महोत्तरीमा साउने १५ पर्व मनाइँदै

महोत्तरीमा साउने १५ पर्व मनाइँदै

बर्दिवास, १५ साउन । जिल्लाको उत्तरी क्षेत्रमा आज साउने १५ पर्व मनाइँदै छ । खासगरी साउने १५ पर्वमा रोपाइँ सकेर खीर खाने चलन छ । जिल्लाको बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिकाका बजारमा आज बिहानैदेखि दूध किन्नेको भिडभाड रहेको छ । पछिल्लो समय पशुपालन गर्ने किसानको संख्या घट्दै गएपछि दूधको आवश्यकता डेरीले धान्नुपरेको छ । अहिले डेरी सञ्चालक र डिलरलाई दूध बिक्री गर्न भ्याइनभ्याइ भएको बर्दिवास–१ स्थित ओ...
काँग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काँग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ, १५ साउन । विपक्षी दल काँग्रेसले आज काठमाडौं उपत्यकासहित देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ । सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको भन्दै कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन आयोजना गरेको हो । कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ । डा.गोविन्द केसी, गंगामाया अधिकारीलगायतका केही माग भने पुरा भएका छन् । काठमाडौंमा...
सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

सरकारले नै मलेसिया कामदार पठाउने सम्भावना

काठमाडौँ,१५ साउन ।  दक्षिण कोरियामा जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ । म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार पठाउने व्यवस्था गर्न सकारात्मक देखिएका हुन् । मलेसिया सरकारले हालै नेपाली कामदार पुनः मलेसिया ल्याउने विकल्प दुई सरकारबीचको संयन्त्र गभमेन्ट टू गभर्मेन्ट –जी...
३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

३० देशमा कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गर्ने

काठमाडौँ,१५ साउन । सरकारको कार्यशैली अधिनायकवादउन्मुख र जनविरोधी रहेको भन्दै देशमा विरोध प्रदर्शन गरिरहेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले विदेशमा समेत विरोध प्रदर्शन गर्ने भएको छ । ३० वटा देशमा रहेका पार्टीनिकटको नेपाली जनसम्पर्क समितिमार्फत् कांग्रेसले सरकारको विरोध गर्न लागेको हो । कांग्रेस केन्द्रको तयारी अनुसार आगामी १ देखि ३ अगस्टभित्र सरकारविरोधी कार्यक्रम हुनेछन् । जनसम्पर्क समिति कांग...
सडक अवरुद्ध गरे ३ वर्षसम्म कैद

सडक अवरुद्ध गरे ३ वर्षसम्म कैद

काठमाडौँ,१५ साउन ।  सामान्य घरझगडा हुँदा पनि सडक बन्द गर्ने र यात्रुलाई दुःख दिने पुरानै चलन हो, तर अब भदौ १ गतेबाट भने यस्तो गर्ने वा गराउनेलाई ३ वर्ष कैद वा ३० हजार रुपियाँसम्म जरिवाना हुने भएको छ । भदौबाट लागू हुने मुलुकी अपराघ (संहिता) ऐन, २०७४ को दफा ६७ मा यससम्बन्धी व्यवस्था गरिएको छ । ‘सार्वजनिक स्थानमा आवागमनमा बाधा गर्न नहुने’ भन्दै ‘कसैले सार्वजनिक सडक, बाटोघाटो, रज्जुमार्ग, केबुलकार ...
खाली हुँदै निर्मल निवास, पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जाँदै

खाली हुँदै निर्मल निवास, पूर्वराजा ज्ञानेन्द्र थाइल्यान्ड जाँदै

काठमाडौँ,१५ साउन । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका निजी सुरक्षाकर्मी डीएसपी शिव राउत...
आज साउन १५, खीर खाएर मनाइँदै

आज साउन १५, खीर खाएर मनाइँदै

काठमाडौँ, १५ साउन । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका लागि खीर खाने चलन छ । दूधमा चामल मिसाई पकाइएको...
पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?

पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्रै ?

