काठमाडौँ, १६ साउन । पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ ।

Advertisement

०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो ।

मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पुर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!