लमजुङमा बस दुर्घटना, तीसजना घाइते

लमजुङमा बस दुर्घटना, तीसजना घाइते

लमजुङ । कास्कीको पोखराबाट लमजुङको कोलासोथार गाउँपालिकाको बालुवावेसीतर्फ आउँदै गरेको बस आज दुर्घटना हुँदा तीस यात्रु घाइते भएका छन् । ना५ख ६३९५ नं को बस कास्कीको मादी गाउँपालिका– ८ मा दुर्घटना हुँदा एकजना रुदी खोलामा बगेर बेपत्ता भएका छन् भने दुईजना बसभित्रै च्यापिएर रहेका स्थानीयवासी प्रवेश घिमिरेले जानकारी दिए । कास्की–लमजुङ सिमानामा रहेको रुदी खोलामा बस खसेपछि अहिले प्रहरी चौकी भोर्लेटारबाट प्...
विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

विराटनगर जुट मिल पुनः सञ्चालनको तयारी, संग्रहालय पनि स्थापना हुने

मोरङ । विराटनगर जुट मिल बन्द भएको चार वर्षपछि पुनः सञ्चालनमा ल्याइने भएको छ । आधुनिक औद्योगिक र राजनीतिक क्रान्तिको उद्गम भूमिका रुपमा रहेको सो मिल व्यवस्थापन पक्षले आगामी मंसिरदेखि सञ्चालनमा ल्याउने तयारी गरेको हो । विसं १९९३ मा स्थापित यो जुट मिल मुलुकको पहिलो उद्योग हो । यो उद्योग स्थापना भएसँगै मोरङ–सुनसरी औद्योगिक करिडोरमा मात्रै होइन मुलुकका अन्य क्षेत्रमा समेत उद्योग स्थापनाको लहर च...
सिटीसँग रियलको लज्जासपद पराजय

सिटीसँग रियलको लज्जासपद पराजय

क्यालिफोर्निया । स्पेनिस तथा युरोपियन च्याम्पियन रियल म्याड्रिड इंग्ल्सि क्लब म्यान्चेस्टरसँग ४–१ गोलअन्तरले पराजित भएको छ । इन्टरनेसनल च्याम्पियन्स कप अन्तरगत अमेरिकाको लस एन्जलिस शहरमा भएको खेलमा सिटीले रियलमाथि सहज जित निकालेको हो । प्रिसिजन टुरमा रियलको यो दोस्रो हार हो । यसअघि रियल म्यान्चेस्टर युनाइटेडसँग पेनाल्टीमा पराजित भएको थियो । पहिलो हाफ गोलरहित बारबरीमा सकिएपछि दोस्रो हाफको शुरु...
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

काठमाडौं। बजारमा आज सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५४ हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन ५४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले महंगिएको छ । आज चाँदी प्रतितोला ७ सय ४५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
ह्याम्मरले हानेर श्रीमतीको हत्या

ह्याम्मरले हानेर श्रीमतीको हत्या

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–७ स्थित मालेबगरमा एक व्यक्तिले बुधबार ह्याम्मरले हानेर श्रीमतीको हत्या गरेका छन् । उनन्तीस वर्षीय कुमार राईले ह्याम्मरले हानेर ३५ वर्षीया श्रीमती बुद्धिमाया राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङले बताए । मोरङ मधुमल्ला गाउँपालिका–३ घर भई हाल विष्णुबहादुर विकको घरमा डेरा गरी बस्दै आएका राईले श्रीमतील...
कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला

कोशीमा बेपत्ता किशोर भारतमा मृत फेला

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ स्थित कोशी नदीबाट बेपत्ता भएका एक किशोर बुधबार भारतको कमलपुरमा मृत फेला परेका छन् । सप्तरीको हनुमानगर कंकालनी नगरपालिका–१४ बस्ने दिनेश मण्डलका १६ वर्षीय छोरा ललन मण्डल भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको कमलपुर भने ठाउँस्थित कोशी नदीको छेउमा मृत अवस्थामा फेला परेको सप्तरीको प्रहरी नायब उपरीक्षक यादवराज उप्रेतीले बताए । बेपत्ता भए लगत्तै उनलाई...
केराको फूल खाँदा भाग्छन् यी ८ रोग

