विश्वकप फुटवलः उरुग्वे र इजिप्टको खेल जारी (हेर्नुस् लाईभ)

विश्वकप फुटवलः उरुग्वे र इजिप्टको खेल जारी (हेर्नुस् लाईभ)

काठमाडौं, १ असार । विश्वकप फुटवलको दोस्रो खेल शुरु भएको छ । आज दक्षिण अमेरिकी राष्ट्र उरुग्वे र अफ्रिकी राष्ट्र इजिप्ट आमने सामने हुँदैछन् । २८ वर्षपछि विश्वकपमा फर्किएको इजिप्टका लागि उरुग्वेका स्टारद्धय लुईस स्वारेज र काभानी ठूलो चुनौति हुन् । भने, उरुग्वेका लागि लिभरपुलका स्टार मोहम्मद सलाह ठूलो चुनौति हुन् । दुवै देशले दोस्रो चरणमा पुग्नका लागि आजको खेल जित्नुपर्ने दवाव छ । गएको विश्वकपमा ...
प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

प्रदेश ३ को ३५ अर्ब ६१ करोडको बजेट सार्वजनिक

हेटौँडा, १ असार । प्रदेश नं. ३ को आज बसेको प्रदेशसभा बैठकमा प्रदेश सरकारले आगामी आर्थिक ०७५/०७६ को लागि रु ३५ अर्ब ६१ करोड ५६ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले आव ०७५/०७६ का लागि पूँजीगत खर्चतर्फ रु २१ अर्ब ७५ करोड २० लाख तथा चालूतर्फ रु १३ अर्ब ४६ करोड २० लाखको बजेट सार्वजनिक गर्नुभयो । प्रदेश नं. ३ को १३ जिल्लालाई राष्ट्रिय ...
तमोर नदीले बगाएकालाई उद्धार गर्न सशस्त्रले यसरी गर्यो पूर्व अभ्यास (भिडियोसहित)

तमोर नदीले बगाएकालाई उद्धार गर्न सशस्त्रले यसरी गर्यो पूर्व अभ्यास (भिडियोसहित)

धनकुटा, १ असार । तमोर नदीले बगाएकालाई तत्काल उद्धार गर्न सशस्त्र प्रहरीले पूर्व अभ्यास गरेको छ । बाढीका कारण मानिसमा आउन सक्ने विपद व्यवस्थापन गर्न तयारी स्वरुप सशस्त्र प्रहरी बल छिन्ताङ गुल्मले कार्यक्रम गरेको हो । जिल्लाका सात वटै स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला लगायतको उपस्थितीमा बाढी जन्य विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिमपूर्ण ठाउँको अनुगमन, पीडितलाई राहत तथा व्यवस्थापन, आर्थिक सङ्कल...
प्रदेश नम्बर ७ मा २५अर्ब छ करोडको बजेट सार्वजनिक

प्रदेश नम्बर ७ मा २५अर्ब छ करोडको बजेट सार्वजनिक

धनगढी, १ असार । प्रदेश नं. ७ को प्रदेशसभाको बैठकमा आज प्रदेश सरकारले आव २०७५/०७६ का लागि रु २५ अर्ब छ करोड ५६ लाख १४ हजारको बजेट प्रस्तुत गरेको छ । प्रदेशसभा बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट प्रस्तुत गर्दै कुल विनियोजितमध्ये चालुतर्फ रु १३ अर्ब ३५ करोड आठ लाख एक हजार अर्थात ५३ दशमलब २६ प्रतिशत र पुँजीगततर्फ रु ११ अर्ब ७१ करोड ४८ लाख १३ हजार अर्थात ४६ द...
खाद्यान्न अभावसँगै मूल्य वृद्धि

खाद्यान्न अभावसँगै मूल्य वृद्धि

सोलुखुम्बु, १ असार । ढुवानी समस्याका कारण सगरमाथा अञ्चलको तीन जिल्लामा खाद्यन्न तथा पेट्रोलियम पदार्थको अभाव हुन थालेको छ । खाद्यन्न र खाना पकाउने ग्यासमा मूल्यवृद्धि भएको छ, भने ढुवानीमा अवरोध भएको कारण देखाएर केही व्यापारीले कालाबजारी गर्न थालेको उपभोक्ताको आरोप छ । थुलुङ दूधकोशी गाउँपालिका– ९ लोखीमका सिंहबहादुर तामाङले रु १९ सयमा किनेको चामलको मूल्य वृद्धि भएर रु दुई हजार १०० पुगेको बताउनुभ...
धनकुटाको नमस्ते झरनामा नुहाउने क्रममा ढुंगाले लागेर एक जनाको मृत्यु, झरनामा जाँन रोक

