नेपाल-नेदरल्याण्ड्स दोश्रो एकदिवसीय क्रिकेट सुरु, नेपाल टस जितेर ब्याटिङ गर्दै

नेपाल-नेदरल्याण्ड्स दोश्रो एकदिवसीय क्रिकेट सुरु, नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ, १८ साउन । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह...
टेलिकमको फाइबर सेवा शुरु

टेलिकमको फाइबर सेवा शुरु

काठमाडौँ, १८ साउन । नेपाल टेलिकमले वितरण गरिरहेको घरसम्म फाइबर अर्थात् (एफटिटीएच) सेवाअन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने ‘भ्वाइस टेलिफोन’ सेवा शुरु गरेको छ । सेवा आरम्भको अवसरमा २०७५ साउन १० गतेदेखि तीन महिनाका लागि व्यावसायिक प्रवद्र्धन गर्न कम्पनीको सञ्जालभित्र भ्वाइस सेवा निःशुल्क गरिएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन। आइपी प्रविधिअन्तर्गतको एफटिटीएच सेवा...
प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशी अस्वीकृत

काठमाडौँ, १८ साउन । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको छ । समितिको आजको बैठकले जोशीको नाम अस्वीकृत गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । प्रमुख विपक्षी दल कांग्रेसले बैठक बहिस्कार गर्दा दुई तिहाई बहुमतका आधारमा जोशी अस्वीकृत भएका हुन् । कांग्रेसले मतदान प्रक्रियामा भाग नलिएपछि जोशीको पक्षमा एक भोट पनि खसेन भने विपक्षमा १० मत खस्य...
प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

प्रस्तावित प्रधानन्यायाधीश जोशीबारे मतदान हुने

काठमाडौं , १८ साउन। प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीबारे संसदीय सुनुवाई विशेष समितिमा मतदान हुने भएको छ । जोशीबारे निर्णय गर्न समितिको बैठक विहान साढे १० बजे बोलाइएको थियो । तर, सर्वसम्मत हुन नसकेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । त्यसपछि बहुमत अल्पमतका आधारमा निर्णय लिइनेछ । १५ सदस्यीय समितिमा नेकपाका ९, कांग्रेसका चार, फोरम र राजपाका १-१ सदस्य छन् । सत्तारुढ दलहरु जोशीलाई प्र...
दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

दोस्रो जोडी गैँडा साउन ३१ गते चीन पठाउने तयारी

चितवन, १८ साउन । चितवन राष्ट्रिय निकुञ्जबाट चीन सरकारलाई उपहारस्वरुप पठाउन लागिएको दोस्रो जोडी गैँडा साउन मसान्तमा पठाउने तयारी गरिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालका अनुसार चिनियाँ अधिकारीले साउन ३१ गते गैँडा लैजान तयारी थालेको बताउनुभयो । चिनियाँ पक्षले गैँडा बोक्न ढुवानी जहाजको प्रबन्ध र विमानस्थलमा अनुमति लिने काम गरिरहेको जानकारी आएको बताइएको छ । यसअघि असार २८ गते एक ज...
त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

त्रिभुवनचन्द्र मिलिटरी अस्पतालको नयाँ भवनबाट सेवा शुरु

काठमाडौँ, १८ साउन । प्रधानसेनापति राजेन्द्र क्षत्रीले त्रिभुवन–चन्द्र मिलिटरी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गरे। सैनिक कल्याणकारी कोषद्वारा पुनःनिर्मित उक्त भवनबाट सैनिक र आश्रित परिवारका लागि स्वास्थ्य सेवा सञ्चालनको शुभारम्भसमेत भएको छ । प्रथम विश्वयुद्धमा सन् १८१४ पछि नेपाली सेनाले भाग लिइ जीवन उत्सर्ग गर्ने वीरसपूतहरुको सम्झनामा बेलायत सरकारको सहयोगमा सोही स्थानमा पहिले उक्त अस...
काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काँग्रेस सदनमा प्रस्तुत हुने रणनीति बनाउँदै

