धनकुटा, २४ बैशाख । नेपाल पत्रकार महासंघको प्रदेश १ मा निर्वाचित महिला उपाध्यक्ष स्मिता निरौलालाई नेकपा माओवादी केन्द्रले बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।
माओवादीले सोमबार कार्यक्रम गरि निरौलालाई बधाई दिएको हो ।
कार्यक्रममा माओवादी केन्द्रका जिल्ला इन्चार्ज उज्ज्वल किराँती, सह–इन्चार्ज ऋषिराम ढुंगाना लगायतले बधाई ज्ञापन गर्दै निरौलाको सफलतालाई निरन्तरताको उपलब्धीका रुपमा ब्याख्या गरे ।
सो अवसरमा बोल्दै महिला उपाध्यक्ष निरौलाले चुनावी एजेण्डा पूरा गर्ने प्रतिवद्धता जनाएकी छन् ।
पत्रकार महासंघको गत २२ गते सम्पन्न प्रदेश निर्वाचनमा प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलबाट प्रदेश १ को महिला उपाध्यक्षमा निरौलाले ८ सय ५८ मतसहित विजय प्राप्त गरेकी हुन् ।
उनीसँगै सवै पदमा सोहि प्यानलका उम्मेदवार बिजयी भएका छन् ।