मोरङमा ओली र माधव पक्षका बेग्ला–बेग्लै गतिविधि

मोरङमा ओली र माधव पक्षका बेग्ला–बेग्लै गतिविधि

विराटनगर । मोरङमा नेकपा एमालेको केपी ओली र माधव कुमार नेपाल पक्षले पार्टीका बेग्ला–बेग्लै गतिविधि गरिरहेका छन् । केन्द्रिय स्तरका नेताहरु पार्टीलाई एक बनाउने भनेर लागि परिरहेको भएपनि दुवै समुहले आ–आफ्ना गतिविधि बढाइरहेका हुन् । माधब नेपाल निकटका जिल्ला तथा प्रदेश स्तरका नेताहरु समान्नतर कमिटी निर्माण गरिरहेका छन् भने ओली समूहका नेताहरु प्रशिक्षण, सदस्यता नविकरण जस्ता गतिविधिमा केन्द्रित छन् । म...
ब्राउन सुगरसहित चार युवा युवती पक्राउ

ब्राउन सुगरसहित चार युवा युवती पक्राउ

झापा । झापाको बिर्तामोडका दुई छुट्टा छुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ४ जना पक्राउ परेका छन् । मंगलबार अपरान्ह ४ बजे बिर्तामोड ५ जात्रुबारीबाट स्थानीय २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ । त्यस्तै, मंगलबार साँझ करिब ५ बजे बिर्तामोड–१ चारपानेबाट प्रहरीले बिर्तामोड १ की देवी...
२०७८ भाद्र २ गते बुधबारको राशिफल

२०७८ भाद्र २ गते बुधबारको राशिफल

बि.संं २०७८ साल भाद्र २ गते बुधबार, ई.सं.२०२१ अगस्ट १८ नेपाल सम्बत ११४१ गुंलाथ्व एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, श्रावण शुक्ल एकादशी तिथी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र, विषकुम्भ योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६ ः३८ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निसकनु पर्दा तिल वा धनिया मुखमा राखेर...
प्रदेश १ को नामाकरण चर्चामा मात्र सीमित, छलफलनै नगरी सकियो संसद् अधिवेशन

प्रदेश १ को नामाकरण चर्चामा मात्र सीमित, छलफलनै नगरी सकियो संसद् अधिवेशन

बिराटनगर । गत जेठ २४ गते प्रदेश सभा बजेट अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामाकरण गर्न ढिलाइ भएकाले अब चाडै सक्ने उद्घोष गरे । बजेट अधिवेशन सुरु भएकै दिन मुख्यमन्त्री राईले ‘यही पटक प्रदेशको नामाकरणको विषयले प्रवेश पाउँनुपर्छ, नाम टुंग्याउँनुपर्छ’ भनेपछि प्रदेशबासीमा अब प्रदेशले नाम पाउँला भन्ने आशा पलाएको थियो । चार बर्षसम्म प्रदेशको नामाकरण नटुंगिएका बेला मुख्यमन्त्रीको...
विराटनगरमा कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन, कम्पनीका सिइओ पक्राउ

विराटनगरमा कर्मचारीलाई यौन दुर्व्यवहार गरेको भन्दै प्रदर्शन, कम्पनीका सिइओ पक्राउ

विराटनगर । कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोपमा विराटनगर महानगरपालिका–१३ स्थित तयारी पोशाक उत्पादन गर्ने ट्राइकोट इण्डस्ट्रिज प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत सञ्जय चाण्डोक पक्राउ परेका छन् । सिइओ चाण्डकले पटक–पटक दुर्व्यवहार गरेको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएपछि उनलाई प्रहरीले आज दिउँसो नियन्त्रणमा लिएको हो । सिइओ चाण्डोकले महिला मजदुरहरूलाई यौन दुव्र्यवहार गर्ने गरेको आरोप छ । त्यस्त...
प्रदेश १ मा थपिए ८६० कोरोना संक्रमित

प्रदेश १ मा थपिए ८६० कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा ७, तेह्रथुम र उदयपुरमा ४–४, पाँचथर, संखुवासभा र खोटाङमा १–१ जनामा संक्रमण पुष्टि भएको छ । प्रद...
मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

मोरङबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ

विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–३ स्थित सुन्दरीचौकबाट प्रतिबन्धित औषधीसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिक्लाजुङ–४ का २१ बर्षीय बिदुर राई र उर्लाबारी नगरपालिका–३ का २२ बर्षीय बिक्रान्त अधिकारी छन् । सोमबार बेलुका ७ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले प्रतिबन्धित औषधी ट्रमाडोल क्याप्सुल–२८८२ र स्पास पेन ट्याब्लेट–२९२० सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ...
सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु

सिटी सफारी पल्टिँदा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–२ मा सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को २ ह ११६३ नम्बरको सिटी सफारी सोमबार साँझ करिब ५ बजे अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी सिटी सफारीमा सवार सोही स्थानका ७४ बर्षीय फरेबी यादव र बराहक्षेत्र–११ की २३ बर्षीय सबिना माझी घाइते भएका थिए । घाइते यदवलाई उपचारका लागि विराटनगरस्थित नोब...
झापामा तीन गुणा बढ्यो सवारी दुर्घटना

झापामा तीन गुणा बढ्यो सवारी दुर्घटना

झापा । झापामा तीन गुणाले सवारी दुर्घटना बढेको छ । कोरोना भाइरसको महामारीका बीच बन्दाबन्दी गरिए पनि निजी सवारी साधन सञ्चालन हुँदा सवारी दुर्घटना बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक यामकुमार खड्काले बताए । झापामा आर्थिक वर्ष २०७६/७७ मा २३१ सवारी दुर्घटना भएका थिए भने आव २०७७/७८ मा करिब तीन गुणा बढी अर्थात् ६५७ सवारी दुर्घटना भएको प्रसनि खड्काले जानकारी दिए । आव २०७६...
२०७८ भदौ १ गते मंगलबारको राशिफल

२०७८ भदौ १ गते मंगलबारको राशिफल

बि.संं २०७८ साल भदौ १ गते मंगलबार ई.सं.२०२१ अगस्ट १७ नेपाल सम्बत ११४१ बछलागा नवमी राक्षस नामक संवत्सर, सूर्य दक्षीणायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष दशमी तिथी, चन्द्रमा बृश्चिक राशिमा, ज्येष्ठा नक्षत्र, वैधृति योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः३५ बजे, सूर्यास्त साँझ ६:३९ बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा सखर वा गुडं खाएर जु...
प्रदेश १ मा सभामुखको सल्लाह विनानै संसद अधिवेशन अन्त्य

प्रदेश १ मा सभामुखको सल्लाह विनानै संसद अधिवेशन अन्त्य

बिराटनगर । प्रदेश १ सरकारले सभामुखको सल्लाह विनानै संसद अधिबेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज बसेको प्रदेश १ सरकार मन्त्रिपरिषदको बैठकले चालू अधिवेशन आज राती १२ बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । तर, सभामुख प्रदिप कुमार भण्डारीले भने भोलि दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए । सभामुख भण्डारीले आज बसेको प्रदेशसभा बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थगित भएक...
हेलचेक्राई नगरियोस्

हेलचेक्राई नगरियोस्

धनकुटामा विद्युत लाईन विस्तारमा प्रयोग भएका १० हजार भन्दा बढी पोल जीर्ण छन् । यो विद्युत प्राधिकरण धनकुटाको तथ्यांकले नै देखाउँछ । गाउँ–गाउँसम्म विद्युत लाइन विस्तारमा बर्षौ अघिदेखि प्रयोगमा आएका यी पोलहरु अहिले मक्किएका छन्, भाँचिन लागेका छन् । कतिपय भाँचिएर दुर्घटना पनि निम्तिदै आएको छ । चौविसे गाउँपालिका–२ स्थित जंग सामुदायिक बनमा गत असोज ८ गते विद्युतको पोल ढलेर लत्रिएको तारबाट करेन्ट लाग्दा...
रक्सी ब्रान्डिङ्ग अध्ययन कार्यदलले सामाजिक विकास मन्त्री राईलाई बुझायो प्रतिवेदन

