काठमाडाैँ, २५ वैशाख। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणका क्रममा जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने सम्झौतामा हस्ताक्षर हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन्।

Advertisement

जनकपुर पुगेका परराष्ट्रमन्त्री ज्ञवालीले मोदी नेपाल भ्रमणका आएकै दिन काठमाडौंमा तीनवटै सहमति भएका योजनामा हस्ताक्षर हुने दावी गरेका हुन्।

मोदीले बैशाख २८ गतेदेखि नेपालको राजकीय भ्रमण गर्ने भएका हुन्।

‘प्रधानमन्त्री ओलीको भारत भ्रमणको क्रममा भएका केही घोषणाहरु छन्,’ मन्त्री ज्ञवालीले भने, ‘ती घोषणालाई समझदारी र सम्झौतामा रुपान्तरण गरिनेछ।’ भारतबाट सिधैं जनकपुर अवतरण गर्ने मोदी काठमाडौं फर्किएपछि दुबै देशका प्रधानमन्त्रीले नेतृत्व गरेको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता हुनेछ ।

‘वार्तामा अस्ति भर्खर प्रधानमन्त्री ओलीले भारत भ्रमणको क्रममा भएका घोषणालाई सम्झौतामा रुपान्तरित गरिनेछ,’ परराष्ट्रमन्त्री ज्ञवालीले सञ्चारकर्मीहरुसित कुरा गर्दै भने, ‘वार्तामा विगतमा भएका सहमतिहरुको प्रभावकारी कार्यान्वयनमा पनि जोड दिइनेछ ।’

चैत २३ गते भारतको तीन दिवसीय राजकीय भ्रमण गरेका प्रधानमन्त्री ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री मोदीबीच जलमार्ग, रेलमार्ग र कृषिमा साझेदारी गर्ने महत्वपूर्ण समझदारी भएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!