प्रदेश १ को उपसभामुख पदमा एकल मनोनयनपत्र दर्ता
विराटनगर, २ फागुन । प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।
नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराउनुभयो ।
उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहनुभएको प्रदेश सचिवालयले जनाएको छ ।
सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएकी पोखरेल नेकपा (म...