काठमाडौँ, १८ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा विकसित पछिल्लो घटनाका सम्बन्धमा छलफल गर्न पार्टीको संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बस्ने बैठकमा सदनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा छलफल हुने पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । बिहीबार काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्नका लागि पटकपटक समय माग गर्दा पनि न...
दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

दलितको आरोपमा विद्यालयबाट निकालेकाले भन्दै कारबाहीको माग

खोटाङ, १८ साउन । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ की बिन्दा विश्वकर्माले आफूलाई दलित भएकै कारण जागिरबाट निकालेको भन्दै कारबाहीको माग गरेकी छिन् । दिक्तेलस्थित सरस्वती आवासीय विद्यालयमा कार्यरत कार्यालय सहयोगी विश्वकर्माले बिहीबार जिल्ला समन्वय समिति प्रमुख बबि चाम्लिङ र प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलसमक्ष यस्तो माग गरेकी हुन । विद्यालयका प्रधानाध्यापक रोशन ढकाल र सहायक प्रधानाध्य...
वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

वडामै भत्ता पाउँदा ज्येष्ठ नागरिकको झन्झट हट्यो

कञ्चनपुर, १८ साउन । वडा कार्यालयबाटै सामाजिक सुुरक्षा भत्ता पाउन थालेपछि स्थानीय शुक्लाफाँटा नगपालिका–३ का कल्छु डगौरा टाढाको बैंकसम्म जानपर्ने झन्झटबाट मुक्त हुनुभएको छ । भत्ता बुझ्नका लागि सात किलोमिटर टाढाको बैंकसम्म पुग्नका लागि निकै सास्ती खेप्नु पर्दथ्यो, विगत सम्झदै उहाँले भन्नुभयो, “घर नजिकैको वडा कार्यालयबाट भत्ताको रकम पाउन थालेपछि निकै सहज भएको छ ।” ‘दुई घण्टा पैदल हिंडेर बैंक पुग...
तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुमको छथर गाउँपालिकामा अब ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’

तेह्रथुम, १८ साउन । पर्यटन प्रवद्र्धनका लागि तेह्रथुमको छथर गाउँपालिकाले ‘प्रधानमन्त्री राष्ट्रिय उद्यान’ निर्माण गर्ने भएको छ । गाउँपालिकालाई जिल्लाकै नमूना गाउँपालिका बनाउने लक्ष्यसहित अघि बढेका जनप्रतिनिधिले गाउँको पर्यटन प्रवद्र्धनका लागि उक्त उद्यान निर्माण गर्ने योजना अघि सारेका हुन् । उक्त गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेटबाट उद्यान निर्माणको काम थाल्ने गरी बजेटसमेत विनियोजन गरिएक...
अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

अब ‘ठाउँको ठाउँ’ खाद्य गुणस्तर परीक्षण !

काठमाडौँ, १८ साउन । सरकारले खाद्य वस्तुको गुणस्तर परीक्षण ‘अन द स्पट’ गर्ने भएको छ । बजारमा अखाद्य वस्तुको बिक्री नियन्त्रण गर्न स्थलगत गुणस्तर परीक्षण गर्ने अत्याधुनिक ल्यबाबसहितको प्रविधि प्रयोग गर्न लागिएको छ । बजार अनुगमन गर्दा खाद्य वस्तुको गुणस्तर ठिक, बेठिक छुट्याउन घुम्ती ल्याबसहितको भ्यान सञ्चालन गर्न लागेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । होटल तथा रेस्टुरेन्टका खान...
जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

जिम्बाबेको राष्ट्रपतिमा इमर्सन मान्गाग्वा विजयी

हरारे, १८ साउन । जिम्बाबेको राष्ट्रपतिमा सत्तारुढ जानु–पिएफ पार्टीबाट उम्मेदवार रहेका वर्तमान राष्ट्रपति इमर्सन मान्गाग्वा विजयी हुनुभएको छ । पूर्व राष्ट्रपति रोबर्ट मुगाबेको लामो शासनकालपछि भएको पहिलो निर्वाचनमा इमर्सनको दलले संसदमा समेत बहुमत प्राप्त गरेको छ । मान्गाग्वाले ५०.८ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । उहाँका विपक्षी नेल्सन चामिसाले ४४.३ प्रतिशत मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले...
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा ह...
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्नेमा चीन सबैभन्दा अगाडि

