एजेन्सी

करण जौहर एकाएक विवादमा तानिएका छन् । निर्माता, निर्देशक, कलाकार तथा एङ्कर समेत रहेका करणले एक लाइभ शोमा बलिउड हिरोइन विद्या बालनलाई सेक्सपछि के खान्छ्यौ भनेर प्रश्न गरेपछि बलिउडमा नयाँ तरंग सिर्जना भएको छ ।

Advertisement

करणको कार्यक्रम ‘करण कलिङ’मा विद्याले आफ्नो बेडरुमका धेरै गोप्य कुराहरु खुलासा गरिन्। करणले विद्यासँग बेडरुमका विषयमा रेपिड फायर सुरु गरे । यस क्रममा उनले बेडरुममा बत्ती बाल्न या निभाउन मन पर्छ भनेर सोध्दा विद्याले आफूलाई मधुरो बत्ती मन पर्ने बताइन् ।

साथै करणले सोधे ‘बेडरुममा म्युजिक वा क्यान्डिल ?’ यसको जवाफमा विद्यालय हाँस्दै भनिन् ‘दुवै ।’ त्यसपछि करणले सोधे ‘बेडसिट कटन वा सिल्क ?’ विद्यालय जवाफ दिइन् – कटन ।

लगत्तै करणले सोधे यौन सम्पर्कपछि के ? चकलेट, ग्रीन टी वा अर्को एक राउण्ड ? विद्याले जवाफ दिइन्– पानी । यी र यस्तै प्रश्नका कारण करण जोहर विवादमा तानिएका हुन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!