किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

किन डराउँदै छ शीतल निवास : पत्रकारलाई प्रतिबन्ध !

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवास प्रेसप्रति अनुदार बन्दै गएको छ । कहिले पत्रकारलाई ड्रेस कोडको नीति ल्याएर त कहिले सार्वजनिक कार्यक्रममा प्रवेश नै रोकेर शीतल निवास विवादमा पर्दै आएको छ । मुलुकको सम्मानित निकायमा आवद्ध अधिकारीहरूको अपरिपक्व निर्णयले राष्ट्रपलिाई नै अनावश्यक विवादमा तानेको विज्ञहरूले बताएका छन् ।अाजकाे कान्तिपूर दैनिकमा खबर छ ।
छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ, सेलायो अभियान

छाउपडी प्रथाविरुद्धका अभियन्ता नै फर्किए छाउगोठ, सेलायो अभियान

काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका बाबियाचौरकी उमाकला विक छाउपडी (रजश्वला) बार्ने चलनविरुद्धको अभियामनमा सक्रिय भएर लागेकी थिइन् । तर, अहिले छाउ भएका बेला उमाकला नै छाउ गोठमा सुत्न बाध्य छिन् । गाउँका दर्जनौं छाउगोठ भत्काउन नेतृत्व गरेकी उनी परिवार र समाजको दबाब थेग्न नसकेर महिनावारीका बेला छाउगोठमा सुत्न थालेकी हुन् । ‘अभियानका बेला सबै एकजुट थिए, प्रहरीले पनि साथ दिन्थे,’ उनी भन्छिन्, ‘...
सडक निर्माणको दुःख – १२ किलोमिटरमा १३ सय अवरोध !

सडक निर्माणको दुःख – १२ किलोमिटरमा १३ सय अवरोध !

काठमाडौं । साढे १२ किलोमिटर दूरीको त्रिपुरेश्वर–नागढुंगा सडकमा अवरोध भने साढे १३ सयवटा पाइएको छ । अवरोध हटाउन नसक्दा सडक विस्तारको काम सक्नुपर्ने समयसम्म पनि निराशाजनक देखिएको छ । सरकारी निकायबीच समन्वय अभाव हुनु, एउटै ठेकेदारले धेरै खण्डमा काम गर्नु, साइट क्लियर नगरी ठेक्का लाग्नुले यो सडकखण्डमा समस्या भएको हो । सहरी विकासमन्त्री प्रभु साहसहितको टोली सोमबार त्रिपुरेश्वरबाट नागढुंगासम्म अनुगमन ग...
‘स्रोत सुनिश्चितता’मा अनियमितता, कामै नगरी करोडौं झ्वाम

‘स्रोत सुनिश्चितता’मा अनियमितता, कामै नगरी करोडौं झ्वाम

काठमाडौं । राजनीतिक दलहरुले कार्यकर्ता रिझाउन गैरबजेटरी बाटोबाट स्रोत सुनिश्चितताका नाममा जिल्लाहरुमा पठाएको बजेट खर्च गर्दा करोडौं रुपैयाँ अनियमितता गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०७३/७४ मा स्रोत सुनिश्चितताका नाममा ७१ जिल्लाका लागि ५ अर्ब ५८ करोड ५९ लाख रुपैयाँ बजेट पठाएको थियो । यस्तो बजेटको ठूलो हिस्सा कामै नगरी खाएकाले अनियमितता भएको हो । ...
भूकम्प पीडितलाई १० लाखमा घोरजत्रा घर बनाईदिएपछि आलोचना