काठमाडौं, १८ साउन । छिमेकी मुलुक चीनबाट नेपाल भित्रने प्रतक्ष्य वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता अरु देशको तुलनामा बढी छ । गत आर्थिक बर्ष २०७४/७५ र अघिल्लो आर्थिक बर्ष २०७३/७४ मा नेपालमा कुल ५७ वटा देशबाट लगनीको प्रतिवद्धता आएकोमा चीनको मात्रै ५५ अर्ब रुपैयाँभन्दा धेरै छ । नेपालमा भारतसहित अमेरिका, बेलायत, अस्ट्रेलिया, ब्राजिल, बेल्जियमलगायतका देशबाट लगानीको लागि प्रतिबद्धता आएको उद्योग विभा...
पाँच महिनापछि बने ‘मिनी पार्लियामेन्ट’

पाँच महिनापछि बने ‘मिनी पार्लियामेन्ट’

काठमाडौँ, १८ साउन । प्रतिनिधिसभा नियमावली पारित भएको झण्डै दुई महिनापछि ‘मिनी पार्लियामेन्ट’का रूपमा चिनिने संसदीय समितिहरू गठन भएका छन् । विषयगत समिति गठनसँगै सार्वजनिक सरोकार र कार्यपालिकाका काम कारबाहीमा मिनी संसद्मा पनि छलफलको बाटो खुलेको छ । संघीय संसद्का दुबै सदनका विषयगत समिति बिहीबार गठन भएका हुन् । समितिमा रहने सदस्यहरुको नामावली अनुमोदन भएका छन् । संघीय संसद्को पहिलो अधिवेशन सुरु भएको...
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अनुमतिबिनै जापान भ्रमणमा

काठमाडौंका मेयर विद्यासुन्दर शाक्य अनुमतिबिनै जापान भ्रमणमा

काठमाडौं, १८ साउन । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सरकारको स्वीकृतिबिनै विदेश भ्रमण गएका छन् । उनी साउन १५ मा जापान गएका हुन् । भ्रमणबारे महानगर र संघीय मामिला मन्त्रालयले अनभिज्ञता प्रकट गरेका छन् । संविधानको धारा ५९ (६) र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम स्थानीय तहका पदाधिकारीले विदेश जाँदा सम्पर्क मन्त्रालयमार्फत कार्यक्रम स्वीकृत गराउनुपर्ने व्यवस्था छ। ‘जनप्रतिनिधि व...
झापा गौरादहस्थित रतुवा खोलामा बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

झापा गौरादहस्थित रतुवा खोलामा बाँध निर्माणसँगै बाढी र कटानको जोखिम घट्दै

झापा, १८ साउन । झापाको गौरादह नगरपालिकास्थित रतुवा खोलामा बाँध निर्माणपछि बाढी र कटानको जोखिम पनि घट्दै गएको छ । गौरादह–५ स्थित रतुवा खोलामा आएको बाढी र कटानबाट बर्सेनि यहाँका बासिन्दा पीडित हुँदै आएका थिए । गत वर्ष १००–१०० मिटर र यस वर्ष थप १५० मिटर बाँध निर्माण भएसँगै जोखिम न्यूनीकरण हुँदै गएको बाँध निर्माण तथा संरक्षण समितिका अध्यक्ष मदन अधिकारीले बताए । “स्थानीयवासी स्वयंको सक्रियतामा बाँध...
बिमा कम्पनी खारेजीमा जाँदा विमितको सुविधा खोसिँदै