धनकुटाको नमस्ते झरनामा नुहाउने क्रममा ढुंगाले लागेर एक जनाको मृत्यु, झरनामा जाँन रोक

धनकुटा, १ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित नमस्ते झरनामा नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लागेर आज एक जनाको मृत्यु भएको छ । अपरान्ह नुहाउने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा सुनसरीको इटहरी–९ का विक्रम तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । ढुंगाले लागेर गंभीर घाईते भएका तामाङलाई उपचारका लागि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो । उनको प्रतिष्ठानम...
इस्लाम धर्मावलम्बीहरुले भोलि इदुल फित्र मनाउँदै

इस्लाम धर्मावलम्बीहरुले भोलि इदुल फित्र मनाउँदै

विराटनगर, १ असार । इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदुल फित्र मुस्लिमहरुले भोलि मनाउने भएका छन् । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले जेठ ३ गतेदेखि रोजा (व्रत) शुरु गरेका थिए । यसलाई रमजान पनि भनिन्छ । पर्व धुमधामसँग मनाउन इस्लाम धर्मावलम्बीहरुले सम्पूर्ण तयारी गरिसकेका छन् । रमजान महिनामा मुसलमानहरुको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने ग...
विजुली चोर्दा चोर्दै दुई वडाअध्यक्ष पक्राउ

विजुली चोर्दा चोर्दै दुई वडाअध्यक्ष पक्राउ

काठमाडौँ, १ असार । पछिल्लो समय सरकारले विद्धुत चुहावट र चोरी गर्ने माथि कडाई गरिरहेका बेला विजुली चोरीमा संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका ७ का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका ५ का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्र...
तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम गर्ने

काठमाडौँ, १ असार । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले ‘युवा संवाद नागरिक सद्भाव’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । तरुण दलले आफ्नो संगठनलाई थप मजबुत र सशक्त बनाउन असार महिनाभर विभिन्न अभियान सञ्चालन गर्न लागेको महासचिव भूपेन्द्रजंग शाहीले जानकारी दिनुभयो । आज बसेको उक्त दलको बैठकले असारको पहिलो हप्ता सरकारले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, अदालतको अपहेलना, प्रेसमाथिको हस्तक्ष...
इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

इटहरी, १ असार । सुनसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ । इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो । सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अटाउने रहेको छ । चलचित्र निर्माता छवि ओझा, चलच...
होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

होटल म्यानेजमेन्ट अध्यापन सम्झौता

इटहरी १ असार । इम्पेरियल इन्स्टिच्युट अफ होटल म्यानेजमेन्ट कलेज तथा शान्ति र विकासका लागि युवा नेपालबीच विद्यार्थीलाई सहुलियतमा होटल म्यानेजमेन्ट पढाउन आज  सम्झौता भएको छ । शान्ति र विकासका लागि युवा नेपालको सहयोगमा उक्त कलेजले गरिब र विपन्न समुदायका विद्यार्थीलाई सहुलियत दरमा एकवर्षे डिप्लोमा इन होटल म्यानेजमेन्ट पढाउने सम्झौता गरेको हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई पढ्ने अवसर दिला...
सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

सिकाइमै बित्यो जनप्रतिनिधिको एक वर्ष

तेह्रथुम, १ असार । छथर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बू जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि दिनमात्रै हैन, रात पनि गाउँपालिकाकै काममा बिताउनुहुन्छ । बिहान उठेदेखि साँझ बिछ्यौना पर्दासम्मको कार्यतालिका पहिल्यै तयार भइसक्छ उहाँको । लामो समयपछि जनप्रतिनिधि चुनिएर स्थानीय तहमा आएपछि नागरिकले आफ्ना आवश्यकता, समस्या र अप्ठ्याराहरु सुनाउने ठाउँ पाएका छन् । अध्यक्ष लिम्बू भन्नुहुन्छ, “सबैका कुरा सु...
बालीनालीलाई किराबाट बचाउने सेक्सी वनस्पती

