अमेरिकी चुनावको पूर्वसन्ध्यामा फेसबुक बन्द
सानफ्रान्सिस्को, २० कात्तिक । अमेरिकी मध्यावधि चुनावमा हस्तक्षेप गर्ने कोसिसमा रहेका एक सय १५ विदेशी व्यक्ति एवं संस्थाका फेसबुक एकाउन्ट (खाता) बन्द गरिएको छ । अमेरिकी प्रहरीको चेतावनीपछि फेसबुकले बन्द गरेका खातामा ८५ वटा इन्स्टाग्राम खाता समेत रहेका छन् ।
अमेरिकी कानुन कार्यान्वयन तथा जासुसी संस्थाहरुले रुसीहरुले फेसबुक मार्फत नक्कली समाचार (फेक न्यूज) फैल्याएको बताएलगत्तै फेसबुकले उक्त घोषणा...































