आपराधिक घटनामा संलग्न छ जना पक्राउ

आपराधिक घटनामा संलग्न छ जना पक्राउ

रत्ननगर (चितवन) । चितवनका विभिन्न क्षेत्रमा आपराधिक घटनामा संलग्न छ जनालाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहार गरेको आरोपमा दुई जना र गाँजा खाएर प्रहरीमाथि नै हातपात गर्ने चार जना गरी छ जनालाई पक्राउ गरिएको चितवनका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभयो । यही जेठ १२ गते नारायणगढका २८ वर्षीय विजय भुजेललाई धारिलो हतियार प्रहार गरेर फरार हुँदै आएका भरतपुर–१ का २७ वर्षीय राज...
माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

माओवादी प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुरको मतगणनास्थलमा तनाव

चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ । मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । राति पौने १२ बजे उनीहरुले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । न्यौपानेलाई प्रहरील...
भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

भूकम्पबाट क्षतिग्रस्त आठ लाखमध्ये चौवालिस हजार घरको पुनःनिर्माण सुरु

काठमाडौ। भूकम्पले क्षति भएका आठ लाखमध्ये ४४ हजार ४५७ घरको पुनःनिर्माण सुरु भएको छ । अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षण आव २०७३÷७४ मा १७ हजार २४० लाभग्राहीले आफ्नो घर आफैँ निर्माण गरेको उल्लेख छ । पहिलो किस्ताको रु ५० हजार लिएका पाँच लाख ३३ हजार ६९१ लाभग्राहीमध्ये २५ हजार २६८ ले घरको जग निर्माण गरी दोस्रो किस्ताको रु एक लाख ५० हजार माग गर्दै निवेदन दिएका छन् । यसमध्ये सात हज...
अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

अत्याधिक वर्षाले उत्पादित सागपातमा क्षति

काभ्रे । अत्याधिक वर्षाका कारण साविक उग्रचण्डी नाला हाल बनेपा नगरपालिका– ३ र ४ मा उत्पादित सागपातको उचित मूल्य नपाउँदा यहाँका किसान निरास भएका हुन् । उत्पादित सागपातमा पानीले क्षति पु¥याएका कारण किसानले उचित मूल्य नपाएका हुन् । लगातारझरिका कारण उत्पादन बढेपनि पानीले सागपात नै कुहिने अवस्थामा पुगेको स्थानीय सरस्वती बजगाईंले बताउनुभयो । आफूले लगाएको सागतपातमध्ये काउली र बन्दामा पानीले अत्याध...
सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

सगरमाथा आरोहीको गाउँमा मोबाइल सेवा

काठमाडौ । सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखाको बेदिङमा नेपाल टेलिकमले जिएसएम मोबाइल सेवा सञ्चालन गरेको छ । सगरमाथा आरोही फिन्जो शेर्पाको प्रयासमा थालिएको उक्त सेवाबाट गौरीशङ्कर, नागुन र खेल्चाका ५०० सर्वसाधारणका साथै पर्यटक लाभान्वित भएका छन् । जिल्लाको अति विकट उक्त गाउँमा दूरसञ्चार सेवा प्रारम्भ भएपछि सर्वसाधारणलाई सञ्चार सम्पर्क कायम गर्न सहज भएको छ ।
धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तार तीव्र

बागलुङ । धवलागिरि क्षेत्रमा मोबाइल सेवा विस्तारले तीव्र गति पाएको छ । पुरानो सेवामा समेत गुणस्तर वृद्धि गरिएको नेपाल टेलिकम बागलुङ शाखाले जनाएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका सबै ठाउँमा सेवा पुग्ने गरी काम अघि बढेको हो । यस क्षेत्रमा रहेका ८६ वटा ‘जिएसएम, बिटियस’ टावरलाई बढाएर चालु आवभित्र १२० पु¥याउने लक्ष्य छ । सेवा नपुगेका र कमजोर ‘नेटवर्क’ भएका ठाउँमा प्राथमिकत...
पेस्तोलसहित पक्राउ

