- नबिन कट्टेल/संगालोखबर

धनकुटा, १९ साउन । धनकुटाको हिलेकी गायिका करुणा राईले ‘तीजको शुभकामना’ म्यूजिक भिडियो बजारमा ल्याएकी छन् । संखुवासभामा जन्मिएर हिलेलाई कर्मथलो बनाएकी राईले हिन्दू नारिहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै म्यूजिक भिडियो बजारमा ल्याएकी हुन् ।

Advertisement

सुजन तिगेला लिम्बु र करुणाको शब्द समावेश गीतमा करुणाले नै स्वर दिएकी छन् । गीतको म्यूजिक भिडियो भेडेटार आसपास क्षेत्रमा छायांकन गरिएको छ । दुई बर्ष अघिदेखि गायन क्षेत्रमा प्रवेश गरेकी करुणाले यसअघि पाँच वटा गीत रेकर्ड गराएकी छन् ।

उनका तीन वटा म्यूजिक भिडियो बजारमा आईसकेका छन् । उनले यसअघि ‘तीजको बनारसी साडी’ र ‘जिन्दगिको हरेक मोडमा’ गीतको म्यूजिक भिडियो निर्माण गरेकी थिईन् ।

सानैदेखि गायन क्षेत्रमा रुची राख्ने करुणाले यसअघि सुनाखरी एफ.एम. खादवारीले आयोजना गरेको गायन प्रतियोगितामा ‘सुनाखरी अवार्ड’ समेत जितेकी थिईन् । आगामी दिनमा पनि गायन क्षेत्रलाई निरन्तरता दिने गायिका राईले संगालोखबरलाई प्रतिक्रिया दिएकी छन् ।

म्यूजिक भिडियो हेर्नुहोस्…

https://youtu.be/rj3OVmeuKZs

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!