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त

झापामा गोली चल्यो : बालक हत्याको विषयमा विर्तामोड तनावग्रस्त

झापा, १० कात्तिक । झापाको विर्तामोड तनावग्रस्त बनेको छ । बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो । प्रहरीले दर्जनौं राउण्ड रवरका गोली चलाएको छ । शान्तिपूर्ण रुपमा आयोजना गरिएको र्यालीमा प्रहरीले दमन गरेको भन्दै सर्वसाधारणले नारावाजी गरिरहेका छन् । शनिश्चरे रोडबाट आज बिहान निकालिएको र्याली प्रहरीकै इस्कर्टिङमा विर्तामोडको मुक्ति च...
धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)

धनकुटामा यसरी मनाईयो छठ पर्व (भिडियोसहित)

धनकुटा १० कात्तिक । धनकुटामा पनि आज बिहान उदाउँदो सुर्यलाई अर्घ दिएर छठ पर्व समापन गरिएको छ । यसअघि हिजो साँझ अस्ताउँदो सुर्यलाई अर्घ दिएर छठको व्रत सुरु गरिएको थियो । बिशेष गरी तराई क्षेत्रमा मनाईने मिथिला सँस्कृतिमा आधारित छठ पर्व पछिल्लो केही बर्ष यता पहाडी जिल्ला धनकुटामा पनि मनाउँन थालिएको हो । तराईमा पुर्खौली घर भई बिभिन्न सिलसिलामा धनकुटामा बसोवास गर्दै आएका तथा धनकुटा कै स्थानीयले पनि श्र...
रामचन्द्र पौडेललाई टिकट दिएपछि जोशी पक्षधर आक्रोशित: निकाले र्याली

रामचन्द्र पौडेललाई टिकट दिएपछि जोशी पक्षधर आक्रोशित: निकाले र्याली

तनहुँ, १० कात्तिक । नेपाली काँग्रेसले क्षेत्र नं १ बाट रामचन्द्र पौडेललाई टिकट दिएपछि जोशी पक्षधर आक्रोशित बनेका छन् । पार्टीले पौडेललाई टिकट दिने कुनै  पनि कुरा बाहिर नआउँदै जोशी पक्षधरले विभिन्न निर्णय गरी प्रेस विज्ञप्ती जारी गरेका थिए । उक्त  क्षेत्र नं १ को क्षेत्रीय भेलाले जोशीलाई क्षेत्र नं १ को आधिकारिक उम्मेद्वार बनाउने निर्णय गरेको छ । नेकाँ क्षेत्र नं १ तनहुँका सभापति उदयराज गौलीद्धा...
मंसिर २१ को चुनावलाई उम्मेदवार छान्न प्रमुख दललाई चटारो

मंसिर २१ को चुनावलाई उम्मेदवार छान्न प्रमुख दललाई चटारो

काठमाडौँ, १० कात्तिक । दोस्रो चरण मंसिर २१ मा हुने प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार छान्न प्रमुख राजनीतक दलहरुलाई भ्याइ नभ्याइ भएको छ । ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते बन्द सूची बुझाउनुपर्ने भएकाले दलहरु उम्मेदवार छान्ने अन्तिम गृहकार्यमा लागेका हुन् । यसैवीच, नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभ...
राजपा–फोरम बटमलाइन : दुई नम्बरमा २३ सिट नदिए काङ्ग्रेससँग चुनावी तालमेल हुँदैन

राजपा–फोरम बटमलाइन : दुई नम्बरमा २३ सिट नदिए काङ्ग्रेससँग चुनावी तालमेल हुँदैन

काठमाडौँ, १० कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजबादी फोरम नेपालले आफुहरुलाई समग्रमा ५५ र २ नम्बर प्रदेशमा २३ सिट नदिए काङ्ग्रेससँग चुनावी तालमेल नगर्ने चेतावनी दिएका छन् । राजपा र फोरमको यो चेतावनीपछि काङ्ग्रेसले दोस्रो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नातर्फका उम्मेदवार छान्न सुरु गरेको छ । राजपा र संघीय समाजवादी फोरमले ५५ सिटको दावी नछोडेपछि नेपाली काङ्...
धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु

धादिङको खानीखोलामा ट्रिपर र मोटरसाइकल ठोक्किए, २ को मृत्यु

काठमाडौं, १० कात्तिक । धादिङको धुनीबेसी नगरपालिका–९ स्थित खानीखोलामा शुक्रबार बिहान सवारी दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ । धादिङको जुँगेखोलाबाट काठमाडौंतर्फ गइरहेको ट्रिपर र काठमाडौंबाट नौबिसेतर्फ गइरहेकाे बा८२प ७७९७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ज्यान गुमाएकाकाे सनाखत हुन नसकेको खानीखोला प्रहरीले जनाएको छ । बिहान ८ः३० बजे भएको दुर्घटन...
चितवनमा प्रचण्डले ९-१० हजार मतान्तरले जित्नुहुन्छ: देवी ज्ञवाली

चितवनमा प्रचण्डले ९-१० हजार मतान्तरले जित्नुहुन्छ: देवी ज्ञवाली

चितवन, ९ कात्तिक। तीन चरणमा भएको स्थानीय तह निर्वाचन धेरैले उम्मेदवारी दिए। केहीले जिते, अधिकांसले हारे। हारेपनि निरन्तर चर्चामा छन्, भरतपुर महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवाली, जो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कि छोरी रेणु दाहालसँग पराजित भए। तिनै ज्ञवाली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुधबार विहान एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा...
सर्वोच्चको आदेशले निर्वाचन आयोग निरास

सर्वोच्चको आदेशले निर्वाचन आयोग निरास

काठमाण्डौ, ९ कात्तिक। सर्वोच्च अदालतको आदेशपछि निर्वाचन आयोगले तयारी गरेको प्रदेश र प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मतपत्र छपाइको काम अन्योलमा परेको छ। समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छाप्ने काम सकिसकेको छ। शुक्रबारदेखि प्रदेश र प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मतपत्र छाप्ने आयोगको कार्यतालिका छ। तर, सर्वोच्च अदालतले बुधबार प्रदेश र प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मतपत्र अल...
समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : प्रचण्ड

समयभित्रै निर्वाचन नभए संसद् स्वतः पुनःस्थापना : प्रचण्ड

काठमाडौँ, ९ कार्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने बताउनुभएको छ । लक्ष्मण पन्तले लेख्नुभएको ‘आधुनिक नेपालको इतिहास ( विसं १७४३–१९५५)’ पुस्तक आज यहाँ विमोचन गर्दै अध्यक्ष दाहालले संविधानतः संसद्को अवधि आगामी माघ ७ गतेसम्म भएपनि निर्वाचनको मनोनयन प्रक्रिया शुरु भएकाल...
दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा निर्वाचन कार्यालय स्थापना

काठमाडौं, ९ कार्तिक । आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४५ जिल्लामा बिहीबार निर्वाचन कार्यालय स्थापना गरिएका छन् । निर्वाचन आयोगले जनाए अनुसार दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाहरुमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका हुन् । दोस्रो चरण अन्तरगत प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा निर्वाचन ...
अमेरिकाले ७ डलरमा खरिद गर्छ कम्बोडियाका महिलाहरुको दूध, यस्तो छ कारण

अमेरिकाले ७ डलरमा खरिद गर्छ कम्बोडियाका महिलाहरुको दूध, यस्तो छ कारण

एजेन्सी, ९ कार्तिक । भाइस म्यागेजिनका मार्फत हालसालै प्रकाशित भएको यो समाचार अहिले विश्व चर्चाको बिषय बनेको छ । भाइस म्यागेजिनका अनुसार गरिब मुलुक कम्बोडियाका महिलाहरुले आफ्नो दूध प्रतिलिटर ७ डलरमा अमेरिकालाई बेच्ने गरेका रहेछन् । यसरी अमेरिकाले ७ डलरमा खरिद गरेर २० डलरमा बेच्ने गरेको रहेछ । र यो दूध अमेरिकाको बालबालिकाहरुलाई खुवाउने गरिएको रहेछ । गरिबिकै काण कम्बोडियाका महिलाहरु दूध बेच्न बाध्य ...
हात्तीको बथानद्वारा उखु बाली नष्ट

हात्तीको बथानद्वारा उखु बाली नष्ट

कञ्चनपुर, ९ कार्तिक । नभन्दा बढी किसानले लगाएको उखु बालीमा व्यापक नोक्सानी गरेको छ । धान बाली काटिएपछि हात्तीको बथानले एक सातादेखि निरन्तररुपमा उखु बालीमा नोक्सानी पु¥याउन थालेको हो । आधा दर्जन किसानले पाँच बिगाहा खेतमा लगाएको पूरै उखु बाली खाएर रु आठ लाखभन्दा बढीको नोक्सानी पु¥याएको स्थानीय किसान सञ्चा रानाले बताउनुभयो । स्थानीय किसान रामदास राना, रामस्वरुप राना, बहादुर राना, सञ्चा रानाको पाँच...
जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र,बजेट कार्यान्वयनमा समस्या

