वाम गठबन्धनकाे ताप्लेजुङ–दार्चुला अभियान स्थगित

वाम गठबन्धनकाे ताप्लेजुङ–दार्चुला अभियान स्थगित

काठमाण्डौ, २० कात्तिक । एमाले र माओवादी केन्द्रले पार्टी एकता संयोजन समितिका तर्फबाट सुरु गर्न लागेको ताप्लेजुङ–दार्चुला अभियान स्थगित गरेका छन् । एकता र तालमेलको सन्देश दिन आइतबारबाट सुरु गर्ने भनिएको एकहप्ते अभियान स्थगित गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठलेजानकारी दिए । अभियानको पहिलो कार्यक्रमअन्तर्गत एमाले अध्यक्ष केपी ओली आइतबार ताप्लेजुङमा आयोजित चुनावी सभामा सहभागी...
ताप्लेजुङ पुगेर ओलीले भने, ‘योगेशलाई संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाइदिन्छु’

ताप्लेजुङ पुगेर ओलीले भने, ‘योगेशलाई संसद बनाएर पठाउनुहोस्, म मन्त्री बनाएर पठाइदिन्छु’

ताप्लेजुङ, १९ कात्तिक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सचिव योगेश भट्टराईको प्रंशसा गरेका छन् । सचिव भट्टराई भबिष्यको राम्रो सम्भावना भएको सक्रिय युवा नेता नेता भन्दै ताप्लेजुङका जनतालाई मतदान गर्न अनुरोध समेत गरे । उनले योगेशलाई मन्त्री बनाउने समेत प्रतिबद्धता व्यक्त गरे । उनले भने,‘योगेशलाई जिताएर पठाउनुहोस्, म मन्त्री बिल्ला भिराएर फर्काउँछु ।’ ताप्लेजुङको सदरमुकाम स्थित तक्म...
पूर्बआइजीपी अर्याल सहित डेढसय उच्च अधिकारीको अकुत सम्पत्तिमाथी अख्तियारको छानबिन

पूर्बआइजीपी अर्याल सहित डेढसय उच्च अधिकारीको अकुत सम्पत्तिमाथी अख्तियारको छानबिन

काठमाडौं, १९ कात्तिक । अख्तियार दुरुपयोग आयोगले नेपाल प्रहरीका पूर्वप्रमुख उपेन्द्रकान्त अर्यालमाथि छानविन थालेको छ । अर्यालले गत फागुनमा प्रहरी प्रमुखबाट अवकाश पाएका थिए । अकुत सम्पत्ति कमाएको आशंकामा अख्तियारले अर्यालमाथि प्रारम्भिक छानविन थालेको उच्च स्रोतले जनाएको छ । अख्तियारले सम्पत्ति विवरण (१३ पन्ने) भराइसकेको छ । ‘हामीले केही प्रमाण फेला परेपछि नै बोलाएका हौं,’ स्रोतले भन्यो, ‘उनीसँग ...
नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपाली इन्जिनियरले युगाण्डामा बनाए यस्तो सडक

नेपालीहरु भन्ने बित्तिकै विदेशमा सस्तो ज्यालामा काम गर्न जाने भनेर प्रचार भएको छ। नेपालीहरुको दक्षता – क्षमतालाई नेपाल सरकारले उचित स्थान नदिँदा र पहिचान गर्न नसक्दा कतिपय दश जनशक्ति विदेश पलायन हुन परिरहेको छ। विदेशी भूमिमा कतिपय नेपालीहरुले आफूलाई अब्बल मात्रै सावित गरेका छैनन्। सारा नेपालीको शिर ठाडो पार्ने काम पनि गरेका छन्। धेरै नेपालीहरु विदेशका उच्च ओहदामा,महत्वपूर्ण जिम्मेवारीमा बसे...
महोत्तरी ३ मा महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

महोत्तरी ३ मा महन्थ ठाकुरलाई समर्थन गर्दै कांग्रेसको उम्मेदवारी फिर्ता

महोत्तरी, १९ कात्तिक । महोत्तरी-३ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक महन्थ ठाकुरलाई समर्थन गर्दै नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ। मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा महन्थ ठाकुरलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिने निर्देशन केन्द्रबाट आएको महोत्तरी ३ का कांग्रेस उम्मेदवार बजरंग नेपालीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए। काठमाडाै‌ : महोत्तरी-३ मा रा...
भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