काठमाडौँ,१५ साउन । नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो । विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश विकास र निर्माणका क्रममा आधा हिस्सा ओगटेका महिलाको पनि सबै क्षेत्रमा बराबरी हुनुपर्ने विषयमा कानुनीरुपमै व्यवस्था हुँदै आएको छ । राज्यले मानवीयरुपमा सबै मानि...
५० प्रतिशत जेल सजाय काटेका कैदीलाई छुटको प्रस्ताव

५० प्रतिशत जेल सजाय काटेका कैदीलाई छुटको प्रस्ताव

काठमाडौँ, १५ साउन । महान्यायाधिवक्ता कार्यालयले ५० प्रतिशत जेल सजाय काटेका कैदीबन्दीलाई छुट दिन प्रस्ताव गरेको छ। मुलुकीसंहिताऐनमा ७५ प्रतिशत जेल सजाय भुक्तान गरेका कैदीबन्दीलाई मात्र छुट दिने व्यवस्था छ। मुलुकीसंहिता ऐन २०२० अनुसार ४० प्रतिशत कैद भुक्तान भएका व्यक्तिलाई आचरण र व्यवहार कुशल भएमा मात्रै छाड्ने व्यवस्था थियो। 'पुरानो ऐनअनुसार ४० प्रतिशत जेल सजाय भुक्तानबाट ५० प्रतिशत भुक्तान गरे...
ट्रकको ठक्करबाट मजदुरको मृत्यु

ट्रकको ठक्करबाट मजदुरको मृत्यु

चितवन, १५ साउन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो । उन...
वाइड बडी ‘अन्नपूर्ण’ को पहिलो उडान दोहामा

वाइड बडी ‘अन्नपूर्ण’ को पहिलो उडान दोहामा

काठमाडौँ, १४ साउन ।  राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा ...
एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ

एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ

काठमाडौँ, १४ साउन । इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद एसियाड को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारीका लागि गल्फ संघका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाली गल्फ टोलीले एसियाडमा पुरुषतर्फ टिम इभेन्टस र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक ...
सरकारले ल्याएको बीमा विधेयक–२०७५ संशोधन गर्न माग

सरकारले ल्याएको बीमा विधेयक–२०७५ संशोधन गर्न माग

काठमाडौँ, १४ साउन । संघीय संसद्मा दर्ता गराएको बीमा विधेयक–२०७५लाई सरकारले संशोधन गरिनुपर्नेमा जोड दिइएको छ । बीमा सर्भेयर संघ नेपालले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त विधेयक संशोधन गर्न सरकारसँग माग गरिएको हो । संघका अध्यक्ष सूर्यप्रसाद जोशीले बीमा ऐनमा ‘सर्भेयर’लाई विस्थापित गरी मध्यस्थकर्ता स्थापित गर्नेगरी भएको परिभाषाबाटै सर्भेयर शब्द हटाउनु अव्यावहारिक रहेको बताउनुभयो । ऐनमा ...
घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

घरबहाल करको अनिवार्य व्यवस्था गर्न माग

काठमाडौँ, १४ साउन । घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ (२) मा राष्ट्रपतिले प्रमाणीकरण ग...
हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

हत्या गरिएको चार दिनपछि निर्मला पन्तको महाकाली नदीमा अन्त्येष्टि

भीमदत्तनगर, १४ साउन। गत शुक्रबार राति हत्या गरिएका कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको आज बिहान महाकाली नदीमा अन्त्येष्टि गरिएको छ । किशोरीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै भीमदत्तनगरका विभिन्न संघ/संगठन र नागरिक समाजले शनिबार सुरक्षाको प्रत्याभूति हुनुपर्ने माग राखी आन्दोलन थालेका थिए । शनिबार बिहान भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा किशोरीको शव ...
इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरी, १४ साउन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गरे । इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्...
परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

परराष्ट्रनीतिको अभिन्न अंगका रुपमा नेपाली सेनाले काम गरिरहेको छ – रक्षामन्त्री पोखरेल

काठमाडौँ, १४ साउन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सैनिक सेवा नियमावलीको पछिल्लो संशोधनले नेपाली सेनाको संगठनभित्र निवृत्तिभरण, अशक्त वृत्ति र उपदानमा देखिएको सबैखाले विभेद अन्त्य भएको बताउनुभएको छ । सैनिक एकल महिला तथा घाइते परिवार समूहद्वारा सैनिक मुख्यालयमा आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “कर्तव्यको सिलसिलामा वीरगति प्राप्त गर्ने सैनिकका परिवारको आवाजलाई अधिकतमरुपमा...
मोटाउन चाहनेलाई पहेँलो फर्सी लाभदायक

मोटाउन चाहनेलाई पहेँलो फर्सी लाभदायक

काठमाडौँ, १४ साउन । नेपालको पहाड र तराई दुवै क्षेत्रमा पाइने फर्सी धेरै उपयोगी फल हो । फर्सीको लहराको मुन्टा, पात, फूल र फल सबै उपयोगी हुन्छ । फर्सीको मुन्टा र डल्लोमा भिटामिन ‘ए’ प्रशस्त पाइन्छ । आवश्यक पोषकतत्व फर्सीमा पाइन्छन् । कमलपित्त, क्षयरोग, बढी तिर्खा लाग्ने, कलेजोमा खटिरा भएमा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ । कब्जियत भएमा तथा टाउको दुखेमा पनि फाइदा गर्छ । पायल्स र शरीरभित्र जलन हुँ...
फ्री भिसा र फ्री टिकटको विकल्पमा ‘इम्प्लोयर्स पे मोडल’ सिफारिस

