नेपाली लोकसाहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी सम्पन्न
पोखरा, ५ चैत। नेपाली लोकसाहित्य समाजबाटै हराउँदै गएको चासो र चिन्ता बढिरहेका अवस्थामा पृथ्वीनारायण क्याम्पस नेपाली विभागको आयोजनामा पोखरामा आयोजित दुईदिने नेपाली लोक साहित्यको अन्तर्राष्ट्रिय सङ्गोष्ठी आइतबार यहाँ सम्पन्न भयो ।
समाजको सामूहिक अभिव्यक्तिका रुपमा लिइने लोकसाहित्यले मानिसलाई नैतिकताको बोध गराउँदै राष्ट्रिय एकताको भावना जगाउने काम गर्ने भए पनि पछिल्लो समयमा लोप हुँदै गएको वास्तविक...