भूकम्प पीडितलाई १० लाखमा घोरजत्रा घर बनाईदिएपछि आलोचना

काठमाडौं, ९ साउन। क्याथोलिक रिलिफ सर्भिस (सीआरएस) ले गोरखामा १० लाख रुपैयाँ खर्चेर बनाएको खोरजत्रो घरको आलोचना भएपछि केही ठूलो घर बनाउन थालेको छ । परिमार्जित १६ वटा घर पनि आलोचनामुक्त भने भएका छैनन् । बुंकोटमा बनेको घर अनुगमन गरी फर्केका जिल्ला वन अधिकृत जीवनाथ पौडेलका अनुसार परिमार्जन गरे पनि ती घर प्रयोग गर्नलायक छैनन् । ‘गारोले ओगट्ने क्षेत्रफलभन्दा कोठा साँघुरो रहेछ’, उनले भने, ‘एउटा कुर्सी...
साना विकास आयोजना नवीकरण गर्न भारतको चर्को दबाब

साना विकास आयोजना नवीकरण गर्न भारतको चर्को दबाब

काठमाडौं । भारतले साना विकास परियोजना (एसडिपी) कार्यक्रम निरन्तरताका लागि नेपालको उच्च राजनीतिक तहमा दबाब दिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि भारतीय पक्षबाट उक्त कार्यक्रम नवीकरणका लागि दबाब आएको हो। साना विकास परियोजना कार्यक्रमको म्याद ५ अगस्टमा सकिँदै छ। उक्त कार्यक्रमको निरन्तरताका लागि नेपाल–भारतबीच नवीकरण सम्झौता आवश्यक हुन्छ। उच्च सरकारी अधिकारीले भारतको साना विकास पर...
कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

कांग्रेस बैठकमा गुनासैगुनासाः कसले के भने ?

काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरूले गुनासैगुनासा राखेका छन् । संसद्को सबैभन्दा ठूलो पार्टी एमालेभन्दा पनि पछि पर्नुको कारणबारे नेताहरूले खुलेर छलफल गरेका छन् । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘पहिलो र दोस्रो चरणको निर्वाचन भयो । हामी दोस्रो नम्बरमा आयौँ । यसको पनि समीक्षा गरौँ । २ नम्बर प्रदेशमा पनि निर्वाचन हुँदै छ, यसका लागि पनि पार्टीलाई कसरी प्रभावकारी ढंगले...
माओवादी बैठकमा नारायणकाजीको आक्रोश: बन्दुक नबोकेको प्रष्टीकरण कहिलेसम्म ?

माओवादी बैठकमा नारायणकाजीको आक्रोश: बन्दुक नबोकेको प्रष्टीकरण कहिलेसम्म ?

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले आफूले ‘जनयुद्ध’ नलडेको विषय पार्टीभित्र कहिलेसम्म प्रस्टीकरण दिनुपर्ने भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीभित्र बन्दुक बोकेका र नबोकेका भनी पटक–पटक घोचपेच चलेकोप्रति असन्तुष्टि जनाउँदै नेता श्रेठले आफूले बन्दुक नबोकेको विषय पार्टीभित्र कहिलेसम्म जवाफ दिइरहनुपर्ने जानकारी दिन आग्रह गरेका छन् । माओवादी सचिवालयको जारी बैठकमा शुक्रबार ...
४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

४१ अर्ब फ्रिज, भूकम्पपीडितले रकम पाएनन्

काठमाडौं । महाविनाशकारी भूकम्पमा घरबार गुमाएका भूकम्पपीडित मध्ये वर्षायाममा चुहिने छानोमूनि बस्न बाध्य भइरहेका बेला राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भने खर्च गर्न नसकेर ४१ अर्ब रुपैयाँभन्दा बढी रकम फ्रिज गराएको छ । प्राधिकरणले खर्चको अख्तियारी पाए पनि प्राधिकरण र सरकारी अक्षमताले खर्च हुन नसकेको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । प्राधिकरणले पुनर्निर्माणका लागि खर्च गर्ने अख्तियारी पाएको ...
बुधबारसम्म सरकार विस्तारको तयारी

