यी ८ रोगको उपचारमा गाईको घिउ उपयोगी
१. कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ ।
२. जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।
३. आँखा धमिलो र फूलोमा
गाइको घ्यूमा नीमको फूलको गाजल बनाएर लगाउने गरेमा धमिलो र फूलो समेत काट्न धेरै मद्दत गर्नेछ...





