रक्सी ब्रान्डिङ्ग अध्ययन कार्यदलले सामाजिक विकास मन्त्री राईलाई बुझायो प्रतिवेदन

विराटनगर । प्रतिबन्धित कोदोको घरेलु रक्सीलाई ब्राण्डिङ्ग गरेर विदेश निर्यात गर्ने उदेश्यले गठन गरिएको कार्यदलले सोमवार प्रदेश १ की सामाजिक बिकास मन्त्री उसाकला राईलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ योजना आयोगका सदस्य पूर्णकुमार लोक्सोमको संयोजकत्वमा गठित कार्यदलले मन्त्री राईलाई प्रतिवेदन बुझाएको हो । प्रतिबेदन बुझाउँदै आयोगका संयोजक लोक्सोमले नेपालको सविधानमै यो बिषयलाई समावेश गर्न सुझाव दिए ।...
भूमि आयोग खारेजीको निर्णय फिर्ता लिन माग

भूमि आयोग खारेजीको निर्णय फिर्ता लिन माग

विराटनगर । मानव अधिकार एलाइन्स मोरङले भूमि सम्बन्धि समस्या समाधान आयोग खारेजीको निर्णय फिर्ता लिन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र पठाएको छ । यो निर्णयले आवासको हक, दलितको हक र सामाजिक न्यायको हकको सुनिश्चिततालाई अन्यौलतातर्फ लगेको भन्दै एलाइन्सले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र पठाएको हो । ज्ञापन पत्रमा भूमि सम्बन्धि समस्या समाधा...
प्रदेश १ मा थपिए ६९२ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६९२ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६९२ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ५३४ जनाको पीसीआर परीक्षण गर्दा ४४९ र ८६२ जनाको एन्टिजेन परीक्षण गर्दा २४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २११, सुनसरीमा ११५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्वु र संखुवासभा...
कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

झापा । झापाको बाह्रदर्शी गाउँपालिका–७ सिमल चौकस्थित भित्री सडकखण्डमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपालिका घर भई कंकाईमाई नगरपालिका–८ बस्ने ३२ बर्षीया सरस्वती मगर छन् । गएराती साढे १० बजे उत्तरतर्फ जाँदै गरेको प्रदेश–१–०१–०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १–०१–००१ च ७२७७ नम्बरको कारले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । दुर...
इटहरीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

इटहरीमा करेन्ट लाग्दा एक जनाको मृत्यु

सुनसरी । सुनसरीको इटहरी–१७ लबिपुरस्थित अंकित बडी ग्यारेजका मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ मेरिङ्डा गाउँपालिका–४ का ४० बर्षीय रामकुमार लिम्बु छन् । ग्यारेजमा गाडीको बडी बनाउने क्रममा करेन्ट लाग्दा लिम्बु गंभीर घाइते भएका थिए । इटहरीस्थित एपेक्स अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले पाए घर

झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले पाए घर

झापा । झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरिएको झापा क्षेत्र नं १ का सांसद राम कार्की (पार्थ)ले जानकारी दिए। जनता आवास कार्यक्रम र तराई मध...
कांग्रेसको विधान संशोधन, क्रियाशील सदस्यको अधिकार कटौती

कांग्रेसको विधान संशोधन, क्रियाशील सदस्यको अधिकार कटौती

काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसको केन्द्रिय कार्यसमिति बैठकले पार्टीको विधान संशोधन गरेको छ । कांग्रेसले पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता रहने गरी विधान संशोधन गरेको हो । क्रियाशील सदस्यको अधिकार कटौती गर्दै पालिका अधिवेशनमा वडा सभापति र क्षेत्रीय प्रतिनिधि मात्रै मतदाता हुन पाउने गरी विधान संशोधन गरिएको छ । यसअघि पालिकाभित्र रहेका सबै क्रियाशील सदस्य अधिवेश...
विद्रोही समूह तालिबानले कब्जा गर्यो अफगानिस्तान, देश छोडेर भागे राष्ट्रपति

विद्रोही समूह तालिबानले कब्जा गर्यो अफगानिस्तान, देश छोडेर भागे राष्ट्रपति

काबुल । विद्रोही समूह तालिबानले अफगानिस्तान आफ्नो कब्जामा लिएको छ । तालिबानहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका छन् । झण्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएका बेला साँझ तालिवानहरु राष्ट्रपति कार्यालय प्रवेश गरेका हुन् । यता, राष्ट्रपति असरफ घानी भने देश छोडेर भागेका छन् । राष्ट्रपति घानीले रक्तपात रोक्न आफू बाहिरिएको बताएका छन् । उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएक...
२०७८ साउन ३२ गते सोमबारको राशिफल