पाल्पा, ९ कार्तिक । चालु आर्थिक वर्षको तीन महिना वितिसक्दा पनि विकासका लागि विनियोजित रकमको खर्च गर्ने अख्तियारी नआउँदा जिल्लामा सञ्चालित सयौँ योजना अलपत्र अवस्थामा छन् । खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गतका कार्यालयमा विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयद्वारा सञ्चालित योजना अलपत्र परेका हुन् । विकास बजेट खर्च गर्ने अख्तियारी नआएका कारण कार्यालयमा का...
दार्जीलिङमा आन्दोलनकै नेतृत्व गरेका नेताको मृत्यु

दार्जीलिङमा आन्दोलनकै नेतृत्व गरेका नेताको मृत्यु

दार्जीलिङ, ९ कार्तिक । छुट्टै गोर्खाल्याण्ड माग गर्दै तीन महिना भन्दा लामो समयदेखि दार्जीलिङ पहाडमा आन्दोलन जारी रहेका बेला आन्दोलनको नेतृत्व गरेको गोर्खा जनमुक्ति मोर्चा (गोजमो)का एक जना नेताको मृत्यु भएको छ। कालिङपोङका काउन्सिलर समेत रहेका मोर्चा नेता बरुण बुझेलको बुधवार कालेकताको एक अस्पतालमा निधन भएको हो। जुन देखि प्रहरीको नियन्त्रणमा रहेका ४० बर्षीय भुजेल क्रोनिक लिभर र पैन्क्रीअटाइटिस पिड...
यातायात राजश्व हिनामिना प्रकरण : जे गर्छ अदालतले गर्छ – अख्तियार

यातायात राजश्व हिनामिना प्रकरण : जे गर्छ अदालतले गर्छ – अख्तियार

इटहरी, ९ कार्तिक । सुनसरिको इटहरीस्थित कोशी अञ्चल यातायात कार्यालमा भएको करोडौ रकम हिनामिना प्रकरणमा मुछिएका कर्मचारीहरूलाई अख्तियारले फन्दामा पारेपनि कानुनी कार्वाही प्रकृया ढिलो हुदा घटना त्यतिकै गुपचुप बन्दै गएको छ । अख्तियारले हिनामिना प्रकरणमा मुछिएका तीन उपसचिवसहित ८ कर्मचारीहरू बिरूद्ध भ्रस्ट्रचारको ठहर गर्दै बिशेष अदालतमा मुद्धा दायर गरेपनि अदालती प्रकृया ढिलो भइदिदा दोषीहरू उम्कने पो ह...
प्रमुख दलले किन पत्याएनन् महिलालाई ?

प्रमुख दलले किन पत्याएनन् महिलालाई ?

काठमाडौं, ९ कार्तिक ।  राजनीतिमा महिला सहभागिता बढाउन संविधानमा नै स्थानीय तहको प्रमुख या उपप्रमुखमा महिला हुनैपर्ने संवैधानिक व्यवस्था गरियो । जसले गर्दा दलहरुले स्थानीय तहमा महिला उम्मेदवार बनाउन बाध्य भए । प्रमुख वा उपप्रमुखमध्ये एउटामा मात्रै उम्मेदवार बनाए हुने भएपछि दलहरुले प्रमुख भन्दा धेरै ठाउँमा उपप्रमुखमा नै महिला उम्मेदवार बनाए । ७ सय ४४ स्थानीय तहमध्ये १२ तहमा मात्रै महिला प्रमुख पद...
भोलिदेखि मतपत्र छाप्ने तयारीलाई सर्वोच्चको आदेशले छेक्ला ?

भोलिदेखि मतपत्र छाप्ने तयारीलाई सर्वोच्चको आदेशले छेक्ला ?

काठमाडौं, ९ कार्तिक । निर्वाचन आयोगको पूर्व निर्धारित कार्ययोजना अनुसार भोलि शुक्रबारदेखि प्रत्यक्षतर्फको मतपत्र छपाईको काम हुँदैछ । आयोगका अनुसार आज समानुपातिकतर्फको मतपत्र छपाईको काम सकेर भोलिदेखि प्रत्यक्षतर्फको मतपत्र छाप्ने तयारी छ । यहीबेला सर्वोच्च अदालतले प्र्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि प्रत्यक्षतर्फ छुट्टा छुट्टै मतपत्र छाप्ने कार्य प्रगति पेश गर्न आयोगलाई आदेश दिएको छ । यसअ...
error: Content is protected !!