विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने

विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने

काठमाडौँ, २६ कात्तिक । भारतमा हुने विश्व महिला बक्सिङ च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले भाग लिने भएका छन् । यही कात्तिक २९ देखि मङ्सिर २४ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा नेपालबाट बिमला श्रेष्ठ र पुनम रावलले सहभागिता जनाउने भएका छन् । बिमलाले ५१ केजी तौल समूहमा तथा पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी हुने दुई खेलाडीसहित चार सदस्यीय नेपाली बक्सिङ टोलीलाई राष्ट्रिय ख...
कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

कानेपोखरीमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

विराटनगर, २६ कात्तिक । ग्रामिण क्षेत्रका बिपन्न बिरामीलाई निःशुल्क उपचार गर्ने उद्धेश्यले सोमबार नोबेल शिक्षण अस्पतालले मोरङको कानेपोखरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कानेपोखरी गाउँपालिका–६ रमाईलोमा आयोजना गरिएको शिविरबाट सो क्षेत्र आसपासका करिव ४ सय बिरामी लाभान्वित भएका छन् । ३ सय ८५ बिरामीको निःशुल्क उपचार गरिएको शिविरबाट २७ जना बिरामी नोबेल अस्पताल रिफर गरिएको अस्पतालका जनसम...
झापामा छठ पूजाको तयारी धमाधम, मेची नदीमा पाँच हजार पूजास्थल

झापामा छठ पूजाको तयारी धमाधम, मेची नदीमा पाँच हजार पूजास्थल

भद्रपुर, २६ कात्तिक । पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थल (घाट) सहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो । पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयवास...
मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरण हुने

फिदिम, २६ कात्तिक । आगामी मङ्सिर ३ गतेदेखि राष्ट्रिय परिचयपत्र वितरणको कार्य शुरु हुने भएको छ । नेपालमै पहिलो पटक पाँचथर जिल्लाबाट राष्ट्रिय परिचयपत्र वितरण हुन लागेको हो । गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन भइरहेको पाँचथर जिल्लामा यही मङ्सिर ३ गते राष्ट्रिय परिचयपत्र वितरण शुरु गरिने राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले जानकारी दिए । जिल्लाक...
त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

त्रिवि गभर्निङ बोर्डमा निर्वाचित

काठमाडौँ, २६ कात्तिक । चीनको ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय विज्ञान सङ्घको स्थापना सम्मेलनले त्रिभुवन विश्वविद्यालयलाई गभर्निङ बोर्डको सदस्यमा निर्वाचित गरेको छ । यही कात्तिक १७ देखि १९ गतेसम्म चीनको राजधानी बेइजिङमा आयोजना गरिएको सम्मेलनमा विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाको नेतृत्वमा छ सदस्यीय प्रतिनिधिमण्डलको सहभागिता थियो । सङ्घले बेल्ट एण्ड रोड क्षेत्रको दिगो विकास, प्राज्...
विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने गृहकार्यमा आयोग

काठमाडौँ, २६ कात्तिक । निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा कसरी सहभागी गराउन सकिन्छ भनी तयारीका लागि गृहकार्यमा जुटेको छ । त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन रअनुसन्धान शुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए । अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्को मुलुकमा गएर अहिले अध्ययन गर्न जान सक्ने...
सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

सफ्टबैंक मोबाइल, जापानमा २१ अर्ब डलरको आइपीओ जारी

टोकियो, २६ कात्तिक । जापानमा टेलिकम क्षेत्रको विशाल कम्पनी सफ्टबैंकले अर्को महिना जापानमा २१ अर्ब डलरको प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । वर्षौंपछि जापानमा यति ठूलो परिमाणको सेयर निष्कासन गर्ने यो प्रविधि क्षेत्रको पहिलो कम्पनी हो । आइपीओ मार्फत सङ्कलन हुने रकमलाई सफ्टबैंकले विश्वभर फैलिएका आफ्ना कम्पनी र परियोजनामा लगानी गर्ने सफ्टबैंकले जनाएको छ । यो आइपीओ डिसेम्बर १९ मा खुल्नेछ र प...
छठको तयारी अन्तिम चरणमा