२०७८ साउन ३२ गते सोमबारको राशिफल

आजको राशिफल बि.संं २०७८ साल साउन ३२ गते सोमबार ई.सं.२०२१ अगस्ट १६ नेपाल सम्बत ११४१ बछलागा अष्टमी राक्षस नामक संवत्सर, सूर्य दक्षीणायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष अष्टमी तिथी, चन्द्रमा बृश्चिक राशिमा, स्वाति नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६:४० बजे हुनेछ । आज जन्म लिने बच्चाको बृश्चिक राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो...
धनकुटामा राससका महाप्रबन्धक राईलाई पत्रकार महासंघले गर्यो सम्मान

धनकुटामा राससका महाप्रबन्धक राईलाई पत्रकार महासंघले गर्यो सम्मान

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले राष्ट्रिय समाचार समितिका नवनियुक्त महाप्रबन्धक सिद्धराज राईलाई आइतवार सम्मान गरेको छ । गृह जिल्ला धनकुटा आइपुगेका राईलाई महासंघको सभाहलमा कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता बराइली, जिल्ला अध्यक्ष नगेन्द्र राई, संस्थापक अध्यक्ष सञ्जय सन्तोषी राई लगायतले महाप्रबन्धक राईलाई सम्मानपत्र प्रदान गरी दोस...
मोरङका एक हजार शिक्षकलाई प्रविधि पढाइदै

मोरङका एक हजार शिक्षकलाई प्रविधि पढाइदै

विराटनगर । कोरोना भाइरसका कारण बिद्यालयहरु बन्द हुँदा अनलाइन माध्यमबाट भएपनि बिद्यालयहरुले पठन पाठन गराइरहेका छन् । प्रविधि सम्बन्धि ज्ञान नभएपनि शिक्षकहरुले बाध्यताका कारण जुममार्फत बिद्यार्थीलाई पढाउँने गरेका छन् । प्रविधिमा ज्ञान कम भएकै कारण शैक्षिक सामाग्रीहरु निर्माण गर्न शिक्षकलाई कठिन भइरहेका बेला प्रविधिमैत्रि शिक्षक समाज नेपालले शिक्षकहरुलाई अनलाइन माध्यबाट तालिम दिने व्यवस्था मिलाएको ...
प्रदेश १: कोरोनाबाट १५ जनाको मृत्यु, ६६० जनामा संक्रमण, ५७८ संक्रमणमुक्त

प्रदेश १: कोरोनाबाट १५ जनाको मृत्यु, ६६० जनामा संक्रमण, ५७८ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ९८ जनाको पीसीआर परीक्षण गर्दा ३९३ र १ हजार ४३ जनाको एन्टिजेन परीक्षण गर्दा २६७ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५१, मोरङमा १२४, सुनसरीमा ९४, इलाममा ८, उदयपुरमा ४, धनकुटामा ३, पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ का ल्...
ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्त एक बर्षपछि पक्राउ

ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्त एक बर्षपछि पक्राउ

विराटनगर । मोरङको बेलवारी–५ स्थित लोहान्द्रा खोलामा ग्याङ फाइटमा हत्या भएको घटनाका मुख्य अभियुक्त कृष्ण चौधरीलाई मोरङ प्रहरीले झण्डै एक बर्षपछि पक्राउ गरेको छ । सादा पोशाकमा खटिएको टोलीले ग्रामथान–२ का ३१ बर्षीय चौधरीलाई शनिबार पक्राउ गरेको हो । पक्राउ परेका चौधरी घटनाका मुख्य अभियुक्त हुन् । घटनापछि चौधरी फरार थिए । उनलाई सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीबाट पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्त...
छथर जोरपाटी गाउँपालिकाले भू–उपयोग नीति लागु गर्ने, सर्बेक्षणको काम सुरु

छथर जोरपाटी गाउँपालिकाले भू–उपयोग नीति लागु गर्ने, सर्बेक्षणको काम सुरु

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले भू–उपयोग नीति लागु गर्ने प्रकृया थालेको छ । यसका लागि भू–उपयोग कन्सल्ट्न्ट प्रा.लि. काठमाडौंलाई प्रारम्भिक सर्बेक्षण, अध्ययनको काम जिम्मा दिइएको छ । कन्सल्ट्न्टले आइतबार पालिकामा अन्तरक्रिया कार्यक्रम गरेर सर्बेक्षणको काम थालेको हो । कार्यक्रममा कन्सल्ट्न्टका प्रबन्ध निर्देशक डिल्लीराज सुबेदीले ४ बिज्ञहरुको टोलीले बिभिन्न १० वटा बिषयमा अध्ययन तथा सर्बे...
सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