बुधबारसम्म सरकार विस्तारको तयारी

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकार विस्तारमा ढिलाइ नगर्ने सहमतिमा पुगेका छन् । मन्त्री सिफारिसका लागि बनेको दुईदलीय कार्यदलबीच एक-दुई दिनभित्रै सरकार विस्तार गर्ने सहमति भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । ‘कार्यदलमा सकारात्मक कुराकानी भएको छ,’ कार्यदलका कांग्रेस सदस्य रमेश लेखकले भने, ‘अब मंगलबार नै मन्त्रीको टुंगो लगाएर बुधबारसम्म सरकार विस्तार गर्न सकिन्छ भ...
धमाधम जग्गा खरिद गर्दै आयल निगम, डेढ अर्बमा ६७ करोड घोटाला

धमाधम जग्गा खरिद गर्दै आयल निगम, डेढ अर्बमा ६७ करोड घोटाला

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा करोडौं रुपैयाँ अनियमितता भएको छ । जग्गा दलालसँगको मिलेमतोमा चल्ती भाउभन्दा दोब्बर बढी मूल्य तिरेर निगमले जग्गा किनेको हो । निगमले करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गर्दा चल्ती मूल्यभन्दा ६७ करोड रुपैयाँ धेरै तिरेर घोटाला गरेको हो । निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करिब ६ अर्ब रुपैयाँ बजेट...
दाङमा बम समात्ने हवल्दारको यस्तो छ रामकहानी

दाङमा बम समात्ने हवल्दारको यस्तो छ रामकहानी

काठमाण्डौ ।असार १४ मा सम्पन्न दोस्रो चरणको निर्वाचनका क्रममा एकजना प्रहरी निकै चर्चामा आए । निकै बहादुरीका साथ आफ्नो कर्तव्य निर्वाह गरेकाले उनले चर्चा र लाखौँ नेपालीको धन्यवाद पाएका हुन् । उनी अर्थात्, सल्यान शारदा– १ सिनेनगरका दुर्गाबहादुर राना । दुर्गाबहादुर उनै प्रहरी हवल्दार हुन्, जसले दाङ, तुलसीपुर उपमहानगरपालिका–३ अम्बासस्थित श्री आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान भइरहेको समयमा प्रह...
राजधानीको ज्यानमारा सडकः विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्

राजधानीको ज्यानमारा सडकः विनिताको ज्यानै गयो, सत्या भाग्यले बाँचिन्

काठमाडौं । युरिका हाइस्कुल, मनमैजुस्थित कक्षा ३ मा अध्ययनरत १० वर्षीया विनिता फुयाँल शुक्रबार अपराह्न विद्यालयबाट नेपालटारस्थित घरमा फर्किइन् । त्यसपछि घरबाट करिब १० मिटर टाढा रहेको आफ्नो रेष्टुरेन्टमा खाजा खान पुगिन् । विनिताले खाजा खाइरहँदा दर्किन थाल्यो पानी । वर्षा रोकिएपछि उनी रेष्टुरेन्टबाट घरतर्फ हिँडिन् । ठूलो वर्षा भएकाले सडकमा भेल उर्लिरहेको थियो । पानीले नहरजस्तै बनेको सडकमा रहेको न...
मन्त्रिपरिषद् विस्तार सरेको सर्‍यै, २३ मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन

मन्त्रिपरिषद् विस्तार सरेको सर्‍यै, २३ मन्त्रालय डेढ महिनादेखि मन्त्रीविहीन

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झन्डै डेढ महिना हुँदै छ । तर, २३ मन्त्रालय अझै मन्त्रीविहीन छन् । मन्त्रिपरिषद् विस्तार गर्ने दलहरुको भाका सरिरहेको छ । पछिल्लोपटक असार मसान्तसम्म गर्ने भनिएको मन्त्रिपरिषद् विस्तार अब ३ साउनमा गर्ने तयारी गरिएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डल देशबाहिर रहेको, मन्त्रालय बाँडफाँड तथा सरकार...
आँखामा समस्या छ ?,  यसो गर्नुहोस्