केराको फूल खाँदा भाग्छन् यी ८ रोग

केराको बोटको सबै भाग काममा आउँछ । चाहे फूल होस वा डाँठ । सबै खान मिल्छ । यहाँसम्म कि केराको पातको प्रयोग खाना खानको लागि प्रयोग हुन्छ । केराको डाँठ पत्रिका बनाउन प्रयोग हुन्छ । केराको फूल खाँदा तपाईको धेरै रोग हटाउन सकिन्छ । जस्तै मधुमेह, डिप्रेसन एनिमियाबाट बचाउन यसले मद्दत गर्छ । त्यसलै केराको फुललाई दैनिक खानामा कुनै न कुनै रुपमा प्रयोग गर्नुहोस । जानी राखौ केराको फूलबाट कुन कुन रोग भगाउन स...
क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

क्यान्सर पीडित दुर्गा मायालार्इ मितेरी समाजको सहयोग

युएर्इ। मितेरी समाज युएर्इले क्यान्सर पिडित दुर्गामाया ठकुरीलार्इ आर्थिक सहयोग गरेको छ। बिगत लामो समय देखि ब्रेस्ट क्यान्सरले थलिएकी सिन्धुपाल्चोककी ठकुरीलार्इ एक लाख बयानब्बे हजार रूपैयाँ सहयोग गरेको हो। संस्थाका बरिष्ठ सल्लाहकार टिका श्रेष्ठ, सदस्यहरू जीत लामा, सरिता लामा, लोक दोहोरी गायक रमेश बाबु थापा तथा आशा फाउण्डेशन एच फोरका अध्यक्ष एवं ९पुर्ब प्रस्ताबित युएर्इको लागि राजदुत आशा लामाको टो...
बसको ढोकाबाट लडेर एकको मृत्यु

बसको ढोकाबाट लडेर एकको मृत्यु

मोरङ। विराटनगर–७ स्थित कोशी राजमार्गमा गएराति बसको ढोकाबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । विराटनगर बसपार्कबाट बरगाछीतर्फ जाँदै गरेको को १ ख ४५४२ नं को बसको ढोकाबाट लडेर नाम, थर नखुलेका अन्दाजी ३५÷४० वर्षीय पुरुषको मृत्यु भएको हो । बसबाट खसेर गम्भीर घाइते भएका उनको ग्रीनक्रस अस्पताल, विराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी नायब निरीक्षक दिनेशकुमार चौध...
हत्या अभियोगमा दश वर्षपछि पक्राउ परे प्रमेश बुढाथोकी

हत्या अभियोगमा दश वर्षपछि पक्राउ परे प्रमेश बुढाथोकी

चरिकोट ।  खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमोध ढुंगेलकाअनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो । तत्कालिन नेकपा (माओवादी)मा लागेर द्वन्द्वका समयमा आफ्ना ...
त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता

त्रिशूलीमा ट्रक खस्यो, चालकसहित सबै बेपत्ता

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ । बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो । ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल नजिकै पसलमा ख...
काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा चार युवक पक्राउ

काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा चार युवक पक्राउ

नुवाकोट। दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीकी एक महिलालाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घ्याङफेदीका २२ वर्षीय कुमार तामाङ, सोही स्थानका २५ वर्षीय अर्जुन तामाङ, २६ वर्षीय राजु तामाङ र झापा महाभाराका २१ वर्षीय इन्द्रलाल राजवंशी रहेका प्रहरी उपरीक्षक देवबहादुर बोहराले जानकारी दिए । घ्याङफेदीकी २४ वर्षीया महिलालाई काठमाडौँमा काममा ल...
प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा

प्रधानमन्त्रीको निर्देशन अवज्ञा, सिँचाइका ३७ कर्मचारी इटालीमा

  काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशन लत्याउँदै सिँचाइ मन्त्रालयका सचिवसहितको ‘जम्बो टोली’ तालिम तथा अवलोकन भ्रमणका लागि इटाली पुगेको छ । इटालीको टुसिया विश्वविद्यालयद्वारा आयोजित ‘सस्टेनेवल इरिगेसन विथ इम्फासिस् अन माउन्टेन इरिगेसन सिस्टम’ विषयक १४ दिने तालिम तथा अवलोकन कार्यक्रममा सहभागी हुन एकै मन्त्रालयका ३७ कर्मचारी त्यसतर्फ गएका हुन् । इटालीमा साउन ८ देखि सुरु उक्त ...
कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध, कहाँ कति अभाव ?

कर्मचारी अभावले स्थानीय तहको सेवा प्रवाह अवरुद्ध, कहाँ कति अभाव ?

काठमाडौं । स्थानीय तहहरूमा १६ हजार १६ कर्मचारीको अभाव छ । कर्मचारी नहुँदा कतिपय स्थानीय तहको सेवा प्रवाह नै अवरुद्ध भएको छ । ठूलो संख्यामा कर्मचारी अभाव भएपछि स्थानीय विकास मन्त्रालयले व्यवस्थापन गर्न बुधबार सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको छ । स्थानीय विकास मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ७ सय ४४ वटै स्थानीय तहमा तत्काल १६ हजार १६ कर्मचारी अभाव भएको बताए । सबै तहमा तत्काल प्रश...
बालविवाह रोक्न प्रहरीले सक्रियता बढायो, यो साता मात्रै दुई विवाह रोकियो

बालविवाह रोक्न प्रहरीले सक्रियता बढायो, यो साता मात्रै दुई विवाह रोकियो

चरिकोट । बढ्दै गएको बालविवाहलाई रोक्न दोलखा प्रहरी कडाइका साथ कानून कार्यान्वयनमा लागिपरेको छ । यो सातामात्रै जिल्ला प्रहरी कार्यालय दोलखाले दुईवटा बालविवाह रोकेको छ । दोलखाको बैतश्वर गाउँपालिका–६ मा भएका एक बालविवाह प्रहरीकै सक्रियतामा रोकिएको हो भने अर्को भीमेश्वर नगरपालिका–९ स्थित लाँकुरीडाँडामा भएको बालविवाह रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले भीमेश्वर नगरपालिका–९ मा १९ वर्ष...
संविधान संशोधनले पूर्णता नपाउने : बिजुक्छे

संविधान संशोधनले पूर्णता नपाउने : बिजुक्छे

नगरकोट । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले संविधान संशोधनले पूर्णता नपाउने बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले भने –‘संशोधनकोे विषय जति उठान गरे पनि अहिलेको अवस्थामा त्यसले पूर्णता पाउन सक्दैन् ।’ अध्यक्ष बिजुक्छेले आम नेपालीलाई नबुझाई सिंहदरबारको अधिकार गाउँगाउँमा भन्ने नारा जसरी नेपालका राजनीतिज्ञले लगाए, हाल यो नै सिंहदरबारका कर्मचा...
बन्चरो प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या

बन्चरो प्रहार गरी ३० वर्षीया श्रीमतीको हत्या

कलैया । कलैया उपमहानगरपालिकामा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । कलैया उपमहानगरपालिका– २४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरो प्रहार गरी श्रीमतीको हत्या गरेर श्रीकृष्ण फरार भएको र उनको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले बताए । कुन्तीदेवीको शव जिल्ला अस्पताल कलैयामा राखिएको छ । रासस
बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

बालिकालाई भारतमा लगेर बेच्ने नौ वर्षपछि पक्राउ

नुवाकोट । जिल्लाको घ्याङफेदीकी एक बालिकालाई भारतमा लगेर बेचेको आरोपमा नौ वर्षपछि दुप्चेश्वर–१ घ्याङफेदीका ४४ वर्षीय मानबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको किटानी जाहेरीपछि तामाङलाई दुई दिनअघि आफ्नै घरबाट प्रहरीले पक्राउ गरेर आज जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गरिएको हो । काठमाडौँ काममा लगाइदिने भन्दै तामाङले २०६५ साल वैशाखमा सोही स्थान निवासी ११ वर्षीय ती बालिकालाई बिक्री गरेको ...
कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

