लिस्बन (पोर्चुगल), ९ वैशाख। युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ ।

Advertisement

भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती मनाउन लागिएको पर्यटनदूत रमेशकुमार गुरुङले जानकारी दिनुभयो । ‘‘बुद्धको बारेमा विदेशीलाई जानकारी दिने र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश दिने हाम्रो मूल अभिप्राय हो’’– पर्यटनदूत गुरुङले भन्नुभयो ।

गुरुङका अनुसार यही वैशाख १७ गते राजधानी लिस्बनमा बृहत् शोभायात्रा गरिने भएको छ । नेपाली बाजागाजा, बुद्धका मूर्ति, बुद्ध अंकित तस्बीर, प्लेकार्ड, ब्यानर, नेपालको राष्ट्रिय झण्डा र सांस्कृतिक झाँकीसहित शोभायात्रा गरिनेछ । ¥यालीमा पोर्चुगलमा रहेका नेपाली, लामा, स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता रहने बताइएको छ ।

रोसियोस्थित समुन्द्र किनारबाट शोभायात्रा शुरु भई मुख्य सडकहरु परिक्रमा गरी मार्तिममुनिज पार्कमा आएर समापन हुनेछ । ¥यालीपश्चात् सिन्डिकेट हलमा धर्म गुरुद्वारा बुद्धको पुजापाठ गरिने गुरुङले बताउनुुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!