काठमाडौँ, १६ साउन । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्‍याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।

Advertisement

निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्‍याउने निर्णय गरेको हो ।

यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ ।

अबको पाँच वर्षभित्र थप आठ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । ‘दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब आक्रामक रुपमा अगाडी बढ्नुको विकल्प छैन ।

निगमको योजनाअनुसार जहाज थपिदै जाँदा त्यतिन्जेल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नेछन् । अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट मात्र अन्तरराष्ट्रिय उडान भइरहेको छ ।

सन् २०२१ पछि पोखरा र भैरहवाबाट पनि अन्तरराष्ट्रिय उडान हुनेछ । त्यस अवस्थामा नयाँ नयाँ गन्तब्य खोज्दै जहाज उडाउँदा निगमले बजार र व्यापारको चिन्ता गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष व्यवस्थापनको छ । ’आजको नयाँ पत्रिकामा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!