
मस्को, १९ साउन । रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।
क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् ।
स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्टर दुर्घटनामा परेको अधिकारीहरुले बताएका छन् ।
प्रारम्भिक विवरणहरुका अनुसार प्राविधिक गढबढी र चालकका कारण हेलिकोप्टर दुर्घटना भएको बताइएको छ ।
हेलिकोप्टर उडेर दुई किलोमिटर दुरीपार गरेपछि दुर्घटनामा परेको थियो ।
विमानमा रहेका र दुर्घटनामा परी मृत्यु भएका मध्ये १५ जना यात्रु र अरु तीन जना चालक दलका सदस्य रहेका थिए ।