बालीनालीलाई किराबाट बचाउने सेक्सी वनस्पती

काठमाडौँ, १ असार । जनावरहरुमा यौन आकर्षण पैदा भई भाले पोथीबीच समागम हुनु त नियम नै हो । तर वैज्ञानिकहरुले यस्तो बिरुवा तयार गरेका छन् जसले यौन आकर्षण पैदा गरी किराहरुलाई आफूतर्फ आकर्षित गर्दछ र आफ्नो जालमा पारिसकेपछि त्यस्ता किराहरुको हत्या गर्दछ । स्पेनका वैज्ञानिकहरुले वनस्पतीमा अनुवंशिक परिवर्तन गरी यस्तो गुणको विकास गराएका हुन् जसबाट बिरुवाले फेरोमोन्स नामक रसायन पैदा गर्दछ । फेरोमोन्स यस्त...
ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

ज्वाइँको हत्या गर्ने ससुरासहित तीनजना पक्राउ

राजविराज, १ असार । सप्तरीको राजविराजमा कुटपीट गरेर एक युवकको हत्या गरेको आरोपमा सप्तरी प्रहरीले युवकका ससुरासहित तीनजनालाई विहीबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–९, मलेठ निवासी रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साह रहेको सप्तरीका प्रहरी उपरिक्षक मुकेशकुमार सिंहले बताए । दुई दिन अगाडि रामदयाल साहले आफ्नै ज्वाइँ २६ वर्षीय दीपेन्द्र मण्डललाई कुटपिट गर...
विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता

विश्वकप हेरेर फर्कँदा बाढीमा परी युवक बेपत्ता

ताप्लेजुङ, १ असार । ताप्लेजुङमा गएराति विश्वकप फुटबल अन्तर्गत रुस र साउदी अरबबीचको उदघाटन खेल टेलिभिजनमा हेरेर फर्कने क्रममा बाढीमा परी एकजना बेपत्ता भएका छन् । फुङलिङ नगरपालिका–९, हाङ्देवाबाट सदरमुकाम आउने क्रममा सदरमुकाम र हाङ्देवाबीचमा पर्ने लप्सेखोलामा आएको बाढीमा परी इलाम घर भई हाल फुङलिङ नगरपालिकामा रहेको पाथीभरा मोटरसाइकल वर्कसपमा काम गर्दै आएका अन्दाजी २६ वर्षीय सनम राई बेपत्ता भएका हुन...
राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

राष्ट्रपति ट्रम्पविरुद्ध मुद्दा दायर

न्यूयोर्क, १ असार । अमेरिकाको न्यूयोर्क राज्यले राष्ट्रपति ट्रम्पसमेतलार्इ विपक्षी बनाउँदै अदालतमा मुद्दा दायर गरेकाे छ । ट्रम्प फाउन्डेसनद्वारा संचालित एउटा परोपकारी संस्थाविरूद्ध न्यूयाेर्कले मुद्दा हालेको हाे । एक दशकभन्दा बढी समयदेखि कानुन मिचेको भन्दै रााष्ट्रपति ट्रम्पकको संस्थालाई मुद्दा लगाइएकाे समाचार एजेन्सीहरूले जनाएका छन् । अदालतले यस विषयमा कारबाहीको प्रक्रिया अघि बढाएको समेत जनाइए...
७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

७७ जिल्लामा प्राथमिक तहका शिक्षकका लागि रोजगारीको अवसर

काठमाडौँ, १ असार । सामुदायिक विद्यालयको स्वीकृत रिक्त दरबन्दीमा खुला प्रतियोगितात्मक लिखित परीक्षाको माध्यमबाट स्थायी रुपले पदपूर्ति गर्नका लागि शिक्षक सेवा आयोगले विज्ञापन प्रकाशित गरेको छ । देशका ७७ वटै जिल्लामा प्राथमिक तह तृतीय श्रेणीको रिक्त पद परपूर्तिका लागि आयोगले विज्ञापन प्रकाशित गरेको हो । देशभर रिक्त रहेका ५,४९८ वटा खुल्ला तथा आरक्षित ४,४९८ पदका लागि आयोगले विज्ञापन प्रकाशित गरे...
कान नसुन्ने सेताे बिरालाेकाे भविष्यवाणी मिल्याे !

कान नसुन्ने सेताे बिरालाेकाे भविष्यवाणी मिल्याे !

