बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

काठमाडौं, १३ साउन । नेपाली कांग्रेसले बलात्कारीलाई मृत्युदण्डको कानून बनाउन माग गरेको छ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले भारत र अमेरिकामा पनि बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था रहेको जानकारी दिँदै नेपालमा पनि त्यस्तै व्यवस्था गर्नुपर्ने बताइन् । कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्...
किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

किशोरी बलात्कारमा जानकारी दिन सरकारलाई निर्देश

काठमाडौँ, १३ साउन । सभामुख कृष्णबहादुर महराले कञ्चनपुरमा किशोरी बलात्कारका विषयमा सदनलाई जानकारी दिन सरकारलाई निर्देश दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य र विशेष समयमा सांसदले कञ्चनपुरको भीमदत्त नगरपालिका–३ की १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको र शव उखुबारीमा फालिएको भन्दै दोषीलाई कडा कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । सांसदको मागपछि सभामुख महराले सो घटनाका ...
केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

केसीको मुद्धामा पार्टीगत अडान थिएन: विवेकशील

काठमाडौँ, १३ साउन । विवेकशील साझा पार्टीले चिकित्सक डा गोविन्द केसीले उठाएका चिकित्सा शिक्षा सुधार विषयलाई राजनीतिक दलगत स्वार्थको रुपमा प्रयोग गर्न नहुने जनाएको छ । सो पार्टीले केसीको मागमा आफूहरूको ऐक्यवद्धता रहेपनि सडकमा भएका प्रदर्शनमा आफ्ना नेता र सामाजिक अभियन्ताले व्यक्तिगतरुपमा मात्र भाग लिएको स्पष्ट पारेको हो । पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आफ्ना पार्टीका तर्फबाट सरकार र केसी...
इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

इन्डोनेसियामा ६.४ म्याग्निच्युडको भूकम्प, १० को मृत्यु

जकार्ता, १३ साउन । इन्डोनेसियाको लोम्बोक प्रायःद्वीपमा आइतबार बिहान गएको शक्तिशाली भूकम्पका कारण १० जनाको मृत्यु र ४० जना घाइते भएका छन् । बाली नजिकको लोकप्रिय पर्यटकीय गन्तव्य रहेको लोम्बोकमा ६.४ रिक्टर स्केलको भूकम्प गएको अधिकारीहरुले बताएका छन् । भूकम्पबाट दर्जनौं एकतले र ठूला घरहरु भत्किएका छन् । भूकम्पको धक्का बाली समेत धेरै टाढाटाढासम्म अनुभव गरिएको थियो । अमेरिकी जियालजिकल सर्भेका अनुसा...
जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

जोशीको नाम अनुमोदन गर्ने वा नगर्ने निर्णय सोमबार हुने

काठमाडौँ, १३ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने नगर्ने भन्ने निर्णय दिन आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक सोमबार दुई बजे बस्ने भएको छ । समितिको बैठक आज बिहान बस्ने भनिएता पनि दुई सांसदहरु पुष्पा भूसाल र जीतेन्द्र देव बाहिर हुनुभएको र समितिमा आवश्यक छलफल गर्न पनि बाँकी भएको हुँदा बैठक स्थगित भएको समितिका सदस्य सांसद निरु पालले जानकारी दिनुभ...
३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

३६ लाख घुससहित रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर पक्राउ

रुपन्देही,१२ साउन । रुपन्देहीका भवन तथा शहरी विकास कार्यालय प्रमुख इन्जिनियर सुरेश ठाकुर ३६ लाख रुपैयाँ घुससहित पक्राउ पररेका छन्। ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयलले पक्राउ गरेको अख्तियारका शाखा अधिकृत सुरेश भुसालले जानकारी दिएका छन् । आयोगको टोलीले ठाकुरलाई भैरहवाबाट पक्राउ गरेको हो। ठाकुरसहित उनकी श्रमीतलाई समेत नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ। ठाकुर घुस वापतको ...
धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटामा चट्याङ लागेर एक जनाको मृत्यु