बिमा कम्पनी खारेजीमा जाँदा विमितको सुविधा खोसिँदै

काठमाडौँ, १८ साउन । बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा विमित(ग्राहक) ले भुक्तानी पाउने सुविधा खोसिन लागेको छ। प्रस्तावित बिमा ऐनको विधेयकमा बिमितभन्दा अघि सरकार, बिमा समिति९प्रस्तावित बिमा प्राधिकरण० लगायतले भुक्तानी व्यवस्था पाउने व्यवस्था थपिएपछि यस्तो अवस्था आएको हो। विद्यमान व्यवस्था(बिमा ऐन ०४९) अनुसार कुनै कारणले बिमा कम्पनी खारेजीमा जाँदा सुरुमा दामासाहीमा लागेको खर्च र त्यसपछि बिमितले भ...
हात–हातमा यसरी बेचिन्छन् नेपाली महिला

हात–हातमा यसरी बेचिन्छन् नेपाली महिला

बाँके, १८ साउन । बाँकेकी ३४ वर्षीया रामकली (नाम परिवर्तन) लाई स्थानीय दलबहादुरले ३० हजार रुपैया लिएर काठमाडौंस्थित राजु भन्नेकहाँ पु¥याए । काठमाडौंका राजुले दिल्लीका एजेन्ट जगतलाई तीन लाखमा रामकलीलाई बेचे । दिल्लीका जगतले कुवेतमा रहेका बंगालीबाट आठ लाख रुपैया लिएर रामकलीलाई सुम्पिए । बंगालीबाट अरबीले कति रुपैयामा किनेर लगे, त्यो कुरा रामकलीलाई थाहा भएन । रामकलीले यत्तिमात्रै देखेकी थिइन् कि बंग...
शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो

शुक्रबारदेखि एस ५ रुटमा ठूला बस, विस्थापित हुँदै टेम्पो

काठमाडौँ, १८ साउन । रुटपर्मिट नपाउँदा रोकिएको काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत रहेको एस ५ रुटमा आगामी शुक्रबार (साउन २५) देखि सञ्चालनमा आउने भएको छ । यातायात व्यवस्था विभागले यसै साता रुटपर्मिट लगायत प्रक्रिया मिलाइसकेपछि बस सञ्चालनमा आउने भएको छ। एस ५ रुट अन्तर्गत नयाँ बसपार्क-रत्नपार्क-सिनामंगल रुटमा रहेको टेम्पो विस्थापित गरी ठूला सार्वजनिक यातायत सञ्चालन हुन लागेको हो । सरकारले '...
२०७५ साउन १८ गते शुक्रबार/आजको राशिफल

२०७५ साउन १८ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल साउन १८ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट ३ तारिख। नेपाल संवत् ११३८ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– षष्ठी, ७:४१ बजेउप्रान्त सप्तमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) बिहानै खर्चिलो समय देखिएकाले मध्याह्नदेखि नयाँ काम गर्न शुभ हुनेछ। केही खर्च र दौडधुप गर्नुपरे पनि दिन रमाइलो हुनेछ। पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रेम र मित्रताको बन्धन कस...
बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

बिम्स्टेकलाई प्रभावकारी, क्रियाशील र परिणाममुखी तुल्याउने नेपालको प्रतिबद्धता

काठमाडौँ, १७ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेक प्रक्रियालाई थप प्रभावकारी, क्रियाशील एवं परिणाममुखी तुल्याउन नेपालले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । समानता र सहकार्यको मर्मलाई आत्मसात् गर्दै सदस्य मुलुकको आर्थिक वृद्धि र सामाजिक समृद्धि हासिल गर्ने उद्देश्यले दुई दशकअघि स्थापना भएको उक्त उपक्षेत्रीय संगठनको यसै आगामी भदौको दोस्र...
जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