काठमाडौँ, १ असार । विश्वकप २०१८ काे उद्घाटन खेलमा कान नसुन्ने सेताे बिरालाेले गरेकाे भविष्यवाणी मिलेकाे छ । ‘एकिलिज’ नामको उक्त रुसी बिरालोले विश्वकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा अायोजक देश रुसले जित्ने भविष्यवाणी गरेको थियाे । बिहीबार राति सम्पन्न खेलमा रूसले साउदी अरेबियालाई ५–० गोल अन्तरले पराजित गर्दै उद्घाटन खेलमा शानदार जित हासिल गर्याे । बुधबार बिरालाेमार्फत गराइएकाे भविष्यवाणीमा र...
सातै प्रदेशले आज बजेट ल्याउँदै

सातै प्रदेशले आज बजेट ल्याउँदै

काठमाडौँ, १ असार । आर्थिक वर्ष ०७५/७६ का लागि आज (शुक्रबार) सबै प्रदेश सरकारले बजेट ल्याउँदै छन् । मुलुक संघीय संरचनामा गएसँगै सातै प्रदेशका सभा बैठकमा पहिलोपटक बजेट पेश गर्न लागिएको हो। संघीय सरकारले कुल बजेटको १३।९८ प्रतिशत प्रदेश सरकारलाई पठाएको छ। संघीय सरकारले पठाएको बजेट र आन्तरिक स्रोतलाई आधार मानी प्रदेश सरकारले बजेट ल्याउने व्यवस्था गरिएको छ। आगामी वर्षको नीति तथा कार्यक्रम सबै प्रदेश ...
आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान जेलमा

आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान जेलमा

काठमाडौँ, १ असार । आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गर्ने श्रीमान्लाई तीन वर्ष जेल सजाय भएकाे छ । जिल्ला अदालत ताप्लेजुङका न्यायाधीश कृपासुर कार्कीले बुधबार श्रीमान्लाई ३ बर्ष कैद सजाय र ५० हजार क्षतिपूर्ती दिलाउन आदेश दिएका हुन् । पीडक श्रीमान्ले बयानका क्रममा आफ्नो जायजेथा नभएको बताएपछि उनको जायजेथा भए त्यसैबाट र नभए सरकारबाट पीडितलाई ५० हजार क्षतिपूर्ति दिलाउन अदालतले आदेश दिएको हो । फुङलिङ न...
अब खाडीका राम्रा कम्पनीमा मात्रै नेपाली, दूताबासले गर्न थाल्यो कडाई

अब खाडीका राम्रा कम्पनीमा मात्रै नेपाली, दूताबासले गर्न थाल्यो कडाई

काठमाडौँ, १ असार । खाडीका सबै प्रकृतिका रोजगारदाता कम्पनीले नेपाली कामदार लान नपाउने भएका छन् । कामदारलाई न्यूनतम आधारभूत अधिकार नदिने साउदी अरब, कतार, यूएई, कुवेत, बहराइन र ओमनका रोजगारदाता कम्पनीमाथि नेपाली दूतावासहरूले नयाँ नेपाली कामदार लैजान नपाउने नीति कडाइका साथ लागू गर्न थालेका हुन् । साउदी अरबस्थित नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले कम्पनीको हैसियत हेरेर मात्रै नेपाली ल्...
२०७५ असार १ गते शुक्रबार/आजको राशिफल

२०७५ असार १ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १ गते। शुक्रबार। इश्वी सन् २०१८ जुन १५ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया।     मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) परिस्थितिवश चिताएको काम रोकिन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। व्यवसायमा बाधा पुग्नेछ भने अरूका लागि बु...
थप हवाईमार्गबारे द्विपक्षीय छलफल शुरु

थप हवाईमार्गबारे द्विपक्षीय छलफल शुरु

काठमाडौँ, ३१ जेठ । नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा आजदेखि द्विपक्षीय छलफल शुरु भएको छ । हवाई यातायात थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन लामो समयदेखि प्रयास गर्दै आएका सन्दर्भमा नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) र भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) प्रतिनिधिबीच भएको वार्तामा नेपाली पक्षका तर्फबाट प्राधिकरणका उपमहानिर्देशक एवं एयर नेभ...
विश्वकप फुटबल सुरु (लाईभ)

विश्वकप फुटबल सुरु (लाईभ)

एजेन्सी । रुसमा विश्व फुटबलको महाकुम्भ शुरु भएको छ । मस्कोको लुझिन्की रंगशालामा भएको उद्घाटन खेलमा आयोजक रसियाले एसियाली राष्ट्र साउदी अरेबियाको सामना गर्दैछ । लाईभ हेर्नुहोस्....
नेपाल ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