पेस्तोलसहित पक्राउ

धनुषा। जनकपुरमा एक हतियारसहित एक युवक आज पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका– १० स्थित अप्सरा होटल एन्ड गेष्ट हाउसबाट वीरगन्ज उपमहानगरपालिका– १९ बस्ने २२ वर्षीय सुरज साह सोनार एक थान पेस्तोलसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनका साथबाट पेस्तोल, म्याग्जिन र मोबाइल एक एक थान तथा पेस्तोलमा लाग्ने गोली चार थानलगायत सामग्री बरामद भएको प्रहरी उपरीक्षक लालमणि आचार्य...
हामी दलितको मुक्ति कहिले हुनेःउपाध्यक्ष सुनार

हामी दलितको मुक्ति कहिले हुनेःउपाध्यक्ष सुनार

जुम्ला। राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष गोर्खबहादुर सुनारले ‘समग्र दलितको मुक्ति कहिले’ भन्दै सरोकारवालामाझ प्रश्न तेस्र्याउनु भएको छ । राष्ट्रिय मानवअधिकार आयोगको १७ औं स्थापना दिवसका अवसरमा आयोजित अन्तक्र्रियामा सहभागी न्याय क्षेत्रका पदाधिकारी सामु उहाँले ब्राम्हणवादबाट पिल्सिएका हामी दलितको मुक्ति कहिले हुने हो भन्नुभयो । उपाध्यक्ष सुनारले भन्नुभयो, “चन्दननाथ नगरपालिका–...
पसलमा भीषण आगलागी

पसलमा भीषण आगलागी

खजुरा (बाँके) । नेपालगन्ज –२ स्थित धम्बोजी चोक नजिक रहेको एक फर्निचर पसलमा आज बिहान भीषण आगलागी भएको छ । करिब ९ बजे श्रेया इन्टरप्राइजेजमा भएको आगलागी नेपालगन्ज र कोहलपुरका दमकल, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पङ्कज श्रेष्ठले सञ्चालन गरेको गलैँचा, फर्निचरलगायतको पसलमा भएको आगलागीबाट आसपासका होटल तथा अन्य पस...
नेकपाका पाँच पक्राउ

नेकपाका पाँच पक्राउ

इलाम। निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा नेकपाका थप दुई कार्यकर्तालाई प्रहरील माई नगरपालिकास्थित दानाबारीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा देउमाई नगरपालिका–९ का ३२ वर्षीय झरेन्द्र बराल र ८ का २७ वर्षीय अटल भनिने दिलीप बराल रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । निर्वाचन विरोधी क्रियाकलाप गरेको आरोपमा प्रहरीले नेकपाका तीन कार्यकर्तालाई एक साताअघि पक्राउ गरेको प्रहरी उपरीक्षक सुशील...
राजधानी सहरको सपना पूरा होस्ः साझा पार्टी

राजधानी सहरको सपना पूरा होस्ः साझा पार्टी

काठमाडौ । साझा पार्टीले काठमाडौँ महानगरपालिका प्रमुख र उपप्रमुखका लागि उम्मेदवारी दिनुभएका क्रमशः किशोर थापा र निरूपमा यादवलाई विश्वास गर्ने मतदातालाई धन्यवाद दिएको छ । पार्टी निर्माणको प्रक्रिया सुरु गरिएको छ हप्तामै कहीँ कतै सङ्गठन निर्माण नगरी उम्मेदवारी दिँदा पनि कडा प्रतिस्पर्धामाझ दुवै उम्मेदवार तेस्रो–चौथो स्थानमा आउनु मतदाताले साझा पार्टीलाई भरपर्दो विकल्पका रूपमा लिइएको तथ्यको स्पष्ट...
प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो, बार्षिक आम्दानी ८८ हजार ७ सय ८५ रुपैयाँ

प्रतिव्यक्ति आम्दानी ८ सय ६२ डलर पुग्यो, बार्षिक आम्दानी ८८ हजार ७ सय ८५ रुपैयाँ

काठमाडौं । आम नेपालीको प्रतिव्यक्ति आम्दानी बढेर ८ सय ६२ अमेरिकी डलर पुगेको अनुमान गरिएको छ । आज संसदमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री कृष्ण बहादुर महराले यस्तो जानकारी दिएका हुन् । एक नेपालीको बार्षिक आम्दानी १० हजार ८ सय १५ रुपैयाँले बढेको हो। यस्तो आम्दानी बार्षिक ८८ हजार ७ सय ८५ रुपैयाँ पुगको छ। गत वर्ष प्रतिव्यक्ति नेपाली आम्दानी ७ सय ५७ डलर रहेको थियो । त्यस्तै, चालु ...
ओली भन्छन-वर्तमान सरकार हात्ती र राजपा माउते जस्तै हुन

