प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडमा एमाले र माओवादी केन्द्रबीच सहमति
काठमाडौँ, १४ माघ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच प्रदेश सरकार र प्रदेश व्यवस्थापिकाको नेतृत्व बाँडफाँडका विषयमा सहमति भएको छ ।
एमालेको संसदीय दलको कार्यालयमा पार्टी एकता संयोजन समितिद्वारा गठित कार्यदलको आज बसेको बैठकले दुई पार्टीबीच प्रदेशको मुख्यमन्त्री र प्रदेश सभामुख पदको साझा उम्मेदवारी दिने सहमति गरी संयोजन समितिसमक्ष सुझाव पेश गरेको हो ।
कार्यदलका सदस्य तथा एमाले नेता सु...



