नेपाल ट्रेड युनियन काँग्रेसको भोलि निर्वाचन

काठमाडौँ, ३१ जेठ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको बन्दसत्र सम्पन्न भएको छ । चार वर्ष नौ महिनापछि भएको महाधिवेशनको बन्दसत्रमा सरकारले सञ्चार क्षेत्रमा गरेको ज्यादती, यातायात एकाधिकारको नाममा मजदूर र पूँजीलाई नियन्त्रण गर्न खोजेको, निर्माण क्षेत्रका मजदूरलाई गरेको व्यवहारलगायत मजदूरविरुद्ध चालिएका कदमविरुद्ध सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ । ट्रेड युनियन काँग...
भारत अधिनस्थ काश्मिरमा दोहोरो गोली हानाहान, दुइको मृत्यु

भारत अधिनस्थ काश्मिरमा दोहोरो गोली हानाहान, दुइको मृत्यु

काश्मिर, ३१ जेठ । भारत अधिनस्थ काश्मिरमा बिहीबार सुरक्षा अधिकारी र आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानमा परी एक सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको छ । सरकार अधिकारीहरुले बुधबार सो जानकारी दिएका छन् । श्रीनगर शहरबाट करिब ६५ किलोमिटर उत्तरमा रहेको बान्दिपोरा जिल्लाको पाना जङ्गलमा दोहोरो गोली हानाहान भएको सरकारी स्रोतले जानकारी दिएको छ । जङ्गलमा भएको यस दोहोरो गोली हानाहानमा परी दुई आतङ्ककारी ...
विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

विद्यार्थीलाई ऋण दिनका लागि कार्यविधि माग

काठमाडौँ, ३१ जेठ । दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको धितोमा ऋण प्रदान गर्न कार्यविधि बनाउन सरकारसँग माग गरेका छन् । क्रान्तिकारीको कार्यालय बागबजारमा आज बसेको दुई संगठनको बैठकले विद्यार्थीलाई बजेटमार्फत सरकारले शैक्षिक प्रमाणपत्र राखेर ऋण दिने योजनाको स्वागत गर्दै कार्यविधि बनाई ऋण प्रदान गर्न अर्थ मन्त्रालयसँग माग गरेको क्रान्त...
फुटबलको महाकुम्भ शुरु

फुटबलको महाकुम्भ शुरु

काठमाडौँ, ३१ जेठ । फुटबलको महाकुम्भ फिफा विश्वकप प्रतियोगिताको उद्घाटनमा खेलमा आयोजक रुस र साउदी अरेबिया आमनेसामने हुँदैछन् । रुसको राजधानी मस्कोको लुझनिकी रंगशालामा आज राति नेपाली समयअनुसार ८ः१५ बजे उद्घाटन हुनेछ भने ८ः४५ बजे विजयी लक्ष्यका साथ दुवै टोली मैदानमा उत्रदैँछन् । करीब ८० हजार दर्शक क्षमता भएको उक्त रंगशालामा ५०० कलाकारले विश्वकप उद्घाटनमा आआफ्नो प्रस्तुति पस्किेछन् । त्यस्तै विश्व...
परराष्ट्रमन्त्री स्वदेश फिर्ता

परराष्ट्रमन्त्री स्वदेश फिर्ता

काठमाडौँ, ३१ जेठ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्ग (थिंक ट्यांक)को उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्कनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राससलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले नेपाल र मंगोलियाबीच परराष्ट्र मन्त्रालयस्तरमा द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने सम्बन्धी स...
सेतो बिरालोको भविष्यवाणीः आजको खेल रसियाले जित्छ (भिडियोसहित)

सेतो बिरालोको भविष्यवाणीः आजको खेल रसियाले जित्छ (भिडियोसहित)

यतिबेला रसियामा हुने विश्वकपमा सेतो बिरालो चर्चामा छ । जन्मदैँ बहिरो रहेको उक्त सेतो बिरालोले विश्वकप २०१८ को भविष्यवाणीलाई लिएर चर्चामा रहेको हो । विश्वकपको पहिलो खेलबारे अकिलिस नामको रुसी सेतो बिरालोले पहिलो दिनको खेलमा रसियाले जित्ने भविष्यवाणी गरेको हो । आयोजक देश रसियाले साउदी अरेबियालाई पराजित गर्ने मिडिया रिपोर्टमा उल्लेख छ । यसरी गरेको थियो भविष्यवाणी ? भविष्यवाणीपूर्व बिरालोलाई दुईवट...
बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा

बिम्स्टेकको चौथो शिखर सम्मेलन भदौमा

काठमाडौँ, ३१ जेठ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते यहाँ आयोजना हुने भएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञव...
error: Content is protected !!