ओली भन्छन-वर्तमान सरकार हात्ती र राजपा माउते जस्तै हुन

पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलेसरकार राष्ट्रिय जनता पार्टी (राजपा) बाट नियन्त्रित र निर्देशित रहेको आरोप लगाएका छन् । प्रतिपक्ष एमाले भने अहिले सरकार जस्तो भएको दाबी गरे । प्रेस चौतारी कास्कीले आइतबार विहान पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रको वर्तमान गठबन्धन सरकार राजपाबाटै सञ्चालित भएको आरोप लगाए । सरकारलाई हात्ती र राजपालाई माउतेको स...
काठमाडौं महानगरपालिकामा एमाले बिजयी

काठमाडौं महानगरपालिकामा एमाले बिजयी

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत प्राप्त गर्नुभएको छ । दुईसातादेखि जारी मतगणना सम्पन्न भएपछि राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत जितेन्द्र अधिकारीले मतपरिणाम घोषणा गर्नुभएको हो । यसैगरी उपप्रमुख पदमा नेपाली काँग्रेसका हरि...
नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

नुवाकोटमा मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते

नुवाकोट। तादी गाउँपालिका–४ सुन्दरादेवीमा गएराति मिनीट्रक दुर्घटना हुँदा नौजना घाइते भएका छन् । घाइतेमध्ये चारको अवस्था गम्भीर छ । लाङ्टाङ राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नारायणदल गणको पोष्ट निर्माण गर्न कामदार र निर्माण सामग्री बोकेर उर्लेनी जाँदै गरेको बा३ख ६९६८ नं को मिनीट्रक सुन्दरादेवीको बाघमारामा दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा मिनीट्रक चालक सुन्दराद...
हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु

हवाई आक्रमणमा एकसय बीस आइएस लडाकुको मृत्यु

दमास्कस (सिरिया)। सिरियाको राका र पालमिरा क्षेत्रमा रसियाली हवाई आक्रमण हुँदा कम्तीमा १२० इस्लामिक स्टेट (आइएस) समूहका लडाकुको मृत्यु भएको राज्य सञ्चालित साना न्यूज एजेन्सीले जनाएको छ । रसियाली युद्धक विमानले आइएस लडाकुका उत्तरी सहर राकाबाट पालमिरालाई लडाकू र सामान लिएर गुडेका गाडीका समूहलाई लक्षित गरेर भएका आक्रमणमा १२० जनाको मृत्यु भएको बताइए पनि हवाई आक्रमण कुन समयमा गरिएको थियो भन्नेबारे ...
२०७४ जेठ १४ गते आईतबारको राशिफल

२०७४ जेठ १४ गते आईतबारको राशिफल

मेष–    कुनै नयाकामको स्रोत फेला पर्ने दिन छ, जागिरमा भने समस्या देखा पर्ने देखिन्छ । वृष–    आज तपाइको सोच्दै नसोचेको ठाउमा धन जादैछ सामान्य रोगले पनि सताउने छ होसियार रहनु होला । मिथुन–    विचारले धेरैलाई आकर्षण गर्ने समय छ, ुसाथै ब्यापार ब्यावसायबाट राम्रो लाभ पनि लिन सकिन्छ । कर्कट–    काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ, दिन रमाइलो साथ बित्नेछ । सिंह–    बोलीको प...
अरिङ्गालले टोकेर एकको मृत्यु

अरिङ्गालले टोकेर एकको मृत्यु

दमौली। तनहुँको व्यास नगरपालिका–१४ स्थित छाव्दी नजिकै आज अरिङ्गालले टोकेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५९वर्षीय नरबहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । अरिङ्गालले टोकेर गम्भीर घाइते भएका परियारको दमौली अस्पतालमा उपचार हँुदाहँुदै दिउँसो ४ बजे मृत्यु भएको हो । अत्यधिक मादक पदार्थ सेवन गरेर घरतिर गइरहेका परियारलाई बाटोमा ५०÷६० वटा अरिङ्गालले टोकेर गम्भीर घाइते बना...
निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटाइने

निर्वाचनमा सुरक्षाकर्मीबाहेक करिब एक लाख कर्मचारी खटाइने

काठमाडौ। निर्वाचन आयोगले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाकर्मीबाहेक एक लाखको हाराहारीमा कर्मचारी खटाउन लागेको जानकारी दिएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दोस्रो चरणको निर्वाचनको सबै प्रकारको तयारी पूरा भएको जानकारी दिँदै सुरक्षाकर्मीबाहेक ९५ हजार ९३१ कर्मचारी खटिने बताउनुभयो । चार सय ६१ स्थानीय तहमा हुने दोस्रो चरणमा हुने निर्वाचनमा छ हजार ७१८ वटा मतदानस्थल र ११ हजार ९३१ ...
‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

‘मेरो मधुशाला’ उपन्यास समाजको सजीव चित्रण

काठमाडौ। साहित्यकार गगनसिंह थापाको चौंथो कृति ‘मेरो ‘मधुशाला’ उपन्यासले समाजमा मद्यपानले पारेको प्रभावको सजीव चित्रण रहेको टिप्पणी साहित्यकारले गरेका छन् । आज यहाँ आयोजित ‘मेरो ‘मधुशाला’ उपन्यास सार्वजनिकिकरण एवम् अन्तरसंवाद कार्यक्रममा समीक्षकहरुले मध्य र सुदूरपश्चिमको समाज, भाषा, संस्कृति र सभ्याताको चित्र उपन्यासमा भेटिने बताए । उनीहरुले उपन्यास भाषा र साहित्यका दृष्टिले उत्कृष्ट रहेको बताए...
साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

साताको सेयर बजार : दुर्ई अर्ब ६९ करोडको कारोबार

काठमाडौ। धितोपत्र बजारमा दुई अर्ब ६९ करोड १९ लाख ४८ हजार बराबरको सेयर कारोबार भएको छ । यही जेठ पाँच गतेदेखि दश गतेसम्म ४५ लाख ६७ हजार ९० कित्ता सेयर खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्ज लिमिटेडले जानकारी दिएको छ । कारोबार रकम गत साताको भन्दा ४.२७ प्रतिशत बढी रहेको छ । गत साता १५५ कम्पनीको रु दुई अर्ब ५८ करोड १७ लाख ८७ हजार बराबरका ८३ लाख २६ हजार दुई २२० कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको...
सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम

सालकको संरक्षण गर्न कृषकलाई तरकारीखेती तालिम

  बनेपा । लोपोन्मुख सालकको संरक्षण गर्न काभ्रेपलाञ्चोकको दुई सामुदायिक वन उपभोक्ता समितिका उपभोक्तालाई आज पाँचखालमा व्यावसायिक तरकारीखेती सम्बन्धी तालिम दिइएको छ । तरकारी खेतीमा आउने धमिरा तथा कमिला सालकको आहारा भएकाले व्यावसायिक तरकारी खेतीको माध्यमबाट सालकको बासस्थान सुरक्षित गर्न सकिने विश्वास कृषकले गरेका छन ्। उनीहरुले भनेका छन् – कृषिका लागि शत्रुजिव मानिएका धमिरा र कमिला खाएर ...
कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

कर्मचारीको लगानीमा जलविद्युत् आयोजना बनाउने प्रस्ताव

काठमाडौ। निजामती कर्मचारीले न्यूनतम रुपमा ५०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउने प्रस्ताव गरेका छन् । निजमती कर्मचारीको क्षमता विकास तथा उनीहरुको आर्थिक समृद्धिको लागि समेत उपयुक्त माध्यम भनेकै पछिल्लो दिनमा जलविद्युत् रहेको भन्दै कर्मचारीले सो प्रस्ताव गरेका हुन् । नेपाल निजामती कर्मचारी सङ्घले कर्मचारीको लगानीमा न्यूनतम ५०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउन दिन र त्यसको नीति...
करेन्ट लागेर बालकको मृत्यु