विराटनगर । नेपाली बजारमा आइतवार सुनचाँदीको मूल्य बृद्धि भएको छ । अघिल्लो साता मूल्य घटेको भएपनि यो साताको पहिलो दिन नै सुनचाँदीको मूल्य उकालो लागेको हो । सुनको भाउ प्रतितोला एक हजार रुपैयाँले बृद्धि भएको छ । मूल्य बढेर प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ८९ हजार ७०० रुपैयाँमा कारोवार भएको थियो । आइतव...
जलविद्युतको शेयरमा अस्वाभाविक चलखेल

जलविद्युतको शेयरमा अस्वाभाविक चलखेल

काठमाडौं । वित्तीय तथा प्राविधिक अवस्था कमजोर भएका जलविद्युत् कम्पनीका शेयर मूल्य निरन्तर बढेपछि सर्वसाधारण लगानीकर्तामा संशय पैदा भएको छ । पछिल्लो समय शेयर बजारमा जलविद्युत् कम्पनीका शेयर कारोबारमा अस्वाभाविक चलखेल भएको भन्ने आशङ्का सर्वसाधारण लगानीकर्तामा परेको छ । नेपाल स्टक एक्चेञ्जमा हालसम्म जलविद्युत् क्षेत्रका ४० कम्पनीका ८३ लाख ६७ हजार ४७९ शेयरको कारोबार हुँदै आएको छ । गत बिहीबारको कारो...
पाँचथरका स्थानीय तहमा कार्यालय भवन निर्माणलाई प्राथमिकता

पाँचथरका स्थानीय तहमा कार्यालय भवन निर्माणलाई प्राथमिकता

पाँचथर । पाँचथरका स्थानीय तहहरुले आ–आफ्ना प्रशासकीय पूर्वाधारलाई पूर्णता दिँदै लगेका छन् । अधिकांश स्थानीय तहले प्रशासकीय भवनलगायत संरचना तथा वडा कार्यालय निर्माण पूरा गर्दै लगेका हुन् । केहीले भने चालु आर्थिक वर्ष २०७८/७९ मा निर्माण सम्पन्न गर्न बजेटको प्रबन्ध गरेका छन् । पाँचथरमा आठवटै स्थानीय तहले चालु आवको नीति तथा कार्यक्रममा प्रशासकीय भवन निर्माणलाई प्राथमिकतामा राखेका छन् । कतिपय स्थानीय ...
इलामको चियामा घातक विषादी

इलामको चियामा घातक विषादी

इलाम । संयुक्त अनुगमन समितिले हालै कन्याम चिया बगानको विषादी भण्डारण गृह सिल गर्‍यो। कडा विषादी प्रयोग मापदण्डविपरीत हुने गरेकाले अनुसन्धान गर्नुपर्ने त्यससम्बन्धी सूचनामा जनाइयो। बगानको स्वामित्व लिएको चिया विकास निगमले तीन दिनपछि गल्ती स्वीकार गर्‍यो। व्यवस्थापक लोकनाथ दंगालले भने, ‘नयाँ कर्मचारी आएकोले भूलवश विषादी खरिद गरेको रहेछ। त्यो पनि १ लिटर जति मात्र रहेछ। त्यहाँ पनि भुलचुक भएको छ।’ ज...
२०७८ साउन ३१ गते आइतबारको राशिफल

२०७८ साउन ३१ गते आइतबारको राशिफल

बि.संं २०७८ साल साउन ३१ गते आइतबार ई.सं.२०२१ अगस्ट १५ नेपाल सम्बत ११४१ बछलागा सप्तमी राक्षस नामक संवत्सर, सूर्य दक्षीणायन, वर्षा ऋतु, जेष्ठ शुक्ल पक्ष सप्तमी तिथी, चन्द्रमा तुला राशिमा, स्वाति नक्षत्र, शुक्ल योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः३४ बजे, सूर्यास्त साँझ ६:४१ बजे हुनेछ । आज जन्म लिने बच्चाको तुला राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको...
error: Content is protected !!