धनकुटा, १२ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–५ लेगुवामा शुक्रबारसाँझ चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । हावाहुरीसँगै परेको चट्याङले लागेर लेगुवाका करिव ३० बर्षीय भीम बहादुर राईको मृत्यु भएको हो । आफ्नै घरमा बसिरहेका बेला साँझ करिव ६ बजे राईलाई चट्याङले लागेको थियो । चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको स्थानीय केशब कुँवरले संगालोखबरलाई जानकारी दिए ।
पौने तीन करोड राजश्व संकलन

पौने तीन करोड राजश्व संकलन

त्रिशूली, नुवाकोट, १२ । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार ८९५ राजश्व संकलन गरेको जनाएको छ । शुक्रबार सार्वजनिक विवरणअनुसार प्रशासन कार्यालयले सबैभन्दा बढी राहदानीबाट राजश्व असुल गरेको छ । चार हजार ९६८ राहदानी वितरण गरेको जिप्रकाले राहदानीवापत रु दुई करोड ६० लाख दुई हजार ५०० राजश्व संक...
एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

एक नम्बर प्रदेश प्रहरीको तथ्यांक : धनकुटामा सवैभन्दा कम गुण्डागर्दी, सुनसरीमा अत्याधिक

विराटनगर, १२ साउन । एक नम्बर प्रदेशका १४ जिल्ला मध्ये धनकुटामा सवैभन्दा कम गुण्डागर्दी हुँने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रदेश प्रहरी कार्यालय विराटनगरले सार्वजनिक गरेको कार्ययोजनाको तथ्यांकका आधारमा सवैभन्दा कम गुण्डागर्दी हुनेमा धनकुटा देखिएको हो । एक नम्बर प्रदेशमा असार १ गतेदेखि गुण्डागर्दी बिरुद्धको तीन महिने अभियान थालेको प्रहरीले शुक्रवार यस्तो तथ्यांक सार्वजनिक गरेको हो । तथ्यां...
त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

त्रिशूली बस दुर्घटना अपडेट: ६ को मृत्यु १६ घाइते, २३ जनाको उद्धार

चितवन, ११ साउन । काठमाडौंबाट पोखरा हिँडेको बसलाई ट्रकले ठक्कर दिँदा बस त्रिशूलीमा खसेको छ। शुक्रबार दिउँसो यात्रुवाहक बस त्रिशूलीमा खस्दा १६ जना घाइते भएका छन्। घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको उद्दारमा खटिएका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्मबहादुर केसीले बताए । उनका अनुसार ५/६ जनाको मृत्यु भएको हुनसक्ने भए पनि पुष्टि भने नभएको उनले बताए । अहिलेसम्म २३ जनाको उद्धार गर...
भारतद्वारा दुई अर्बभन्दा बढी पुनर्भुक्तानी

भारतद्वारा दुई अर्बभन्दा बढी पुनर्भुक्तानी

काठमाडौँ, ११ साउन ।  भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धताअनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले अर्थसचिव राजन खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरे । गोरखा र नुवाकोटका ४२ हजार ८६ वटा निजी घर निर्माणका निम्ति अन...
इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

इरानको अमेरिकालाई चेतावनीः तिमी युद्ध सुरु गर, अन्त्य हामी गर्छौं

काठमाडौँ, ११ साउन । इरान र अमेरिकाबीचको तनाव लगातार बढिरहेको छ । यी दुई देशले एक अर्कालाई लगातार धम्की दिइरहेको छ । बिहिबार इरानले अमेरिकालाई अर्को धम्की दिएको छ । इरानको विशेष सेनाका एक कमान्डरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई धम्की दिएका छन् । उनले भने, ‘यदि अमेरिकाले इरानमाथि हमला गरे अमेरिकाको सबैकुरा ध्वस्त पारिदिन्छौं ।’ मेजर जनरल कासिम सुलेमानीको भनाई उद्धृत गर्दै इरानी समाचार एजेन...
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

