सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

सोह्र श्रृंगारमा छपक्कै भएर आईन अञ्जु बजारमा (भिडियाे सहित)

ईटहरी, १६ साउन । हिन्दु नेपाली नारीहरुको महान चाड तिज नजिकिए सँगै पुर्वेली लोकगायिका अञ्जु गौतमको नयाँ तिज गित “ सोह्र श्रृंगार ” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गयिका गौतमको युटयुब च्यानल मार्फत सार्बजनिक भएको भिडियोमा ईटहरी र आसपासका दृश्यहरु समेटिएका छन । गीता भट्टराईको शब्द संगित र पुर्बाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोको संगीत संयोजनमा रहेको सो गीतमा गायिका गौतम सवंयले अभिनय गरेकी छिन । ...
स्तनपानबाट आमा तथा बच्चालाइ हुने फाइदाहरु यस्ता छन्…

स्तनपानबाट आमा तथा बच्चालाइ हुने फाइदाहरु यस्ता छन्…

‘स्तनपान: जीवनको मूल’ आधार भन्ने नाराका साथ यसवर्ष स्तनपान दिवश साताव्यापि रुपमा मनाइँदै छ । बच्चा जन्मिएको कम्तिमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ। बच्चालाई औषधि वा जीवनजल आवश्यक परेको बेलामा दिन सकिन्छ। तर, सकभर नवजात शिशुलाई आमाको दूध मात्र खुवाउनु राम्रो हो। विश्व स्वास्थ्य संगठनका अनुसार शिशुलाई कम्तिमा पनि  ६ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्छ, जसले शिशुको शारीरिक एवं मा...
कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने पक्राउ

कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, १६ साउन । महानगरीय अपराध अनुसन्धान महाशाखाले कम्बोडिया पठाइदिन्छु भनी ८८ लाख ठगी गर्ने एक जनालाई आज काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा शिवसताक्षी नगरपालिका –९ का २४ वर्षीय सुमन बस्नेत छन् । बस्नेतले वैदेशिक रोजगारीको सिलसिलामा कम्बोडियास्थित क्यासिनोको सेक्युरीटी गार्डमा प्रतिमहिना रु एक लाख तलब हुने साथै अन्य सुविधा समेत पाइने प्रलोभन देखाई प्रतिव्यक्ति रु तीन लाख ५० हज...
अब युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

अब युवाको उमेर ३५ वर्ष राख्ने प्रस्ताव

काठमाडौँ, १६ साउन ।  राष्ट्रिय युवा परिषद्ले युवाको उमेर घटाउने प्रस्ताव गरेको छ । परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगानाले अहिले भइरहेको युवाको उमेर पाँच वर्ष घटाउने प्रस्ताव गरिएको बताए । राष्ट्रिय युवा परिषद् ऐन २०७२ को संशोधन मस्यौदामा १५–२५ वर्ष वा १६–३५ वर्ष कायम गर्न प्रस्ताव गरिएको उनले बताउए । उनले विश्वमा रहेको मापदण्डअनुसार युवाको उमेर घटाउने प्रस्ताव गरिएको जानकारी गराए । अहिले ...
नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल शुरु

नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल शुरु

काठमाडौँ, १६ साउन । नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्यान्डले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ । नेदरल्यान्डको निमन्त्रणामा त्...
धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी

धेरै ब्याजको लोभमा ठगी धन्दा, साँवा गुमेपछि मात्रै उजुरी

म्याग्दी, १६ साउन । बेनीमा ठगी गर्नेहरुको एक गिरोहले करोडौं रुपैयाँ डुबाएपछि सर्वसाधारणको बिचल्ली भएको छ । गैरकानूनी मानिएको ‘मिटर ब्याज’ मा कारोबार गर्ने त्यस गिरोहबाट करोडौं रकम डुबेपछि आर्थिक विचलन र समाजमा अपराधको जोखिमसमेत बढेको छ । सापटी दिएको पैसा वर्षौंसम्म फिर्ता नभएपछि सर्वसाधारण न्यायिक समिति, सामुदायिक प्रहरी र कानून व्यवसायी कहाँ धाउन थालेका छन् । धेरै ब्याज पाउने आशा र मिठो बोलीबा...
स्व. कृष्णकुमार जोशीको सम्मानमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

स्व. कृष्णकुमार जोशीको सम्मानमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

काठमाडौँ, १६ साउन । नेपाली काँग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्व सांसद स्वर्गीय कृष्णकुमार जोशीको सम्मानमा यही साउन १६–१८ गते पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले स्व नेता जोशीको सम्मानमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । पार्टी ...
चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

