- बिनोद बिष्ट/संगालोखबर

धनकुटा, २४ बैशाख । धनकुटाको बेलहाराका पूर्व गाबिस उपाध्यक्ष एवं समाजसेवी हरीबहादुर राईको आज निधन भएको छ ।

Advertisement

पक्षघातबाट पीडित ५२ बर्षीय राईको आज साँझ निधन भएको परिवार स्रोतले जनाएको छ ।

धनकुटा नगरपालिका–९ बेलहाराडाँडा थानीचौक स्थित आफ्नै घरमा राईको निधन भएको उनका भतिज हेमचन्द्र किराँतीले बताएका छन् ।

उनी यसअघिको स्थानीय निकाय निर्वाचनमा साविकको वेलहारा गाबिसको पूर्व गाबिस उपाध्यक्ष थिए ।

त्यस्तै गुठिटार–ईटहरी चौक–बागखोर–थानी सडक उपभोक्ता समितिको अध्यक्षसमेत रहेका राई सामाजिक ब्याक्तिको रुपमा स्थापित रहेको वडासचिव मात्रिका तिवारीले जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!