भियतनाममा आँधीबाट २७ जनाको मृत्यु, २२ बेपत्ता

भियतनाम, १९ कात्तिक । भियतनाममा डाम्रोइ आँधीका कारण शनिबार विहान २७ जनाको मृत्यु भएको र २२ जना हराइरहेको दावी गरिएको छ । मध्य भियतनाम र मध्य पहाडी क्षेत्रमा भिषण आँधी आएको भियतनामको प्राकृतिक बिपद् नियन्त्रण तथा उद्धारसम्बन्धी केन्द्रीय परिचालन समितिले आइतबार जानकारी दिएको छ । प्राप्त समाचारअनुसार १६ जनाको खान्ह होआ प्रान्तको मध्यभागमा, तीन जनाको बिन्ह दिन्ह प्रान्तमा, तीन जनाको मध्य पहाडी लाम...
छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने परम्परा

छोरा परार्इघर पठाउँने, ज्वाइँ भित्र्याउने परम्परा

सुरुंगा,(झापा), १९ कात्तिक । छोराका लागि बुहारी भित्र्याउने प्रचलन पूर्वीय संस्कृतिमा सामान्य हो । नेपालको पूर्वी तराईमा बसोवास गर्ने सन्थाल समुदायमा भने छोरीका लागि ज्वाइँ भित्र्याउने चलन छ । पाँच वर्षअघि झापा गाउँपालिका-१ की २० वर्षीया सुमी हेम्रुमसँग मागीविवाह गरेका खयरबारी झापाका २५ वर्षीय लाल बेस्रा ससुरालीमै घरजम गरेर बसेका छन् । हेम्रुमसँग वैवाहिक सम्बन्ध गाँसेपछि बेस्राले आफ्नो थातथलो न...
लक्ष्मण शिवाकोटी हत्या प्रकरण : हत्याका आरोपी जेल चलान

लक्ष्मण शिवाकोटी हत्या प्रकरण : हत्याका आरोपी जेल चलान

झापा, १९ कात्तिक ।  झापा अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी...
गोविन्दराज जोशीको आक्रोश : ‘आयोगको निर्णय घोर अप्रजातान्त्रिक’

गोविन्दराज जोशीको आक्रोश : ‘आयोगको निर्णय घोर अप्रजातान्त्रिक’

तनहुँ, १९ कात्तिक । तनहुँ निर्वाचन क्षेत्र नं १ बाट बागी उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका पुर्व सहमहामन्त्री गोविन्दराज जोशीले उम्मेदवारी रद्ध भएपछि निर्वाचन आयोगको निर्णय घोर अप्रजातान्त्रिक र असंबैधानिक भएको प्रतिकृया जनाएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै आयोगको निर्णयले कानुनी राज्यको अवधारणालाई खिल्ली उडाएको बताएका छन् । आयोगले शनिबार जोशीको उम्मेदवारी रद्द गरेको थियो । ‘नेपाली ...
विजय गच्छदार, अशोक राई र ज्ञानेन्द्र कार्कीको चुनावी क्षेत्रमा यस्तो छ मतको अङ्कगणित

विजय गच्छदार, अशोक राई र ज्ञानेन्द्र कार्कीको चुनावी क्षेत्रमा यस्तो छ मतको अङ्कगणित

सुनसरी, १९ कात्तिक । सुनसरीमा आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ४ र प्रदेश सभा निर्वाचनका लागि ८ निर्वाचन क्षेत्र रहेका छन् भने जिल्लामा कूल ४ लाख ७४ हजार ३ सय मतदाता रहेका छन् । काङ्ग्रेसको बलियो पकड रहेको सुनसरीमा यसपटक वाम तालमेलपछि फरक नतिजा आउने अनुमान गरिएको छ । सुनसरीमा हालै नेपाली काङ्ग्रेसमा प्रवेश गरेका सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदार, सङ्घीय समाजवादी फोरमक...
कृष्णमन्दिरको पुनःनिर्माण छ महिनाभित्र