फ्री भिसा र फ्री टिकटको विकल्पमा ‘इम्प्लोयर्स पे मोडल’ सिफारिस

काठमाडौं, १४ साउन । वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले विदेशिने कामदारलाई ठगिनबाट जोगाउन र आर्थिक भारलाई ‘शून्य’ मा झार्न सरकारलाई नयाँ सुझाव दिएको छ । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टलाई बुझाइएको प्रतिवेदनमा कामदारलाई आर्थिक भार पनि नथोपरिने र नठगिने वातावरण तयार गर्न केही महत्वपूर्ण सुझाव समेटिएका छन् । सिफारिस गरिएका प्रणालीहरु फ्री भिसा र टिकटभन्दा पनि कसिला कि...
राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

काठमाडौँ, १४ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस...
प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

प्रधानन्यायाधीशमा जोशीको नाम टुंगो लाग्न बाँकी

काठमाडौँ, १४ साउन । भावी प्रधानन्यायाधीशमा दीपकराज जोशीको नाम संसदीय सुनुवाइबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने निर्णय हुन सकेन । संसदीय सुनुवाइ समितिको आज बसेको बैठकले थप छलफल गर्नु आवश्यक भएको हुँदा बैठक बुधबार दिउँसो ३ः३० बजे बस्ने गरी स्थगित भएको समितिका संयोजक लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टाचारसम्बन्धी फैसलालगायत विषयम...
मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्यको घोषणा

काठमाडौँ, १४ साउन । मुलुकभरका इँटा उद्योगमा बालश्रम अन्त्य भएको सार्वजनिक घोषणा गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा श्रममन्त्री गोकर्णराज विष्ट र महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले मुलुकभरका इँटा उद्योगमा बालश्रमको प्रयोग अन्त्य गर्नेसम्बन्धी प्रतिबद्धताको घोषणा गर्नुभयो । सो अवसरमा मन्त्री विष्टले बालश्रम सभ्यता, मानवीयता र न्यायको दृष...
वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

वित्तीय रुपमा कमजोर जलविद्युत् कम्पनीका शेयर, प्रतिफल पाउन गाह्रो

काठमाडौँ, १४ साउन । शेयरको मूल्यांकन गर्ने कम्पनी इक्रा नेपालले आँखु खोला जलविद्युत् कम्पनीलाई ‘ग्रेड’ पाँच दिएको छ । सो कम्पनीले यही साउन १७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका नागरिकलाई साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ । गत बिहीबार मात्रै आँखुखोला जलविद्युत् कम्पनीेले साधारण शेयर बिक्रीका लागि सार्वजनिक आह्वानपत्र प्रकाशित गरेको छ । इक्रा नेपालको रेटिङमा पाँचौं नम्बर पाएको सो कम्पनीको वि...
जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

जोखिममा रहेका मानव बस्तीको व्यवस्थापन गरिने – मुख्यमन्त्री राई

विराटनगर, १४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले भौगोलिक जोखिममा रहेका मानव बस्तीलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न प्रदेश सरकार सचेत रहेको बताउनुभएको छ । गृहमन्त्रालय र प्रदेश नं १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित विपद् जोखिम न्यूनीकरण व्यवस्थापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले प्राकृतिक विपद्बाट यस क्षेत्रका जनतालाई सुुरक्षित राख्न आवश्यक स...
परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

परीक्षा सञ्चालन गर्ने शिक्षकको भत्ता दोब्बर बढाउने त्रिविको निर्णय

काठमाडौं, १४ साउन । त्रिभुवन विश्वविद्यालयले विभिन्न तहको परीक्षा सञ्चालन गर्ने शिक्षक, कर्मचारी र सुरक्षाकर्मीको पारिश्रमिक बढाएको छ । साउन २ गते बसेको त्रिवि कार्यकारी परिषद्ले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गर्ने शिक्षक र कर्मचारीहरुको तलब दोब्बर वृद्धि गरेको हो । यससँगै अब स्नातक तहको परीक्षामा केन्द्रध्याक्षको भत्ता ४ सय ५० बाट बढेर ८ सय रुपैयाँ पुगेको छ भने सहायक केन्द्राध्यक्...
पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