आँखामा समस्या छ ?, यसो गर्नुहोस्

डा इन्दुप्रसाद ढुंगेल आँखारोग विशेषज्ञ  धुलोमा नबस्ने । कुकुर, बिरालो नछुने । रुखबिरुवा र फूललाई सीधै नछुने । पालुवा पलाइरहेको रूखमुनि नबस्ने । प्रदूषण नियन्त्रण गर्ने । प्रदूषित वातावरणमा नजाने । बाहिर जाँदा प्रोएक्टिभ मास्क या चस्मा लगाउने । आँखामा पानी जथाभावी नलगाउने । एसिड अल्कालिकजस्ता रसायन पर्‍यो भने मात्र पानी लगाउने । नयाँ पत्रिकाबाट
चिडियाघरको दुईवटा बाघलाई शनिबार ‘व्रत’ !

चिडियाघरको दुईवटा बाघलाई शनिबार ‘व्रत’ !

काठमाडौं, २९ असार। चिडियाघरमा रहेका बाघ सातामा एक दिन निराहार वस्त बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस । चिडियाघरमा रहेका दुईवटा पाटेबाघ कांछा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । बाघलाई आहाराका रुपमा हरेक दिन ११ देखि १२ बजेसम्म ६–६ केजीको दरले १२ केजी राँगाको ताजा मासु दिने गरिएको जिबकिपर बाबुकाजी महर्जन बताउँछन् । सातामा ६ दिन नियमित दिए पनि शनिबार दुवै बाघलाई निराहार रा...
दुई महिनामा १४४२ कर्मचारीको विदेश भ्रमण: राज्यकोषको एक अर्ब स्वाहा

दुई महिनामा १४४२ कर्मचारीको विदेश भ्रमण: राज्यकोषको एक अर्ब स्वाहा

काठमाडौं, २८ असार। पछिल्लो दुई महिनामा सरकारका १ हजार ४ सय ४२ कर्मचारीले विदेश भ्रमण गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन् । यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाब मात्र हो । ती कर्मचारीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन् । ‘यस अवधिमा कर्मचारीहरु अन्टार्टिकाबाहेक सबै महादेश पुगेका छन...
अन्तर्घातले २५ स्थानमा हारेको एमालेको निष्कर्ष

अन्तर्घातले २५ स्थानमा हारेको एमालेको निष्कर्ष

काठमाडौं, २७ असार। दोस्रो चरणको निर्वाचनमा कम्तीमा २५ स्थानीय तहमा अन्तर्घातका कारण हार व्यहोर्नुपरेको निष्कर्ष एमालेले निकालेको छ । सोमबार बसेको स्थायी समिति बैठकले चुनावी सफलता र अनपेक्षित परिणामको समग्र समीक्षासहितको प्रतिवेदन १५ दिनभित्र केन्द्रमा पठाउन जिल्ला कमिटिहरुलाई निर्देशन दिएको छ । दोस्रो चरणको निर्वाचनमा कम्तीमा एक सय ७० तहमा जित हात पर्ने अनुमान गरेको एमालेले एक सय ५१ स्थानमा प्...
शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?

शीर्ष नेताहरु कसले कहाँबाट मत हाल्दैछन ?

काठमाडौं । स्थानीय तह दोस्रो चरणअन्तर्गतको निर्वाचनमा मतदान गर्न सर्वसाधारण जनता आतुर छन् । सर्वसाधारण जनता मात्रै होइन, शीर्ष नेताहरु पनि भोलि विभिन्न मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गर्दैछन् । केही शीर्ष नेताले भने पहिलो चरणमै मतदान गरिसकेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिका–१, डडेल्धुराको असिग्राम उमावि मतदान केन्द्रबाट मतदान गर्दैछन् । देउवा केही दिनदेखि उतै...
मध्याह्नअघि नै मतदान गर्न मौसमविदको सुझाव

