उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)- नेपाली पात्रो

वि.सं. २०७५ साल वैशाख २५ गते। मंगलबार। इश्वी सन् २०१८ मे ८ तारिख। नेपाल संवत् ११३८ बछलागा। ज्येष्ठ कृष्णपक्ष। तिथि– अष्टमी, १७:५३ बजेउप्रान्त नवमी।

Advertisement

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। तर, परिस्थितिवश आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। आफ्नो क्षेत्रमा अरूले प्रभाव जमाउन सक्छन्। विश्वासपात्रले धोका दिने हुँदा समयमै सजग रहनुपर्ला। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर आम्दानीका विभिन्न स्रोत फेला पर्नेछन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
परिबन्धले केही समस्या निम्त्याउन सक्छ। अरूका लागि बुद्धि खर्चनुपर्नेछ। सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला आइलाग्न सक्छ। जीवनशैली व्यस्त रहे पनि कम महत्त्वका काममा समय दिनुपर्ला। मिहिनेतले आंशिक लाभ दिलाउनेछ।साँझदेखि स्थितिमा सुधार आउनाले जिम्मेवारी हातलागी हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
परिस्थितिवश चिताएको काम रोकिन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुपर्ला। अरूका लागि बुद्धि खर्चनुपरे पनि अध्ययनमा प्रगति हुनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। साँझदेखि समाजसेवामा लाग्ने अवसर प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
साथीभाइ र परिवारजनको साथले उत्साह जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ। साँझदेखि भने केही चुनौती सामना गर्नुपर्दा सोचेजस्तो उपलब्धि प्राप्त नहुन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। रोकिएका काम बन्नाले मनग्गे लाभ हुनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। साँझदेखि यात्रा गर्ने अवसर जुट्नुका साथै अतिथिका रूपमा सम्मान पाइनेछ। गृहस्थी यात्रा रमाइलो रहनेछ। आफन्तहरूले उत्साह जगाउनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ साँझतिर प्रतिस्पर्धीहरूलाई पन्छाउँदै लाभ उठाउन सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
पारिवारिक असमझदारीले काममा अप्ठ्यारो पर्न सक्छ। बेसुरमा काम गर्ने बानीले मेहनत खेर जानेछ। साझेदारीमा देखिने समस्याले पहिलेको सम्झौता भंग हुन सक्छ। अद्यावधिक ज्ञान अभावले पनि काममा पछि परिनेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। दिगो योजनामा अघि बढ्दा साँझतिर लाभ मिल्नेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही दौडधुप गर्नु परे पनि पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। तर ईर्ष्या गर्नेहरूले सताउन सक्छन्। अरूको वचन हार्न नसक्दा दु:ख पाइनेछ र खर्च पनि हुनेछ। साँझतिर अप्ठ्यारोमा परिने सम्भावना छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। बौद्धिक व्यक्तित्वहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने स्थिति आउन सक्छ। काम र समयको तालमेल नमिल्न सक्छ। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ भने मिहिनेतले न्यून प्रतिफल पाइनेछ। साँझतिर स्थितिमा सुधार आउनाले मनग्गे फाइदा हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ। सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ। आकर्षक उपहारका साथ विशेष अवसर प्राप्त हुन सक्छ। रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तर अरूको भरपर्दा साँझतिर काम बिग्रन सक्छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। खर्च लागे पनि यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। छर–छिमेकमा केही असमझदारी देखिने हुँदा सावधान रहनुहोला। साँझतिर रमाइलो भेटघाटमा मन रमाउनेछ। शुभचिन्तकहरूले पनि काममा साथ दिनेछन्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्नाले काममा पछि परिनेछ। लाभांश अरूका लागि खर्चनुपर्ने स्थिति आउन सक्छ। तापनि आयस्रोत बढ्नेछन्। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। साँझतिर आफन्तजनबाट टाढिनुपर्ला। पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!