ललितपुर, १० साउन । ललितपुर महानगरपालिका बस्तीनजिक सुँगुर, बुंगुरलगायतका जनावर पाल्दा दुर्गन्ध फैलिएको भन्दै मुद्दा आउन थालेका छन् ।

Advertisement

महानगरपालिकाका उपप्रमुखको अध्यक्षतामा रहने न्यायिक समितिमा बंगुरलगायतका पशु पाल्दा विभिन्न खालका प्रदूषण फैलिएको भन्दै स्थानीयवासीले मुद्दा हाल्न थालेका हुन् ।

महानगरपालिकामा सबैभन्दा बढी प्रदूषणसम्बन्धी मुद्दा आइरहेको न्यायिक समिति सदस्य ज्ञानभक्त डंगोलले बताउनुभयो । बस्तीका बीचमा वा बस्तीका नजिकका स्थानमा पशुपालन गर्दा त्यहाँ दुर्घन्ध फैलिनेसँगै पानीमा फोहोर मिसिएको भन्ने स्थानीयवासीको गुनासो छ । यस्ता मुद्दा साबिक उपमहानगरपालिका क्षेत्रमा भन्दा साबिक गाविस क्षेत्रमा बढी छ । उहाँ भन्नुहुन्छ, “हामीले मेलमिलाप हुनेमा गराउने र नहुनेमा मात्रै अदालत जान भन्छौँ ।”

महानगरपालिकामा दर्ता हुन आएका मुद्दामा समितिले राष्ट्रिय प्रदूषण मापन केन्द्रलाई मापन गर्न लगाएर र आफूले पनि स्थलगत निरीक्षण गरेर मात्रै सुनुवाइ गर्दै आएको छ ।

न्यायिक समितिमा पशु बधस्थलका कारण प्रदूषण फैलिएको भन्दै मुद्दा पर्न थालेको छ । समितिको सातामा दुई दिन बैठक बसेर सुनुवाइ गर्दै आएको छ । पारिवारिक बेमेल, छिमेकमा रहेका विवादसमेत आउन थालेको समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!