मध्याह्नअघि नै मतदान गर्न मौसमविदको सुझाव

काठमाडौं, १३ असार । मोसमविदले १४ असारमा हुने दोस्रो चरण स्थानीय निर्वाचनका दिन मध्याह्नअघि नै मतदानस्थल पुगेर मतदान गर्न सुझाएका छन् । मध्याह्नपछि बढी वर्षा हुने सम्भावना रहेको भन्दै उनीहरुले मतदातालाई यस्तो सुझाव दिएका हुन् । निर्वाचनका दिन (बुधबार) बिहान ७ बजेदेखि वर्ष भए पनि ७ बजेपछि प्रदेश नं. १, ५ र ७ का पहाडी र हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ...
पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

पत्रपत्रिकाका फ्रन्टपेजः पूर्वआईजीपी जेल चलान, चारैजना एउटै कोठामा

काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआईजीपी, एक एआईजी र एक डीआईजी जेल चलान भएको खबरलाई आजका पत्रपत्रिकाहरुले प्राथमिकताका साथ छापेका छन् । चारै जनालाई डिल्लीबजार कारागारको एउटै कोठामा राखिएको पत्रपत्रिकाहरुले लेखेका छन् । भ्रष्टाचारी ठहर भएकामध्ये प्रहरीका पूर्वआईजीपी रमेशचन्द्र ठकुरी भने फरार छन् । त्यस्तै पूर्व एआईजी र एसएसपी पनि फरार छन् । नजिकिँदो निर्वाचन...
नेपालीले बनाए मंगल ग्रहको उपग्रहमा वासस्थल

नेपालीले बनाए मंगल ग्रहको उपग्रहमा वासस्थल

काठमाडौं । मंगलग्रहको उपग्रह ‘फोबोस’मा अन्तरिक्षयात्री बस्न सक्ने वासस्थानको नमूना तयार गर्न अन्डरग्य्राजुएट तहका इन्जिनियररिङबीच संसारभर गराइएको प्रतिष्पर्धामा नेपाली विद्यार्थीको समूह विजेता तीनमा छनोट भएको छ । अमेरिकन इन्ष्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआईएए)ले आयोजना गरेको प्रतिष्पर्धामा चार नेपाली विद्यार्थी (थापाथली इन्जिनियरिङ क्याक्पस र पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्...
सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

  काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित असिग्राम उमाविमा उनले भोट हाल्ने ...
प्रधानमन्त्री भएपछि देउवाले भने– थोह्रै बोल्छु, धेरै गर्छु

प्रधानमन्त्री भएपछि देउवाले भने– थोह्रै बोल्छु, धेरै गर्छु

काठमाडौं । माओवादी केद्रसँग एक वर्षदेखि जारी रहेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको प्रधानमन्त्रीमा चुनिएका छन् । कांग्रेस र माओवादीबीच एक वर्षअघि पुष्पकमल दाहाल प्रचण्डको सत्तारोहणकै बेला आलोपालो रुपमा सत्ताको नेतृत्व गर्ने सहमति भएको थियो । प्रधानमन्त्रीमा चयन भएपछि देउवाले चौथोपटक आफ्नो यो कार्यकालमा कम बोलेर बढी काम गर्ने बताए । आरो...
प्लास्टिकका पोकामा सय बढी शव, तनावमा शिक्षण अस्पताल

प्लास्टिकका पोकामा सय बढी शव, तनावमा शिक्षण अस्पताल

काठमाडौं। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जअन्तर्गतको फरेन्सिक मेडिसिन विभागका प्रमुख प्रा.डा प्रमोदकुमार श्रेष्ठ निकै चिन्तित देखिन्छन् । उनको चिन्ता ज्युँदो मानिसप्रति भन्दा मृतकको शवप्रति केन्द्रित छ । फरेन्सिक विभागअन्तर्गतको ल्याबमा दुई वर्षअघि देखि सनाखत हुन नसकेर अलपत्र अवस्थामा रहेका सयभन्दा बढी शव कहाँ र कसरी तह लगाउने भन्ने विषयमा उनी चिन्तित छन् । ‘सरकारले लिनुपर्ने चि...
राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

राष्ट्रपति र उपराष्ट्रपतिलाई अब यस्तो सुविधा, कति पाउँछन तलब ?