कपडाको अवैध व्यापार गर्ने तीनजना पक्राउ

इटहरी । सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ ...
रड प्रहार गरी २५ बर्षिया श्रीमतीको हत्या

रड प्रहार गरी २५ बर्षिया श्रीमतीको हत्या

सुनसरी। सुनसरीको कोशी गाउँपालिका-१ मा आज बिहान रड प्रहार गरी श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्। कोशी गाउँपालिका ६ घर भई हाल सोही गाउँपालिका १ स्थित राजा पोखरीको क्वार्टरमा बसेर चौकीदार काम गर्दै आईरहेका ३० बर्षिय राम कुमार यादवले आफ्नै श्रीमती २५ बर्षिया संगिता यादवलाई रड प्रहार गरी हत्या गरेका हुन्।
लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

लमजुङमा आज हलोक्रान्ति दिवस मनाइँदै

लमजुङ। लमजुङको दुराडाँडामा बुधबार ६८ औँ हलो क्रान्ति दिवस मनाइँदैछ । हलोक्रान्ति दिवसको अवसरमा दुराडाँडाको अर्चल्यानीमा हलोक्रान्ति नेपाल तथा तोयानाथ स्मृति प्रतिष्ठानले साहित्यिक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ । ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो । २००६ स...
मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

मुक्त हलिया कार्यक्रमको रकम फ्रिज

हुम्ला । मालपोत कार्यालय हुम्लामा आएको अख्तियार प्राप्त आव २०७३÷०७४ को रु १८ करोड ५१ लाख रकममध्ये खर्च हुन नसकी रु एक करोड १९ लाख फ्रिज भएर गएको छ । मालपोत कार्यालयका प्रमुख लालप्रसाद ढकालका अनुसार यहाँ सञ्चालित मुक्त हलिया पुनःस्थापना कार्यक्रममा घर निर्माण र जग्गा खरिद मर्मत ‘क’ वर्गको जग्गा खरिद र घर निर्माण समेत ५५ जनालाई प्रतिव्यक्ति रु दुई लाखका दरले र ‘ख’ वर्ग घर मर्मत एक हजार १०० जनालाई...
पाँच थान भरुवा बन्दुक बरामद

पाँच थान भरुवा बन्दुक बरामद

दाङ । प्रहरीले दाङबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी चंवाबाट प्रहरी सहायक निरीक्षक नरबहादुर खडकाको नेतृत्वमा गएको गस्ती टोलीले राजपुर गाउँपालिका–७ भित्री सिक्टा जाने बाटोको जंगल क्षेत्रमा उक्त बन्दुक बरामद गरिएको दाङका प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । छ÷सातजना अज्ञात व्यक्तिले एक नाले भरुवा बन्दुक बोकेर जंगलतर्फ हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज...
श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

श्रीमतीसँगको झगडापछि सेती नदीमा हाम फाली बेपत्ता

पोखरा । श्रीमतीसँगको झगडापछि एकजना पुरुष मंगलबार साँझ पोखरा–लेखनाथ महानगरपालिका–११ रामघाटस्थित सेती नदीमा हाम फाली बेपत्ता भएका छन् । सधैँ मादक पदार्थ सेवन गरी घर आउने गरेका झापा घर भई सो ठाउँमा मजदुरी काम गर्दै आएका वर्ष ४५ का प्रकाश सापकोटा नदीमा हाम फाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले जानकारी दिए । कोठामा श्रीमतीसँग झगडा भएपछि नुहाउन जाउँ ...
सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५४ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
भाइरल ज्वरोका बिरामी बढ्न थाले

