विराटनगर, २ फागुन ।  प्रदेश नं १ को उपसभामुख पदमा आज एकल उम्मेदवारी दर्ता भएको छ ।

Advertisement

नेकपा (माओवादी केन्द्र) की प्रदेशसभा सदस्य सरस्वती पोखरेलले आज प्रदेश सचिवालयमा दिउँसो आफ्नो मनोनयनपत्र दर्ता गराउनुभयो ।

उहाँको प्रस्तावकमा प्रदेशसभा सदस्य रामकुमार राई र समर्थकमा इन्द्रमणि पोखरेल रहनुभएको प्रदेश सचिवालयले जनाएको छ ।

सुनसरी जिल्लाबाट समानुपातिकबाट प्रदेशसभा सदस्य हुनुभएकी पोखरेल नेकपा (माओवादी केन्द्र)को पोलिटब्यूरो सदस्य हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!