चितवन मिल्क लिमिटेड पुनः सञ्चालनको तयारी

चितवन, १६ साउन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस महिनाबाट निजी डेरीको बचेको दूध प्रशोधन गर्दै आएको छ । नेपाल डेरी उद्योग संघले आफू मातहतका डेरीमा खपत नभएको दूध उद्योगमा ल्याएर धुलो र नौनी बनाउँदै आएका छन् । उनीहरुले दूध प्रशोधन गरेबापत उद्योगला...
दक्षिण कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

दक्षिण कोरियाका १० ठूला कम्पनीको बजार मूल्यमा उच्च गिरावट

सिओल, १६ साउन ।  घट्दो सेयर मूल्यका कारण दक्षिण कोरियाका प्रमुख १० ठूला कम्पनीको बजार मूल्यमा यसवर्ष ठूलो गिरावट आएको तथ्याँक सार्वजनिक भएको छ । कर्पोरेट विवरणको विश्लेषण गर्ने चाबुल डट कमका अनुसार, सूचीकृत प्रमुख १० कम्पनीको संयुक्त बजार मूल्य मङ्गलबारसम्म ८१४ अर्ब डलर (९१३ खर्ब वन) मा झरेको छ । यो यही वर्ष जनवरी २ तारिखको तुलनामा ६ प्रतिशतको गिरावट (५८ खर्च वन) हो । कोरियाको पहिलो नम्बरमा रह...
मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

मेक्सिकोमा विमान दुर्घटना, सबै जीवितै

मेक्सिको, १६ साउन । उत्तरी मेक्सिकोमा मूसलधारे वर्षा भइरहेको समयमा उड्न लाग्दा यात्रुबाहक एक विमान धावनमार्ग नजिकैको जमिनमा दुर्घटनाग्रस्त भएको छ । तर, विमानमा सवार सबै ९७ जना यात्रु सामान्य घाइते भएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् । डुराङ्गोबाट मेक्सिको सिटीका लागि उडान भर्न लागेको एरोमेक्सिको कम्पनीको उक्त विमान स्थानीय समयानुसार मङ्गलबार अपराह्न ३ बजे दुर्घटनाग्रस्त भएको थियो । एयर...
सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

सामुदायिक वनमा संकटापन्न सालकको उपस्थिति राम्रो

रत्ननगर, १६ साउन ।  चितवन, मकवानपुर र गोरखाका विभिन्न सामुदायिक वनमा संकटापन्न अवस्थामा पुगेको सालकको उपस्थिति राम्रो पाइएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष रत्ननगर चितवनले तीन जिल्लाका १६ सामुदायिक वनमा गरेको अध्ययनमा सामुदायिक वनमा सालकको उपस्थिति राम्रो पाइएको कोषका संरक्षण अधिकृत तथा सूचना अधिकारी सन्तोष भट्टराईले जानकारी दिनुभयो । चितवनको पाँच, मकवानपुरको सात र गोरखाको चार सामुदायिक वनमा...
चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

चौतारी र सेन्टरको एकतापछि प्रेस संगठन रहने

काठमाडौँ, १६ साउन । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपालबीचको एकताका लागि गठित कार्यदलले एकिकृत संगठनको नाम ‘प्रेस संगठन, नेपाल’ (पिओएन) राख्ने निर्णय गरेको छ । यही साउन १५ मा बसेको एकता कार्यदलको बैठकले संगठनको अन्तरिम विधान–२०७५ लाई अन्तिम रुप दिँदै नाम तय गरेको हो । कार्यदलले दिएको जिम्मेवारीअनुसार चौतारी र सेन्टरका महासचिवहरु क्रमशः राजेश राई र विष्णु सापकोटा जुगलले सो विधानलाई अन्तिमरुप...
नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ, १६ साउन । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् । राष्ट्रिय खेलकूद पर...
एक महिना कैद छल्न २५ वर्ष फरार

एक महिना कैद छल्न २५ वर्ष फरार

काठमाडौँ, १६ साउन । पच्चीस वर्षदेखि फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अदालतबाट एक महिना कैद र रु एक हजार जरिवाना गरिएपछि फरार रहेका बेँसीशहर नगरपालिका–११ का ५४ वर्षीय पूर्णबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो। विसं २०५० मा बहुविवाह मुद्दामा थापालाई रु एक हजार जरिवानासहित एक महिना कैदको फैसला गरिएको थियो। थापालाई अदालतमा पेश गरी कैद भुक्तानीका लागि कारागार चलान गरिएको ...
ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व संकलन