कृष्णमन्दिरको पुनःनिर्माण छ महिनाभित्र

काठमाडौँ, १९ कात्तिक । भूकम्पबाट क्षतिग्रस्त पाटनको कृष्ण मन्दिरको जीर्णोद्घार आगामी छ महिनाभित्र सम्पन्न हुने भएको छ । पुरातत्व विभागको सहयोगमा एक वर्षअघि जीर्णोद्घार थालिएको सो मन्दिर करीब रु ८० लाखको लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको काठमाडौँ उपत्यका संरक्षण कोषका देशीय निर्देशक रोहित रञ्जितकारले जानकारी दिनुभयो । मन्दिरको दोस्रो तलामा क्षति पुग्नाका साथै खम्बा पनि सरेका कारण मन्दिर...
वाम गठबन्धन होइन, नेतृत्व संकटले कांग्रेस कमजोरः प्रचण्ड

वाम गठबन्धन होइन, नेतृत्व संकटले कांग्रेस कमजोरः प्रचण्ड

चितवन, १९ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस वाम गठबन्धनका कारण कमजोर बनेको नभई आफ्नै आन्तरिक कारणले कमजोर बनेको बताएका छन्। चितवनकाे चनाैलीमा  आइतबार पार्टी कार्यालय उद्घाटन गर्दै  पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले कांग्रेसमा हलिे नेतृत्व संकट देखिएको बताए। उनले वाम गठबन्धनका कारण अतंकित नहुन सुझाव दिए। ‘तपाईंहरु वाम गठबन्धनका कारण अतंकित नहुनोस्’...
काठमाडौंको फोहोरले सिसडोल दुर्गन्धित, बञ्चरे डाँडामा पूर्वाधार निर्माण सुस्त

काठमाडौंको फोहोरले सिसडोल दुर्गन्धित, बञ्चरे डाँडामा पूर्वाधार निर्माण सुस्त

काठमाडौं, १९ कात्तिक । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रुपमा उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाले फ्याँक्दै आएको फोहोरका कारण सिसडोल क्षेत्र दुर्गन्धित बनेको भन्दै स्थानीयले फोहोर फाल्न दिएका छैनन् । फुटपाथ तथा खाली स्थानमा थुप्रिएको फोहोरका कारण काठमाडौं दुर्गन्धित भए पनि महानगरले फोहोर व्यवस्थाप...
मधेशको भूमिमा मधेशीलाई जिताउन महन्थ ठाकुरको आग्रह

मधेशको भूमिमा मधेशीलाई जिताउन महन्थ ठाकुरको आग्रह

गौशाला, १९ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरले ‘जन्मभूमिले बोलाएपछि’ यस पालि महोत्तरी जिल्लामा चुनाव लड्न आएको बताउनुभएको छ । आउँदो मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी जिल्लाको क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका उम्मेदवार ठाकुरले सदरमुकाम जलेश्वरमा आज पत्रकार सम्मेलन गर्दै मतदाताको विशेष आग्रहमा आफू महोत्तरीबाट चुनाव लड्न ...
कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाउने रमेश लेखकको उद्घोष

कञ्चनपुरलाई सबैभन्दा ठूलो नाका बनाउने रमेश लेखकको उद्घोष

कञ्चनपुर, १९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले संविधानको सफल कार्यान्वयन गर्नका लागि काँग्रेसका उम्मेदवारलाई विजयी गराउनुपर्ने बताएका छन् । महाकाली नगरपालिकामा चुनावी प्रचार गर्न पुग्नेका प्रतिनिधिसभा कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार लेखकले काँग्रेस नेतृत्वको सरकारले जनतालाई नयाँ अधिकारसहितको संविधान दिएर मुलुकलाई परिवर्तन उन्मुख गराएको बताए  । महाकाली नगर क्षेत...
ओलीले भेटेपछि बदलियो डिपीको मन, उम्मेदवारी फिर्ता