जन्मदिनमा केक हैन, बिरुवा रोपौँ

सुर्खेत, १७ साउन । पछिल्लो समयमा जन्म दिवस मनाउनु नेपालमा संस्कारजस्तै भएको छ । जन्मदिनको अवसरमा व्यक्त खुशीले भावी दिनहरु प्रेरणादायी बनेर असल व्यक्तित्वको निर्माण होस् भन्ने उद्देश्य राख्नु र कामना गर्नु आफैँमा राम्रो कुरा हो, तर हिजोआज नेपाली समाजमा यसलाई निकै खर्चिलो र भट्किलो बनाएको पाइन्छ । यसको प्रभाव शहरी क्षेत्रमा नै बढी देखिन्छ । जन्मदिनको महत्वलाई अनुत्पादक बनाउँदै लैजाने संस्कारलाई...
नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

काठमाडौँ, १७ साउन । थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषको ६६ केजीमुनि ...
ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

ट्रम्पको भारत भ्रमण निश्चित भइनसकेको अमेरिकी भनाइ

वासिङटन, १७ साउन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प भारत जाने निश्चित भइनसकेको अमेरिकाले स्पष्ट पारेको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाईट हाउसले राष्ट्रपति ट्रम्पलाई भारतले भ्रमणका लागि निमन्त्रणा दिएको तर ट्रम्प जाने निश्चित भने भइनसकेको स्पष्ट पारेको हो । ह्वाईट हाउसका प्रवक्ता सराह सान्डेर्सले बुधबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले एसियाली देशहरुको भ्रमण गर्ने तयारी गर...
प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

प्रश्न सोध्न नपाएको भन्दै काँगे्रसद्वारा संसद् बैठक बहिष्कार

काठमाडौँ, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मन्त्रीलाई प्रश्न सोध्न र थप जिज्ञासा राख्न समय नपाएको भन्दै संसद् बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री रामबहादुर थापा र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विशेष समयमा बोेल्नुभएको विषयमा थप जिज्ञासा र प्रश्नका लागि सभामुखले समय नदिएको भन्दै काँग्रेसले बैठक बहिष्कार गरेको हो । बैठकबाट बाहिरिएपछि काँग्रेसका प...
श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

श्रीमतीेको पिटाइबाट श्रीमानको मृत्यु

दोलखा, १७ साउन । घरायसी बिषयलाई लिएर झगडा हुँदा श्रीमतीेको पिटाइबाट श्रीमान्को मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखा जिरी नगरपालिका– ३ का ५५ वर्षीय नाम्गेल शेर्पा रहेको प्रहरीले जनाएको छ । मदिरा सेवनका विषयलाई लिएर विवाद चर्किएपछि श्रीमती आङल्हमु शेर्पाको पिटाइबाट उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिएकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी...
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार

काठमाडौँ, १७ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जिते...
प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

प्रदेश नं १ को नाम खुम्बूवान राख्न माग

विराटनगर, १७ साउन । प्रदेश नं १ को नाम जातीय पहिचान र ऐतिहासिक पृष्ठभूमिको आधारमा ‘खुम्बूवान प्रदेश’ राख्नुपर्ने मागसहित आज प्रदेश नं १ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा एक ज्ञापनपत्र बुझाएको छ । खुम्बूवान राष्ट्रिय मोर्चा पार्टी नेपाल मोरङले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय विराटनगरमा आज ज्ञापनपत्र बुझाउँदै त्यस्तो माग राखेको हो । मुक्ति मोचाका केन्द्रीय सह–सचिव र...
एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

एक विषयको मात्रै पूरक परीक्षा, २१ दिन पछि मात्रै प्रमाण–पत्र

भक्तपुर, १७ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ का विद्यार्थीलाई एक विषयमा मात्रै ग्रेड वृद्धि अर्थात् पूरक परीक्षामा सहभागी हुने अवसर दिने भएको छ । कक्षा १२ को नतिजा प्रकाशित गर्न आज बोर्डले आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिँदै परीक्षा बोर्डका उपाध्यक्ष चन्द्रमणि पौडेलले एक विषयभन्दा बढी विषयको ग्रेड वृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीका लागि कुनै व्यवस्थ...
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता हुने

काठमाडौँ, १७ साउन। नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकार...
error: Content is protected !!