काठमाडौं, ७ वैशाख । काठमाडौंबाट बिहीबार राति ९ः४५ बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न खोजेको मालिन्दो जहाजलाई दुर्घटनास्थलबाट धावनमार्गमा निकालिएको  छ । हिजाे रातीदेखि अवरुद्ध अन्तर्राष्ट्रिय, आन्तरिक उडान केही बेरमा शूचारु गरिने भएको छ ।
मालिन्दो एयर, बि. ७३७ (९००  सिरिज, उडान नम्बर ओडि १८१, रजिस्ट्रेसन नम्बर ९ यम. यलयनजे‌) काे ककपिटको स्कृनमा समस्या देखिएपछि पाइलटले उड्नका लागि धावन मार्गमा गुडिसकेको जहाज आकस्मिक रुपमा रोक्ने प्रयास गरेका थिए ।  फलस्वरूप जहाज रन वेबाट चिप्लिएर ४० मिटर अगाडि गएर धस्सियो । 
चालक दलका सदस्य सहित १३९ जना यात्रु सकुशल रहन सफल भए । जहाज दुर्घटनाको कारण बारे छानविन पछि मात्र भन्न सकिने विमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री जानकारी दिए ।  अहिले जहाजलार्इ दुर्घटना स्थलबाट निकाल्ने नेपाल सेनाका ७०, नेपाल प्रहरी ३० नेपाल वायुसेवा निगमका ३० जना कर्मचारी खटिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!