ओलीले भेटेपछि बदलियो डिपीको मन, उम्मेदवारी फिर्ता

बेलबारी, १९ कात्तिक । नेकपा एमालेले मोरङ क्षेत्र नम्बर ३ (ख) मा दिलप्रसाद राई (डिपी) ले हालेको बागी उम्मेदवारी फिर्ता लिएका छन । उनले आज उम्मेदवारी फिर्ता फिर्ता लिएका हुन । उनलाई शुक्रबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले बिराटनगरको एक होटलमा भेटेका थिए । उनलाई प्रदेशसभाको उम्मेदवार नबनाएको प्रति असन्तुष्ट बनेको युवासंघ र लोकतान्त्रिक जनजाति आदिबासी महासंघ जिल्ला कमिटिले एमाले पार्टी कार्यलय...
कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी

कोरियामा तलब नपाउने प्रवासी मजदुर ३ गुणाले बढे : ४ करोड डलरमाथि तलब पाउन बाँकी

काठमाडौँ, १९ कात्तिक । तलब नपाउने प्रवासी मजदुरहरुको सङ्ख्या दक्षिण कोरियामा बृद्धि हुँदै गएको छ । कृषि र साना तथा मझौला कम्पनीमा कार्यरत कतिपय मजदुरहरुले तलब नपाएको बताइएको छ । गत महिना कोरियन संसदमा भएको संसदीय जाँचबुझ सुनुवाइमा प्रजातान्त्रिक पार्टीको सांसद खान्ग व्यङ्ग वनले रोजगार तथा श्रम मन्त्रालयले बुझाएको तलब सम्बन्धि रिपोर्टमा यो बर्ष अगष्ट महिनासम्ममा प्रवासी मजदुरहरुले नपाएको तलबको र...
वाम गठबन्धनको भावी प्रधानमन्त्री ओली कि प्रचण्ड ?

वाम गठबन्धनको भावी प्रधानमन्त्री ओली कि प्रचण्ड ?

काठमाडौँ, १९ कात्तिक । दुई तिहाई बहुमतसहित नेपालको विकास र समृद्धिको सपना बाँडेको एमाले र माओवादीको वामगठबन्धन अहिले संयुक्त चुनावी मैदानमा छ । ६० र ४० प्रतिशतको अनुपातमा टिकट वितरण, संयुक्त चुनावी अभियान र कार्यक्रमसहित वाम गठबन्धन चुनावी मैदानमा उत्रे पनि गठबन्धनले सबैभन्दा महत्वपूर्ण कुरा चाहिँ अहिलेसम्म खुलाएको छैन । एउटा यस्तो प्रश्न अझै राजनीतिक रूपमा बहसमा आएको छैन्, जुन प्रश्नको जवाफ आ...
राष्ट्रिय खेलकुदका लागि उदयपुरबाट तेक्वान्दो खेलाडी छनोट

राष्ट्रिय खेलकुदका लागि उदयपुरबाट तेक्वान्दो खेलाडी छनोट

उदयपुर, १९ कात्तिक । यहाँको कटारी नगरपालिकामा शनिबार राष्ट्रिय खेलकुद कप २०७४ का लागि पूर्वाञ्चलस्तरीय तेक्वान्दो खेलाडी छनोट गरिएको छ। शुक्रबार र शनिबार चलेको छनोट प्रतियोगिताले विभिन्न तौल समूहमा छनोट गरेको हो। प्रतियोगितामा ४६ केजीतर्पm महिला प्रतिस्पर्धामा इलामका शान्ता खवास, ४९ केजीमा सिरहाका अप्सरा तामाङ, उदयपुरका सन्ध्या कुमारी सिंह, सुनसरीका सुविक्षा राईले प्रथम स्थान हासिल गरी छनोट भएक...
नेपाल टेलिकमको लापरबाही : उत्तरी र दक्षिणी क्षेत्रमा १ महिना देखि सेवा अबरुद्ध