ट्राफिक कारबाहीबाट ५६ लाख राजश्व संकलन

लमजुङ, १६ साउन । आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक कारबाहीबाट रु ५६ लाख नौ हजार राजश्व संकलन भएको छ । जिल्लाका विभिन्न स्थानमा ट्राफिक नियमविपरीत सवारीसाधन चलाएका चालकलाई कारबाही गरी सो राजश्व संकलन गरिएको हो । सो अवधिमा जिल्लामा आठ हजार ५५३ सवारीचालकलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख नीरबहादुर अधिकारीले जानकारी दिए। ट्राफिक नियम उल्लङ्घन गरी कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक र...
भक्तपुरमा बाबुद्वारा १७ वर्षीय छोराकाे हत्या

भक्तपुरमा बाबुद्वारा १७ वर्षीय छोराकाे हत्या

भक्तपुर, १६ साउन । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली रमाइलो चोकमा गएराति बाबुले छोराको हत्या गरेका छन् । गएराति आफ्नै कोठामा सुतिरहेका १७ वर्षीय सागर चापागाईंलाई उनका बाबु ४० वर्षीय डिल्लीराम चापागाईंले मासु काट्न प्रयोग हुने चुप्पीले घाँटीमा प्रहार गरी हत्या गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । मोरङ सुनवर्षा नगरपालिका– १ घर भई हाल लोकन्थली ...
शिशुलाई स्तनपान कसरी गराउने ? यस्ता छन् सातवटा टिप्स

शिशुलाई स्तनपान कसरी गराउने ? यस्ता छन् सातवटा टिप्स

काठमाडौँ, १६ साउन ।  विश्व स्तनपान सप्ताह मनाइरहँदा शिशुलाई नियमित स्तपान गराउँदा हुने फाइदा, यसको महत्वका बारेमा विभिन्न सरोकारवाला क्षेत्रबाट सचेतनाको काम भैरहेको छ । आमाको दूध बच्चालाई अमृत समान हुने तथ्यका बारेमा पनि धेरै मानिस जानकार छन् । स्तनपानको महत्वसँगसँगै यसका अन्य विषयमा पनि जानकारी लिनु आवश्यक छ । सहि तरिकाले स्तनपान गराउनका लागि यहाँ सात टिप्स प्रस्तुत गरिएको छ: -सकेसम्म आमाल...
विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

विराटनगरको भारतीय फिल्ड अफिस आजदेखि बन्द

मोरङ, १६ साउन । सरकारको निर्णय अनुसार (बुधवार) आजबाट बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन भइरहेको भारतीय फिल्ड अफिस’ को सेवा बन्द हुने भएको छ । भारत सरकारले विराटनगरमा रहेकाे भारतीय फिल्ड अफिस हटाए सँगै यहाँबाट हुने सेवा बन्द हुने भएको हो । मिनी दूतावासको रूपमा रहँदै आएको यो कार्यालय यहाँबाट काठमाडौंस्थित राजदूतावासमा स्थानान्तरण गरिएको हो। भारतीय दुतावासका अनुसार आजदेखि विराटनगरस्थित फ...
गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

गाउँ पर्यटन प्रवद्र्धन मञ्चमा सिम्खडा विजयी

काठमाडौँ, १६ साउन। गाउँ पर्यटन प्रवद्र्धन मञ्च भिटोफको अध्यक्षमा ध्रुव सिम्खडा विजयी हुनुभएको छ । मञ्चको गएराति सम्पन्न २२औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष सिम्खडासहित ११ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । मञ्चको प्रथम उपाध्यक्षमा दीपक दाहाल, द्वितीय उपाध्यक्षमा गोपाल थापा, महासचिवमा जस्फा पाण्डे, सचिवमा नवराज थापा, कोषाध्यक्षमा राजकुमार धमला र सहकोषाध्यक्षमा सकुन्तला देवकोटा निर्...
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ । चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भू...
नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

काठमाडौँ, १६ साउन । नेपालले अाज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ । अाज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक...
दाङको नेपाल–भारत  सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

दाङको नेपाल–भारत सीमाक्षेत्रका ५९ सीमास्तम्भ पुनःनिर्माण

तुलसीपुर, १६ साउन । दाङको नेपाल–भारत सीमाक्षेत्रमा ५९ वटा सीमास्तम्भ पुनःनिर्माण गरिएको छ । तीन वर्षअघि नेपाल र भारतको संयुक्त टोलीले सीमास्तम्भ पुनःनिर्माणको काम शुरु गरेको हो । इँटा र सिमेन्टले बनाएका सीमास्तम्भ भत्किन थालेपछि पुनःनिर्माण थालिएको थियो । दुवै देशको सहमतिमा जीर्ण भएका ती सीमास्तम्भ पुनःनिर्माण गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए। “अब पाँचवटा सीमास...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदै

काठमाडौँ, १६ साउन ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास बिमस्टेक को चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो नेपाल भ्रमण हुनेछ। गत वैशाख २८ गते दुईदिने भ्रमणमा उनी जनकपुर हुँदै काठमाडौं आएका थिए। भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेक सम्मेलनमा सदस...
दादुराको खोपले चार बालबालिकाको मृत्यु

दादुराको खोपले चार बालबालिकाको मृत्यु

काठमाडौँ, १६ साउन । पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ । ०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै कारण ज्यान गुमाउने १९ महिना...
प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण : कक्षा १० मा दुई विषयमा फेल !

प्रमाणपत्र नै जोशीविरुद्ध प्रमाण : कक्षा १० मा दुई विषयमा फेल !

काठमाडौँ, १६ साउन । संसदीय सुनुवाइ समिति स्रोतका अनुसार प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक सर्टिफिकेटदेखि जन्ममितिसम्म विवादास्पद भेटिएको छ । समिति स्रोतले दिएको गोप्य डकुमेन्टअनुसार जोशीले विजय मेमोरियल स्कुलबाट ०२७ मा प्रवेशिका परीक्षा दिएका छन् । नेपाल राष्ट्रिय विद्यापीठबाट जोशीले ०२९ मा प्रवेशिका परीक्षा दिएकोसमेत प्रमाणपत्रमा उल्लेख छ । समितिमा जोशीले आफूले विजय मेमोरियल स्कुलमा ...
डा. केसीलाई भेट्दा नेकपा प्रवक्ता नारायणकाजी पदबाट राजिनामा दिन बाध्य

डा. केसीलाई भेट्दा नेकपा प्रवक्ता नारायणकाजी पदबाट राजिनामा दिन बाध्य

काठमाडौँ, १६ साउन । पार्टी नीतिविपरीत गोविन्द केसीलाई भेटेको भन्दै प्रधानमन्त्रीले स्पष्टिकरण मागेपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय सदस्य तथा पार्टी प्रवक्ता श्रेष्ठले पदबाट राजीनामा दिएका हुन् । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उनले गत शनिबारको केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीना...
पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने निगमको तयारी

पाँच वर्षभित्र ठूला जहाज १७ पुर्‍याउने निगमको तयारी

काठमाडौँ, १६ साउन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्‍याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ । निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्‍याउने निर्णय गरेको हो । यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगम...
पुरानो ऐन खारेज हुँदै, सबै वन्यजन्तु अब संरक्षित सूचीमा

पुरानो ऐन खारेज हुँदै, सबै वन्यजन्तु अब संरक्षित सूचीमा

काठमाडौँ, १६ साउन । सबै प्रकृतिका वन्यजन्तु अब संरक्षित सूचीमा सूचिकृत हुने भएका छन् । वन्यजन्तु सम्बन्धी नयाँ ऐनले मुलुकमा अभिलेख भएका सबै जिवजन्तुलाई संरक्षित सूचीमा सामेल गर्न लागेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ खारेज गरेर नयाँ बन्ने ऐन मार्फत सबै जिवजन्तु संरक्षित सूचीमा सूचीकृत हुने भएका हुन् । विद्यमान ऐनमा विभिन्न २७ प्रजातीका स्तनधारी वन्यजन्तु, ९ प्रजातीका चरा र...
आज विश्व स्तनपान दिबश: नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै

आज विश्व स्तनपान दिबश: नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १६ साउन । संसारभर विभिन्न कार्यक्रम गरी आज स्तनपान दिवस मनाइँदै छ । नेपालमा पनि स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापीरुपमा मनाइँदै छ । पछिल्ला वर्षहरुमा हाम्रो देशमा पनि हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । संसारभर एकदेखि सात अगष्टसम्म मनाइने विश्व स्तनपान दिवस को यस वर्ष...
२०७५ साउन १६ गते बुधबार/आजको राशिफल

२०७५ साउन १६ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन १६ गते। बुधबार। इश्वी सन् २०१८ अगस्ट १ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– चतुर्थी, ७:०२ बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) खर्च बढ्नुका साथै अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ला। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। तत्काल लाभ उठाउँदा ...
भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

भाइले दाइ, भाउजू र भतिजीको हत्या गरेको खुलासा

राजविराज, १५ साउन । सप्तरीको राजविराज¬–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार सम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक...
error: Content is protected !!