चितवन,११ साउन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

१३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

काठमाडौँ, ११ साउन । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ। भीमदत्त नगरपालिका–१८ निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको हत्या भएको हो। बिहीबार उनको घर नजिकै उखुबारीमा बलात्कारपछि हत्या भएको बुझिएको छ। उनको हत्या गरिएको अवस्थामा शुक्रबार बिहान मात्रै शव फेला परेको छ। घरदेखी १ किलोमिटरको दुरीमा खोलापारी रहेको उखुबारीभित्र उनको हत्या गरेर फालिएको अवस्थामा शव भ...
हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

हलोक्रान्तिका नायकलाई राज्यले सम्मान गर्न नसकेको गुनासो

लमजुङ, ११ साउन ।“शेषकान्त लेप्टन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित हलो जोति बिग्रे ।” देशमा प्रजातन्त्रको उदय हुनुअघि विसं २००६ साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनले सामूहिकरुपमा हलो जोतेका थिए । बाहुनले हलो जोतेको एक वर्षसम्म जताततै यही गितको हल्लाखल्ला मच्चियो । राणाशासनको विरोधमा हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साउन ११ गते पक्र...
भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर पोखरा सिधा बस सेवा शुरु, सेवा उद्घाटन

भक्तपुर, ११ साउन । आजबाट भक्तपुर–पोखरा सिधा बस सेवा सञ्चालन भएको छ । आज बिहान सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले बस सेवा शुभारम्भ गर्नुभएको हो । उहाँले यस क्षेत्रलाई नगरपालिकाले पर्यटकीय गन्तव्य क्षेत्रका रुपमा घोषणा गर्न लागेको जानकारी दिँदै सूर्यविनायक नगरपालिकामा पर्यटन विकासको मुख्य आधार बनाउने कार्यक्रम अगाडि ल्याइरहेको बेलामा पर्यटक बस सेवा सञ्चालनले पर्यटन विकासमा थप मद्दत पुग...
उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुरको रौतापोखरी क्षेत्रलाई धार्मिक पर्यटकस्थल बनाउनका लागि बृहत् गुरुयोजना

उदयपुर, ११ साउन । जिल्लाकै महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थलका रुपमा रहेको रौता माईगाउँपालिकास्थित रौताको पवित्र रौतापोखरी क्षेत्रलाई धार्मिक तीर्थस्थलका रुपमा विकास गर्न स्थायी सरकारले बृहत् गुरुयोजना शुरु बनाएको छ । रौतामाई गाउँपालिका र त्रियुगा नगरपालिकाको पहलमा बनाइएको सो गुरुयोजनामा त्रियुगा नगरपालिका गाईघाटदेखि रौतापोखरीसम्मको ३२ किलोमिटर पहाडी क्षेत्रको दूरीमा केबलकार सञ्चालनको तयारी भ...
आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

आज राति खग्रास चन्द्रग्रहण लाग्ने, यि राशि भएका व्याक्तिलाई लाभ मिल्ने

काठमाडौँ, ११ साउन ।  २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अधिकांश ठाउँबाट देखिनेछ । केहि समय फिक्का रातो र केहि समय पुरै रातो देखिने भएकोले यसलाई ब्लडमुन पनि भनिएकोछ । यो संयोग लगभग १००...
सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उच्च सतर्कता

नवलपरासी, ११ साउन । भारतसँग सिमाना जोडिएको पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले उच्च सतर्कता अपनाएको जनाएको छ । सीमा क्षेत्रमा शान्ति सुरक्षासहित दशगजा क्षेत्रको अतिक्रमण रोक्ने र सीमा स्तम्भ (पिलर) को समेत रेखदेखका साथै आपराधिक क्रियाकलाप, चोरी तथा तस्करी नियन्त्रणका लागि उच्च सतर्कता अपनाइएको सशस्त्र प्रहरी उपरीक्षक गाहारधन राईले जानकारी दिनुभय...
सबै अस्थायी शिक्षक हट्ने