नेपाल टेलिकमको लापरबाही : उत्तरी र दक्षिणी क्षेत्रमा १ महिना देखि सेवा अबरुद्ध

खोटाङ, १९ कात्तिक । उत्तरी र दक्षिणी क्षेत्रमा लामो समयदेखि नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध भएको छ ।  दक्षिणी क्षेत्रमा तीन महिना र उत्तरी क्षेत्रमा महिना दिनअघिदेखि दुवै मोबाइल सेवा अवरुद्ध भएको हो । लामो समयसम्म नमस्ते तथा स्काइ मोबाइल सेवा अवरुद्ध हुँदा दुर्गम क्षेत्रका हजारौंँ सेवाग्राही मारमा परेका छन् । दक्षिणी क्षेत्रको जन्तेढुंगा गाउँपालिका– ५ चिसापानीस्थित होङ पोखरीमा रहेको रिपिटर ट...
आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्दै

काठमाण्डौ , १९ कात्तिक । निर्वाचन आयोगले आगामी मंसिर २१ गते दोस्रो चरणमा हुने निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी आज निर्वाचन चिन्ह प्रदान गर्दैछ । उम्मेदवारमाथि परेका उजुरीमाथि छानबिन गरी हिजो निर्णय गरेको आयोगले उम्मेदवारी फिर्ताका लागि आज बिहान १० देखि १ बजेसम्मको समय दिएको छ । उम्मेदवारी फिर्ताको समय लगत्तै दिउँसो १ देखि ३ बजेसम्ममा अन्तिम नामावली प्र...
इलामकाे गजुरमुखीमा कात्तिके मेला सुरू

इलामकाे गजुरमुखीमा कात्तिके मेला सुरू

इलाम, १९ कात्तिक । जिल्लाको पश्चिमी प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल गजुरमुखीमा परम्परागत रूपमा लाग्दै आएको मेला शनिबारदेखि शुरू भएको छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको दिन लाग्ने गजुरमुखी मेला यस वर्ष पनि शुरू भएको हो । स्थानीय मेला आयोजक समितिको आयोजनामा शुरू भएको मेलामा शनिबार बिहानैदेखि पूजापाठ र दर्शन गर्ने तथा मेला भर्न आउने भक्तजनहरूको भीड लागेको छ । गजुरमुखी पुगेका भक्तजन र पर्यटक...
‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

‘घोषणापत्र देखाएर चुनाव जित्ने दिन गए’

काठमाण्डौ, १९ कात्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब चुनाव नलड्ने घोषणा गरेपछि युवा पुस्तालाई नेतृत्व दिन हिच्किचाउने अन्य दलका नेतालाई समेत दबाब परेको छ । २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएको उनको संसदीय अभ्यासको अनुभव २६ वर्ष पुगिसकेको छ । संसद्मा उनका तर्कपूर्ण भाषण सुन्न नपाइने भए पनि उनीद्वारा प्रशिक्षित नयाँ सांसदले उनकैजस्तो निडर अभिव्यक्ति दिने विश्वास गर...
रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा

रोल्पाका सबै स्थानीय सरकारको पहिलो प्राथमिकता शिक्षा

रोल्पा, १९ कात्तिक । स्थानीय तहको निर्वाचनसँगै गठन भएका रोल्पाका दशवटै स्थानीय सरकारले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई काम अगाडि वढाएका छन् । प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शैक्षिक सरोकारवालाको भेलागरी शैक्षिक अवस्था पहिचानसमेत गरेका उनीहरूले शैक्षिक क्षेत्रमा सुधार गर्नुपर्ने योजनाको खाकासहित काम अगाडि वढाएको वताएका छन् । जिल्लामा शैक्षिक अवस्था निकै कमजोर रहेका कारण वि...
खेतको आलीबाट लडेर प्राबिधिक महताको ज्यान गयो

खेतको आलीबाट लडेर प्राबिधिक महताको ज्यान गयो

दार्चुला, १९ कात्तिक । दार्चुलाको मार्मा गाउँपालीका ५ सितालामा बिहिबार बेलुकि खेतको आलिबाट खसेर एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालीका वडा नम्बर ५ का प्राबिधिक सहायक दरपान सिह महताको मृत्यु भएको हो । कार्यक्षेत्रबाट घर फर्कीने क्रममा आफ्नै खेतको आलीबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खेतको आलीबाट लडेर घाइते भएका महतालाइ घर लगेर प्रार्थमिक उपचार गर्नेक्रममा ज्यान ग...
दमकमा पुस २७ देखि महोत्सव