छठको तयारी अन्तिम चरणमा

जनकपुरधाम, २६ कात्तिक । आस्थाको महापर्व छठ तराई भेगका साथै देशका विभिन्न स्थानमा भोलि हर्षोल्लासका साथ मनाउने तयारी अन्तिम चरणमा पुगेको छ । पहिला तराईवासीमा मात्र सीमित रहेको यो पर्व अहिले काठमाडौँ, पहाडी क्षेत्र र अन्यत्र पनि लोकप्रिय हुँदै सद्भाव बाँड्ने पर्वको रूप लिइसकेको छ । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजापाठ ग...
सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बुमा एक मलेसियालीको मृत्यु

सोलुखुम्बु, २६ कात्तिक । खुम्बु–पासाङल्हामु गाउँपालिका ४ दिङ्बोचेमा एक मलेसियालीको मृत्यु भएको छ । मृत्यु हुनेमा ४३ वर्षीया वङ वेनडी रहेकोे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार भ्रमणका लागि खुम्बु आइपुगेको चार जनाको समूह दिङ्बुचेस्थित गुडलक होटलमा बास बसेकै ठाउँमा वेनडीको राति मृत्यु भएको प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए । मृत्युको कारण यकिन नभए पनि लेक लाग्ने समस्या भए...
एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

एक्काइस कम्पनीको तीन अर्बको शेयर बिक्रीको तयारी

काठमाडौँ, २६ कत्तिक । विभिन्न २१ कम्पनीको रु तीन अर्ब १२ करोड ४१ लाख ५७ हजार १०० मूल्य बराबरको साधारण शेयर (आइपिओ) बिक्रीको तयारी भइरहेको छ । नेपाल धितोपत्र बोर्डकाअनुसार ती कम्पनीले शेयर बिक्रीका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कम्पनीको आर्थिक अवस्था तथा अन्य कागजात मगाएर अध्ययन भइरहेको बोर्डले जनाएको छ । आवेदन दिएकामध्ये १५ कम्पनी जलविद्युत्सँग सम्बन्धित, पाँच माइक्रोफाइनान्स कम्पनी र एक ...
‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

‘जबर्जस्ती धर्म परिवर्तन गराउने घटना चिन्ताको विषय’

काभे्रपलाञ्चोक, २६ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अन्तरिक्ष र जनताको रक्षा आजको चुनौती रहेको बताउएका छन । काभे्रपलाञ्चोकको बनेपा नगरमा श्रीकृष्ण प्रणामी सेवा समितिद्वारा आयोजित नौदिने धर्म जागनी महोत्सव–२०७५ को उद्घाटन सभालाई आज सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “प्लानेट र पिपुल्सको रक्षा आजको चुनौती हो, प्राणीको रक्षा गर्नु हामी सबैको दायित्व हो ।” उनले ...
लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहानमा बालिका र युवतीमाथि सामूहिक बलात्कार

लहान, २६ कात्तिक । सिरहाको लहान नगरपालिकामा बालिका र युवतीमाथि सामूहिक बलात्कार भएको छ । गत कात्तिक २३ गते भाइटीकाको राति लहान नगरपालिका–२२ मा लक्ष्मीपुर पतारी गाउँपालिका–२ की १५ वर्षीया बालिका र २० वर्षीया युवतीमाथि सात युवकको समूहले सामूहिक बलात्कार गरेका हुन् । पीडित बालिका र युवतीको लहानस्थित रामकुमार उमाप्रसाद अस्पतालमा स्वास्थ्य परीक्षण गरी अभिभावकको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय ल...
प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा भट्टराई र प्रमुख स्वकीय सचिवमा भण्डारी

काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा. राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा एमाले मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुनुहुन्छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले मन्त्रिपरिषद्को आइतबारको बैठकको निर्णयअनुसार उहाँहरु नियुक्त हुनुभएको जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले छिमेकी...
तराईमा छठ पर्वको रौनक, आज खरना

