काठमाडौं, १० वैशाख । दुबईबाट अवैधरूपमा भित्रिएको ३३ किलो सुनको भरियाका रूपमा रहेका सनम शाक्यको हत्यापछि प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा पूर्वडीआईजी गोविन्द निरौलालाई पक्राउ गरेको छ।

Advertisement

उक्त सुन काण्डको अनुसन्धान गरिरहेका गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको टोलीले पँर्वडीआईजी निरौलालाई नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएपछि उनी पक्राउ परेका हुन्।

अनुसन्धान टोलीले छानविनका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत पँर्वडीआईजी निरौला सुन तस्करबीच पटकपटक सम्पर्कमा रहेको र विमानस्थलबाट सुन पास गराउन भूमिका खेलेको निष्कर्ष निकालेको थियो।

गत माघको अन्तिम साता नेपाल भित्रिएको उक्त सुनका मालिक हुन् चँडामणि उप्रेती। उप्रेतीले नेपालका सबै सुरक्षा निकायलाई सेटिङ गरेपछि उक्त सुन नेपाल भित्रिएको थियो। उक्त सुनको भरियाका रूपमा रहेका शाक्यलाई सुन गायब बनाएको अभियोगमा उप्रेतीका मान्छेले चरम यातना दिएर हत्या गरेका थिए।

उनको हत्यापछि प्रहरीले छानविन गर्ने क्रममा पँर्वप्रहरी महानिरीक्षक प्रकाश अर्यालको समेत संलग्नता रहेको आशंका गरेको छ। छानविन समितिले उक्त सुन काण्डमा संलग्न रहेका भनिएका पँर्वआईजीपीका बारेमा समेत अनुसन्धान शुरू गरेको छ।

प्रहरीले उक्त काण्डमा संलग्न रहेको अभियोगमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण पन्थीलाई प्रधान कार्यालय तानेर छानविन शुरू गरेको छ।

उक्त काण्डमा संलग्न रहेको अभियोगमा प्रहरीले आरके ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्यलगायतलाई पक्राउ गरी कारबाही अगाडि बढाएको छ। प्रहरीले उक्त सुन प्रकरणमा अहिलेसम्म ४० जनालाई पक्राउ गरेको छ। उक्त सुन काण्डमा संलग्न रहेको आशंकामा प्रहरीले ३८ जनाको सम्पत्ति रोक्का गरेको छ भने २२ जनालाई फरारको सँचीमा राखेर खोजी गरिरहेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!