सबै अस्थायी शिक्षक हट्ने

काठमाडौँ, ११ साउन । सरकारलाई वर्षोंदेखि टाउको दुखाईको विषय बनेको विद्यालय तहका अस्थायी शिक्षाको समस्या यस वर्षदेखि पूर्णरुपमा हल हुने भएको छ। अस्थायी शिक्षाको समस्या समाधन भएसँगै विद्यालय शिक्षाको हालको सिकाई स्तर उकासिने शिक्षा मन्त्रालयको विश्वास रहेको छ। अहिले सार्वजनिक विद्यालयमा शिक्षकको दरबन्दी एकलाख सात हजार छ। यसमध्ये करिब ७० हजार शिक्षकमात्र दरबन्दीमा कार्यरत छन्। अन्य शिक्षक अस्थायी ...
नवलपरासीमा फोहोरबाट ग्यास उत्पादन सुरु, सिलिन्डरको ९०० रुपैयाँ

नवलपरासीमा फोहोरबाट ग्यास उत्पादन सुरु, सिलिन्डरको ९०० रुपैयाँ

नवलपरासी, ११ साउन ।  फोहोरबाट बायोग्यास । दिनको १५० सिलिन्डर उत्पादन । एक सिलिन्डरको ९०० रुपैयाँ मात्र । हो पश्चिम नवलपरासीको सुक्रौलीमा ‘फोहोरबाट मोहर’ बन्न थालेको छ । इन्भिपावर इनर्जी एन्ड फर्टिलाइजर प्रालिले फोहोरबाट ग्यास निकालेर बेच्न सुरु गरिसकेको छ । उद्योगका कार्यकारी सञ्चालक अभिरथ अग्रवालका अनुसार पहिलो चरणमा औद्योगिक उपभोक्तालाई उपलब्ध गराइएको छ । ‘रामग्राम नगरपालिकाका बजार क्षेत्रम...
पानीमा पनि भ्याट लगाउने नगरपालिका

पानीमा पनि भ्याट लगाउने नगरपालिका

काठमाडौँ, ११ साउन । गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ । त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ । यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नख...
बिहीबारदेखि एपीएफ नयाँ संरचनामा

बिहीबारदेखि एपीएफ नयाँ संरचनामा

काठमाडौँ, ११ साउन । अर्थ सैनिक प्रकृतिको सशस्त्र प्रहरी नयां संरचना बिहीबारबाट लागू भएको छ । उक्त संरचना साउन १ गते देखि लागू हुने गरी सरकारले स्वीकृत गरेको भएपनि केही प्राबिधिक समस्याका कारण बिहीबारबाट लागू भएको छ । सशस्त्र प्रहरी बलले सबै मातहतका निकायलाई नयां संरचना अनुरुपको काम गर्न पत्राचार गरेको छ । सशस्त्र प्रहरी बल नयां संरचनामा गएपछि केन्द्र सरकार र प्रदेश सरकारबीचको पुलको काम गर्नुका ...
२३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

२३ अर्ब खर्चेर एनएसीले भित्र्याएको २ वाइडबडी विमानको वारेन्टी नभएको खुलासा

काठमाडौँ, ११ साउन । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडबडी जहाजको वारेन्टी नै नरहेको पाइएको छ । जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्टस्को वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेको भेटिएको  छ । कारोबार दैनिकमा यो खबर छ । निगमले हाईफ्लाइ एक्ससँग गरेको सम्झौतामा वारेन्टी तथा ग्यारेन्टीको विषयमा दुवैपक्ष मौन बसेको भेटिएिको छ । उक्त विषयले बोर्...
सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

सरकार–केसीबीचको नौबूँदे सहमतिमा के छ ?