तराईमा छठ पर्वको रौनक, आज खरना

बर्दिवास, २६ कात्तिक । श्रद्धा, निष्ठा र लोकआस्थाको पर्व छठका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका छन् । कात्तिक शुक्ल चौथीका दिन हिजो ‘नहाय–खाय’ विधिबाट पर्व शुरु गरेका ब्रतालुले आज पर्वको दोस्रो दिन ‘खरना’ विधिको तयारी गरेका हुन् । चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सख्खर, दू...
किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

किशोरीलाई भारत लैजान खोज्ने दुई जना पक्राउ

बेत्रावती, २६ कात्तिक । नुवाकोटका पाँच किशोरीलाई बेचबिखनका लागि भारत लैजान लागेको अभियोगमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा रहेका उनीहरुलाई आइतबार नै मानव बेचबिखन तथा ओसारपसार अभियोग मुद्दामा नुवाकोट जिल्ला अदालतबाट म्याद लिइ अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो । यसैगरी नुवाकोटबाट हराएका पाँच किशोरीलाई घरमा बन्धक बनाएको अवस्थामा सुर्खेत...
उदयपुरमा बालिका मृत फेला

उदयपुरमा बालिका मृत फेला

गाईघाट, उदयपुर, २६ कात्तिक। उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–३ लाफागाउँमा दुई दिनदेखि हराएकी एक १३ वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । मृतक ती बालिका स्थानीय दुर्गाबहादुर खड्काको १३ वर्षीया छोरी एल्जीना भएको उदयपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबार बाख्रा चराउन गएकी उनी आइतबार स्थानीय पाखाको खरबारी जङ्गलमा कपडा च्यातिएको र शरीरभरि निलडाम भएको अवस्थामा फेला परेकी थिइन् । उक्...
बस दुर्घटना हुँदा २५ घाइते

बस दुर्घटना हुँदा २५ घाइते

कावासोती, २६ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१४ अमरापुरीमा आज बिहान २ बजे बस दुर्घटना हुँदा २५ घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार दाङबाट काठमाडौँका लागि छुटेको ना ६ ख ३९७३ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार २५ घाइतेमध्ये तीनको अवस्था चिन्ताजनक रहेको छ । दाङ घोराही उपमहानगरपालिका–१५ बस्ने २...
२०७५ कात्तिक २६ गते सोमबार/आजको राशिफल

२०७५ कात्तिक २६ गते सोमबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २६ गते। सोमबार। इश्वी सन् २०१८ नोभेम्बर १२ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– पञ्चमी, २५:०० बजेउप्रान्त षष्ठी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आजको सानो प्रयत्नले भविष्यमा नाम, दाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको...
२०७५ कात्तिक २५ गते आइतवार/आजको राशिफल

२०७५ कात्तिक २५ गते आइतवार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २५ गते। आइतबार। इश्वी सन् २०१८ नोभेम्बर ११ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– चतुर्थी, २३:२० बजेउप्रान्त पञ्चमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। शुभचिन्तकसमेत प्रतिपक्षीको प्रभावमा आउन सक्छन्। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्...
मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते

धनगढी, २४ कात्तिक । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रयोग गर्र्दै आउनुभएको बा२झ ३१२५ नं को स्कारपियो जिप गए राति कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । मन्त्री सोडारी जिपमा सवार नरहेको अवस्थामा भएको दुर्घटनामा परी जिपका चालक गोदावरी नगरपालिकाका धोजेन्द्र शाही, निजकै भान्जी नाता पर्ने दश वर्षीया आयुश्मा शाही र से३प २४२० नं को मोटरसाइकलका चालक गौरीग...
२०७५ कात्तिक २४ गते शनिवार/आजको राशिफल

२०७५ कात्तिक २४ गते शनिवार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २४ गते। शनिबार। इश्वी सन् २०१८ नोभेम्बर १० तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– तृतीया, २२:०५ बजेउप्रान्त चतुर्थी।   मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। आँटेको काममा बाधा पुग्ने सम्भावना देखिन्छ। अध्ययनमा धेरै समय दिन नसकिएला। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उ...
आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

