- ईश्वर थापा/संगालोखबर

धनकुटा, २४ बैशाख । प्रहरी प्रधान कार्यालयले धनकुटाका प्रहरी उपरीक्षक (एसपी) सुदिप राजभण्डारीसहित ७९ प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।

प्रहरी उपरिक्षक राजभण्डारी सरुवा भएर संघीय प्रहरी इकाई कार्यालय बाग्मती जाने भएका हुन् । २०७३ मंसिर ५ गते सरुवा भएर उनी धनकुटामा आएका थिए ।

Advertisement
जिल्ला प्रहरी कार्यालय धनकुटा । फाइल तस्वीर : संगालोखबर

सरुवा भएको आधिकारिक खबर आइसकेको र जेठ महिनाबाट सरुवा भएको ठाउँमा जाने प्रहरी उपरीक्षक भण्डारीले संगालोखबरलाई बताए ।

यता प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालयबाट सुरेन्द्र गुरुङ नयाँ प्रहरी उपरिक्षक भएर धनकुटामा आउँने भएका छन् ।

यसैबीच धनकुटामा हालै मात्र प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा पनि सरुवा भएर आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!