काठमाडौँ, ११ साउन । सरकार र अनशनरत प्रा डा गोविन्द केसीबीच चिकित्सा शिक्षा र स्वास्थ विषयमा आज राति भएको नौबुँदे सहमतिमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन प्रारम्भ भएको मितिले १० वर्षसम्म काठमाडौँ, ललितपुर र भक्तपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्नका लागि शिक्षण संस्था स्थापना गर्न आशयपत्र प्रदान नगरिने जनाइएको छ । आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेका शिक्षण संस्थाक...
अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

अाज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

काठमाडौँ, ११ साउन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै दिन परेको छ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकम...
सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

सार्वजनिक संस्थान निर्देशन बोर्ड खारेज

काठमाडौँ, १० साउन । सरकारले सार्वजनिक संस्थान निर्देशन बोर्ड गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको स्वामित्वमा रहेको चलअचल सम्पत्ति तथा दायित्व अर्थ मन्त्रालयमा कायम गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो । सरकारले मिलिनियम च्यालेन्ज एकाउण्ट ...
जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

जापानका सबैभन्दा ज्येष्ठ नागरिकको ११७ वर्षको उमेरमा निधन

टोकियो, १० साउन । जापानका सबैभन्दा ज्येष्ठ नागरिक चियो मियाकोको ११७ वर्षको उमेरमा निधन भएको छ । जापानको स्वास्थ्य, श्रम र समाज कल्याण मन्त्रालयले उहाँको गत आइतबार निधन भएको बिहीबार जानकारी दिएको हो । सन् १९०१ को मे २ तारिखमा जन्मिनु भएका मियाको गत अप्रिलदेखि जापानको सबैभन्दा ज्येष्ठ नागरिक हुनुहुन्थ्यो । गत अप्रिलमा ११७ वर्षकै उमेरमा नावि ताजिमाको निधन भएको थियो । आइतबार निधन हुनु भएकी मियाक...
पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

पाकिस्तानका पूर्वक्रिकेट खेलाडी इमरान भावी प्रधानमन्त्रीको चर्चामा

काठमाडौँ, १० साउन । पाकिस्तानमा बुधबार भएको आमनिर्वाचनको मतपरिणामले पूर्वक्रिकेट खेलाडी इमरान खानलाई फेरी एक पटक चर्चाको शिखरमा पु¥याएको छ । सन् १९९२ मा भएको विश्वकप क्रिकेटको उपाधि कब्जा गर्न सफल पाकिस्तानी टिमको नेतृत्व गरेका विश्व चर्चित खान अहिले भावी प्रधानमन्त्रीका रूपमा उदाएपछि फेरी चर्चाको शिखरमा पुग्नुभएको छ । खान नेतृत्वको टोलीले नै पाकिस्तानलाई पहिलो पटक विश्वकप क्रिकेटको उपाधि दिलाउ...
आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने सम्भावनातर्फ चनाखो रहन सुझाव

काठमाडौँ, १० साउन । उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग आज अपराह्न नेपालस्थित अमेरिकी राजदूत अलाइन बी टेप्लिजले रक्षा मन्त्रालयमा आज बिदाइ भेट गरी खुला सीमा भएकाले आतंककारीले चलखेल गर्ने र घुसपैठ गर्ने बढी सम्भावना भएको तर्फ चनाखो रहन सुझाव दिनुभएको छ । आफ्नो तीन वर्षको कार्यकाल पूरा गरेर स्वदेश फर्किनुअघि राजदूत टेप्लिजले नेपालको राजनीतिमा आएको परिवर्तनलाई सकारात्मक रुपले अमेरिकाले हेरेको बताउँदै ...
रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवामा पहिरोबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

रसुवा, १० साउन । गए राति टिमुरे क्षेत्रमा गएको पहिरोबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार अहिलेसम्म नौ जनाको शव फेला परेको छ । मृत्यु हुनेमा नुवाकोटकी (ठेगाना खुल्न बाँकी) समिला विक, नुवाकोट ककनीका सुमो जीप चालक रमेश तामाङ, रसुवा गोसाइँकुण्ड गापा–२ टिमुरेका कामी भनिने दोर्जे वाङ्जु घले, उनकी श्रीमती कार्साङ किमो घले, रसुवा गोसाइँकुण्ड गापा–१ थुमनक...
error: Content is protected !!