करेन्ट लागेर बालकको मृत्यु

म्याग्दी । मङ्गला गाउँपालिका–२ बाबियाचौरमा करेन्ट लागेर आज एक बालकको ज्यान गएको छ । खिमबहादुर घर्तीका दुई वर्षीय छोरा नवीनको बिजुलीको तारसँग अचानक सम्पर्कमा आउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर उनीसँगै खेल्दै गरेका बेनी नपा–५ घर भई दिदीको घरमा गएका ११ वर्षका हिमाल किसानसमेत घाइते भएका छन् । खेलौना बिजुलीको तारमा अल्झिएपछि निकाल्ने क्रममा उनीहरुलाई करेन्ट लागेको थियो ।...
नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

नवनिर्वाचित नगरप्रमुखद्वारा रक्तदान गरी शुभारम्भ

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मदनसुन्दर श्रेष्ठले आज यहाँ आयोजित रक्तदान कार्यक्रमको आफैले रक्तदान गरी शुभारम्भ गर्नुभयो । कार्यक्रममा उहाँले यस नगरपालिकाको विकास र नगरलाई समृद्ध बनाउने अभियानमा लागिसकेको बताउँदै आगामी पाँच वर्षमा नगरको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । नेकपा एमाले मध्यपुरथिमि नगर समितिले थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा आयोजना गरेको रक...
पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन

पहिलो चरणको निर्वाचनबारे संसदीय छानविन समिति गठन

काठमाडौ। व्यवस्थापिका संसद्को आजको दोस्रो बैठकले पहिलो चरणको स्थानीय तहको निर्वाचनमा धाँधली भएको भन्ने सम्बन्धमा सत्य तथ्य बुझी प्रतिवेदन पेस गर्न पाँच सदस्यीय संसदीय छानविन विशेष समिति गठन गरेको छ । प्रमुख तीन दलका शीर्ष नेताबीच आज बिहान भएको सहमतिपछि संसद् सुचारु भएसँगै सो प्रस्ताव पेस भएको हो । समितिमा नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी, नेकपा (एमाले) का राजेन्द्रप्रसाद पाण्डे, नेकपा (मा...
विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

विमान दुर्घटनामा चालकको मृत्यु, दुईजना घाइते

सल्लेरी (सोलुखुम्बु) ।काठमाडौंबाट लुक्लाको लागि उडेको ९एन–एकेवाई गोमा एयरको जहाज खराब मौसमका कारण खुम्बु पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला विमानस्थलमा अवतरण गराउने क्रममा शनिबार दिउँसो धावन मार्गबाट करिब २० मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका चालक दलका क्याप्टेन पारसकुमार राईको पासाङल्हामु निकेल निकील अस्पताल लुक्लामा उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सह–...
दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

दोस्रो चरणको निर्वाचनमा पनि ठुलो पार्टी हुने अध्यक्ष ओलीको दाबी

काठमाडौ। तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका सहमहामन्त्री एवम् मुस्लिम विभागका प्रमुख समिम मियाँ अन्सारीसहित विभिन्न पार्टीका नेता कार्यकर्ता आज नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालले उहाँहरुलाई पार्टी प्रवेश गराउनुभयो । कार्यक्रममा अध्यक्ष ओलीले अब मुलुकको नेतृत्व गर्ने शक्ति नै आफ्नो पार्टी भएकाले दोस्...
काठमाडौ महानगरमा अठार हजार मतले एमाले अगाडि

काठमाडौ महानगरमा अठार हजार मतले एमाले अगाडि

काठमाडौ। काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४...
पोखरा–लेखनाथ महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

पोखरा–लेखनाथ महानगर प्रमुख, उपप्रमुखसहित एमाले २२ र काँग्रेस ११ वडामा विजयी

पोखरा। पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् । एमालेका तर्पmबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले सात वडामा समूह र चार वडामा वडाध्यक्ष जितेको छ । ...
अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुरमा विवाद, रोकियो गणना

अर्धकट्टीसहितको मतपत्र भेटिएपछि भरतपुरमा विवाद, रोकियो गणना

 काठमाडौं । भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो । वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् । भरतपुरको जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी...
error: Content is protected !!