दमकमा पुस २७ देखि महोत्सव

दमक, १९ कात्तिक । झापाको दमकमा आगामी पुस २७ गतेदेखि माघ ७ गतेसम्म चौँथो दमक महोत्सव–२०७४ को आयोजना हुने भएको छ । दमक उद्योग वाणिज्य संघले निर्माणाधीन इलाम प्रशिक्षण केन्द्रको पूर्वाधार निर्माणमा आर्थिक सहयोग जुटाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागेको हो । आन्तरिक पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले गरिन लागेको सो महोत्सवमा स्थानीय उत्पादन, खानाका परिकार, आधुनिक प्रविधिसहित लोक सं...
नोटमा भोट नसाटौँ, विवेक नगुमाऔँ

नोटमा भोट नसाटौँ, विवेक नगुमाऔँ

देश निर्बाचनमय भएको छ । चुनावी माहौलमा घर गाँउ,शहर र बजार सबै होमिएको छ । प्रतिनिधि सभा र प्रदेश सभाको निर्बाचनका लागी उम्मेदवारहरु आफनो पल्ला भारी बनाउने कसरतमा कम्मर कसेर लागेका छन । चिया पसलदेखि साना र ठुला सबै होटल बिहानैदेखि प्याक देखिन्छन । खेती किसानीमा रमाएका किसान समेत आश्वासनको पछि लागेर झण्डा बोकेर हिँडन थालेका छन । उम्मेदवारहरु आश्वासनको पोको बोकेर गाँउगाँउमा पुगेका छन । आश्वासनको लल...
हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

हात्तीको बथानले दुई घर भत्कायो, भण्डारण गरेको अन्न सखाप

कञ्चनपुर, १९ कात्तिक । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारका दुई परिवारको घर गएराति जंगली हात्तीको बथानले भत्काएको छ । हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो । घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पु¥याएको छ । घरभित्र सुतेका बासिन्दाले भागेर ज्यान जोगाएका छन् । दीपककी श्रीमतीले हात्त...
वडाध्यक्षका छोराले गरे किशाेरीकाे बलात्कार : रमिते बन्याे प्रहरी

वडाध्यक्षका छोराले गरे किशाेरीकाे बलात्कार : रमिते बन्याे प्रहरी

काठमाडौं, १९ कात्तिक । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देउरवानाकी १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने युवा खुलेआमा घुमिरहेका छन् । घटना भएको एकसाता बित्न लाग्दासमेत प्रहरीले उनीहरुलाई पक्राउ गर्न चासो देखाएको छैन । किशोरीलाई सामूहिक बलात्कार गर्ने एक युवक वडा अध्यक्षका छोरा पनि रहेका कारण वडा अध्यक्षकै दबाबमा प्रहरीले उनीहरुलाई पक्राउ नगरेको हो । किशोरीलाई बलात्कार गर्ने वडा नम्बर ४...
सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका अध्यक्षमाथि सुन तस्करी मुद्दा

सिन्धुपाल्चोक, १९ कात्तिक । प्रहरीले सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलमाथि सुन तस्करी मुद्दा चलाएको छ । २२ किलो सुन तस्करीको अभियोगमा प्रहरीले पौडेलसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको हो । पौडेल फरार छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ परेका सात र फरार चारलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । पक्राउ परेकामध्ये एकजना पुर्पक्षका लागि जेल चलान भएका छन्...
टिएमजेमा गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन तीव्र

टिएमजेमा गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन तीव्र

तेह्रथुम , १८ कात्तिक । संरक्षित तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रभित्र गैरकानूनीरुपमा रूख कटान र जडीबुटी संकलन भइरहेका छन् । जनसंख्या बृद्धिसँगै वर्षेनी यस्ता गतिविधि बढेर गइरहेको भएपनि यसतर्फ कसैको ध्यान जान सकेको छैन् । वन संरक्षण गर्नुपर्छ भन्ने चेतना हुँदाहुँदै पनि इन्धनका लागि दाउराको विकल्प नभएकै कारण स्थानीयवासीले गुराँसे वन फँडानी गर्न वाध्य छन् । दशैँ तिहारजस्ता चाडपर्व र जाडो मह...
error: Content is protected !!