आज भाइटीका : ११ बजेर ५५ मिनेटमा टीकाको उत्तम साइत

काठमाडौँ, २३ कात्तिक । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय...
२०७५ कात्तिक २३ गते शुक्रवार/आजको राशिफल

२०७५ कात्तिक २३ गते शुक्रवार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २३ गते। शुक्रबार। इश्वी सन् २०१८ नोभेम्बर ९ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वितीया, २१:२० बजेउप्रान्त तृतीया। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) व्यापार–व्यवसायमा मनग्गे लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। काममा परिवारजनको साथले उत्साहित भइनेछ। अपराह्नदेखि भन...
तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

तिहारको चौथो दिन आज गोवद्र्धन पूजा गरिदै

काठमाडौँ, २२ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोवद्र्धन, गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी...
२०७५ कात्तिक २२ गते बिहिबार/आजको राशिफल

२०७५ कात्तिक २२ गते बिहिबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २२ गते। बिहीबार। इश्वी सन् २०१८ नोभेम्बर ८ तारिख। नेपाल संवत् ११३९ कछलाथ्व। कार्तिक शुक्लपक्ष। तिथि– प्रतिपदा, २१:०६ बजेउप्रान्त द्वितीया।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त ...
आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

आज तिहारको तेस्रो दिन : देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदै

काठमाडौँ, २१ कात्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङलगा...
२०७५ कात्तिक २१ गते बुधबार/आजको राशिफल

२०७५ कात्तिक २१ गते बुधबार/आजको राशिफल

वि.सं. २०७५ साल कात्तिक २१ गते। बुधबार। इश्वी सन् २०१८ नोभेम्बर ७ तारिख। नेपाल संवत् ११३८ कौलागा। कार्तिक कृष्णपक्ष। तिथि– औंसी, २१:२२ बजेउप्रान्त प्रतिपदा।  मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। व्यव...
नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

नोबेलको शिविरबाट लक्ष्मीमार्गका ४ सय बिरामी लाभान्वित

विराटनगर, २० कात्तिक । मोरङको बेलवारी–११ लक्ष्मीमार्गमा नोबेल शिक्षण अस्पतालले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय भन्दा बढी बिरामी लाभान्वित भएका छन् । लक्ष्मीमार्ग स्थित लक्ष्मी माध्यमिक बिद्यालयमा एकदिने स्वास्थ्य शिविर सञ्चालन गरी ४ सय ४३ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । उपचारका लागि गाउँ–गाउँबाट बिरामीहरु शिविरमा आएका थिए । शिविरमा ८९ जनाको भिडियो ए...
राप्रपा एकताको प्रक्रिया शुरु, राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी

राप्रपा एकताको प्रक्रिया शुरु, राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी

काठमाडौँ, २० कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा प्र का अध्यक्ष पशुपतिशम्शेर जबराबीच आज भएको छलफलमा दुवै पार्टीलाई विघटन गरी सशक्त राष्ट्रवादी शक्ति निर्माण गर्न समझदारी भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लि...
काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काठमाडौँ, २० कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्द...
क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

क्यान्सरलगायत १४८ प्रकारका रोगको औषधि गोरस

काठमाडौँ, २० कात्तिक । स्थानीय गाईको गहुँतबाट १४८ प्रकारका रोग निको हुने वैज्ञानिक अनुसन्धानले प्रमाणित गरिसकेको छ । स्थानीय गाईको घ्यूले बढेको कोलेस्टेरोल (रगतमा हुने बोसो)ले सन्तुलन गराउनुका साथै मुटुरोगका लागिसमेत लाभदायक हुने तथ्य सार्वजनिक भएको छ । रुसी वैज्ञानिक शिरोबीचले मानिसमा हुने रेडियोधर्मी कणको प्रभाव नष्ट गर्ने क्षमता गाईको दूध, दही, घ्यू, गहुँत र गोबरमा हुने अनुसन्धानबाट पत्ता लग...
error: Content is protected !!