पशुपतिमा बोल बम यात्रीसहित भक्तजनको भीड

काठमाडौँ, १४ साउन । साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा बोल बम यात्रीसहित भक्तजनको भीड लागेको छ । पशुपतिनाथ मन्दिरका चारै ढोका बिहान ३ बजेदेखि नै खोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो । उमाकुण्ड, जयवागेश्वरी र पिंगलास्थानबाट लाम लागेर पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शनका लागि जान सकिने व्यवस्था गरिएको छ । लाम व्यवस्थित गरिएका...
दुर्घटनामा पाँच विद्यार्थी घाइते

दुर्घटनामा पाँच विद्यार्थी घाइते

दमक, १४ साउन । झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुंगीमा आज बिहान माइक्रो बस र स्कुल बस जुध्दा पाँच विद्यार्थी घाइते भएका छन् । इलाका ट्राफिक प्रहरी कार्यालयका अनुसार बा ५ प ८२८ नं को पूर्वबाट पश्चिमतर्फ आइरहेको माइक्रो बसले को १ क २१५८ नं को हिमाली अंग्रेजी बोर्डिङ स्कुलको बसलाई आज बिहान स्थानीय पाडाजुंगी–गौरीगञ्ज सडकतर्फ मोड्दा ठक्कर दिएको थियो । यसरी घाइते हुनेमा दमक–१ का १४ वर्षीया सोनिया ...
मलेसियासँग जीटुजीको तयारी, कामदारलाई के फाइदा हुन्छ ?

मलेसियासँग जीटुजीको तयारी, कामदारलाई के फाइदा हुन्छ ?

काठमाडौँ, १४ साउन । मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले अनेक बहानामा पैसा लिएर ठगेको पाइएपछि सरकारले नेपालीलाई मलेसिया जान रोक लगाएको छ । नेपालले रोक लगाएपछि मलेसियाले अहिले देखिएको समस्या समाधान गर्ने भन्दै कामदार नपठाउने निर्णयमा पुनर्विचार गर्न आग्रह पनि गर्‍यो । मलेसियाले नेपाली कामदारलाई जीटुजीमार्फत ल्याउन सकिने जनाएको छ । के हो जीटुजी ? जीटुजी भनेको दुई देशका सरकारबीचको सम्झौतामा...
आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

आसाममा चालीस लाखसँग नागरिकता नरहेको विवरण सार्वजनिक

गुवाहाटी, भारत, १४ साउन। भारतीय पूर्वोत्तर राज्य आसाममा ४० लाखसँग नागरिकता नरहेको सरकारी विवरण सार्वजनिक गरिएको छ । सन् १९५१ पश्चात् पहिलो पटक राष्ट्रिय नागरिक दर्ता एनआरसी कार्यालयले आज गुवाहाटीमा सार्वजनिक गरेको मस्यौदा विवरणमा यी व्यक्तिहरु छिमेकी बंगलादेशबाट आएका गैरकानुनी आप्रवासीहरु रहेको हुन सक्ने बताइएको छ । एनआरसीका संयोजक प्रतीक हजेलाका अनुसार रजिष्टरमा नामदर्ता गर्न राज्यका करिब ३ क...
सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

सडक दुर्घटनामा एकै परिवारका १४ ले ज्यान गुमाए

हनोई, १४ साउन । मध्य भियतनामा सोमबार भएको एक सडक दुर्घटनामा एकै परिवारका १४ व्यक्तिले ज्यान गुमाएका छन् । विवाहको पार्टीको लागि गइरहेको एक भ्यानलाई ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको थियो । सो भ्यानमा बेहुला समेत रहेका प्रहरी स्रोतले जानकारी दिएको छ । मध्य भियतनाको क्वाङ नाम भन्ने स्थानमा भएको यस दुर्घटनामा बेहुला सहित एकै परिवारका अरु सदस्यको मृत्यु भएको थियो । उनीहरु स्थानीय समयाअनुसार सोमब...
त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

त्रिभुवन विश्वविद्यालयद्वारा आर्थिक पारदर्शिता कायम राख्न सफ्टवेयर सञ्चालन

काठमाडौंँ, १४ साउन । त्रिभुवन विश्वविद्यालयमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि केन्द्रीय बेरुजु सूचना व्यवस्थापन सफ्टवेयर प्रणाली’ सञ्चालनमा ल्याइएको छ । सो सफ्टवेयरको त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले आइतबार शुभारम्भ गरे । लेखापरीक्षण महाशाखाले आर्थिक पारदर्शिता कायम गर्न त्रिविका ३० शाखामा एकैसाथ सफ्टवेयर प्रणाली सञ्चालनमा ल्याएको हो । ‘‘त्रिविको आर्थिक अनुशासन र पारदर्शिता कायम गर्...
error: Content is protected !!