भाइरल ज्वरोका बिरामी बढ्न थाले

  पाल्पा । पाल्पाका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् । वर्षायाम शुरु भएसँगै जिल्लाका विभिन्न अस्पताल, क्लिनिकमा भाइरल ज्वरोका बिरामी दिनहुँ बढ्दो अवस्थामा रहेको जिल्ला जनस्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । एक हप्ता अघिदेखि जिल्लाका विभिन्न अस्पतालमा दैनिकजसो ३० देखि ४० जना जति भाइरल ज्वरोका बिरामी आउने गरेको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी माधवप्रसाद ज्ञवालीले ...
पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

पोखरा र वुटवलमा रुचाइएको ‘प्रेमगीत २’, प्रदिपको लोभलाग्दो क्रेज

‘प्रेमगीत २’ रिलिज हुन अब दुइ दिन मात्र बाँकी छ । यसलाई, चलचित्रको रिलिजको उल्टो गणना सुरु भएको भन्न सकिन्छ । चलचित्र रिलिजको २ दिन मात्र बाँकी रहँदा यसको सकारात्मक प्रतिक्रिया आउन थालेको छ । मोफसलका दुइ शहरमा चलचित्रको विशेष शो गरिएको छ । नेपाली चलचित्रका लागि दोश्रो ठूलो बजारको रुपमा रहेको पोखरा र चौथो ठूलो बजारको रुपमा रहेको वुटवलमा चलचित्र देखाइएको हो । क्यूएफएक्स पोखरा र भ्यूज बुटवलम...
नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो

नेपाली सेनाद्वारा एकहजार १०० बिरुवा रोपियो

पोखरा । नेपाली सेनाको ‘गो ग्रिन अभियान’ अन्तर्गत सिद्धिबक्स गण फूलबारीको आयोजनामा आज पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल परिसर र सेती दोभानमा एक हजार १०० बिरुवा रोपिएको छ । कार्यक्रममा पश्चिम पृतनापति उपरथि जगदीशचन्द्र पोखरेलले वातावरणलाई स्वच्छ र हराभरा बनाउन वृक्षारोपण अपरिहार्य भएको बताए । उनले बिरुवा रोप्नु मात्र ठूलो काम नभएको बताउँदै त्यसको संरक्षण गर्न सकेमा नै वृक्षारोपणले सार्थकता प...
तीन बालबालिकाको मृत्यु प्रकरण : अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

तीन बालबालिकाको मृत्यु प्रकरण : अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित

भोजपुर । भोजपुरको अरुण गाउँपालिकामा–३ प्याउलीमा गत असार १२ गते बिहान मृत अवस्थामा भेटिएका तीन बालबालिकाको घटनाको अनुसन्धान ढिला भएको भन्दै स्थानीय आन्दोलित भएका छन् । स्थानियले अनुसन्धानको प्रक्रियामा ढिलाइ भएको भन्दै गत शनिबार चक्काजाम गरेका थिए भने मंगलबार अरुण गाउँपालिकाभित्रका सबै कार्यालय ठप्प बनाएका हुन् । पीडित परिवारलाई क्षतिपूर्ति, दोषीलाई तत्काल पक्राउ गरी कारबाहीलगायतका मागसहित स्था...
किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।
रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

रोल्पामा ४८ किलोमिटर मात्र पक्की सडक

रोल्पा। विकासमा पछाडि परेको रोल्पामा शान्ति प्रक्रियासँगै विकास गतिविधिले तीव्रता पाएको भनिए पनि जिल्लामा अझै आधा दर्जन साविक गाविससम्म यातायातका साधन चल्दैनन् भने दुईवटा गाविस अझै सडक सञ्जालमा जोडिएका छैनन् । जिल्लामा ४८ किलोमिटर सडक मात्रै पक्की रहेको छ । जिल्ला सदरमुकाम लिवाङ–चकचके सडकखण्डको लिवाङ–खुग्री ३९ किलोमिटर, लिवाङ–सिमलवाङ सात किलोमिटर र होलेरी–स्वर्गद्धारी दुई किलोमिटरसमेत गरी ४८ कि...
error: Content is protected !!