अझै छब्बीस तुइन विस्थापन हुन बाँकी
काठमाडौँ, १९ साउन । सरकारले विभिन्न नदी र खोल्सामाथि आवागमनका लागि बनाइएका तुइन विस्थापनका लागि अभियान शुरु गरेका तीन वर्ष बिते पनि अझै २६ वटा तुइन सञ्चालनमै छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री पदमा बहाली गर्दा विसं २०७२ असोज २५ मा दुुई वर्षभित्र तुइन विस्थापन हुने गरी मन्त्रिपरिषद्बाट निर्णय गराई सम्बन्धित निकायलाई निर्देशन दिनुभएको थियो । त्यसयता दुई वटा सरकार परिवर...





