काठमाडौं। सरकारले राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक मंगलबार संसदमा दर्ता गरेको छ । राष्ट्रपति/उपराष्ट्रपतिलाई सरकारको तजबिजी निर्णयका आधारमा उपलब्ध गराउँदै आएको सेवासुविधालाई पारदर्शी बनाउन ऐन बनाउन खोजिएको हो । राष्ट्राध्यक्षको मासिक पारिश्रमिक १ लाख ५० हजार ४ सय ५० र उपराष्ट्रपतिका लागि १ लाख ८ हजार ३० प्रस्ताव गरिएको विधेयकमा दुवै पदाधिकारीका लागि अन्य थुप...
दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

दुलही नलगेपछि दुलाहासहित जन्ती गाउँलेको कब्जामा

बाराको महागढीमाई नगरपालिका–१० गन्जभवानीपुरमा मुस्लिम परम्पराअनुसार विवाह गरिसकेपछि दुलही मन नपरेको भन्दै दुलाहाले तीन तलाक (सम्बन्ध–विच्छेद) दिएका छन् । भारतको बिहार बेतियानजिकै रहेको मझौलिया गाउँबाट आएर स्थानीय युवतीसँग विवाह गरेका रुस्तम आलमले तलाक दिएका हुन् । मुस्लिम परम्पराअनुसार बुधबार राति निकाह (विवाह) सम्पन्न भइसकेपछि बिहीबार बिहान दुलाहाले दुलहीको अनुहार देखेपछि मन नपरेको भन्दै सबैक...
फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

फेसवुकबाट लभ परेको ‘ईन्जिनियर’ सँग बिहे गर्दा १० पास गरेको बिबाहित र बच्चाको बाउ परेपछि…

काठमाडौं । इलाम घर भई ललितपुर बस्ने शिला शर्मा (नाम परिवर्तन)को करिब एक वर्षअघि रमेशप्रसाद तिमल्सिनासँग फेसबुकमार्फत चिनजान भयो । फेसबुक च्याट हुँदै उनीहरू साथी बने । तिमल्सिनाले आफू हाइड्रो इन्जिनियर भएको र ठूलो कम्पनीमा काम गर्ने बताएका थिए । त्यही ‘प्रोफाइल’का आधारमा युवती उनीसँग निकट भएकी थिइन् । भर्चुअल दुनियाँबाट झन् नजिक हुँदै उनीहरू भेटघाट गर्न थाले । मीठा कुरा गर्ने तिमल्सिनाले शिलालाई ...
रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

रातिबाटै सुरु भयो मौन अवधि, अव के गर्न पाइन्छ, के पाइँदैन ?

काठमाडौं । स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि बिहीबार राति १२ बजेदेखि ४८ घन्टे मौन अवधि सुरु भएको छ । मौन अवधिमा दल र उम्मेदवारको प्रचारप्रसार गर्न निषेध गरिएको छ । स्थानीय तह निर्वाचन निर्देशिकाले मौन अवधिमा प्रचारप्रसारसहित ६ किसिमका रोक लगाएको छ । मौन अवधिमा साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन प्रयोग गर्न पाइँदैन । बाजा बजाउन, नाचगान गर्न, ...
निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

निर्वाचनमा धेरैले मतदान गर्न नपाउँने, को–को बन्दैछन् मतदानबाट बञ्चित ?

काठमाडौं । स्थानीय तहको निर्वाचनमा धेरै नेपाली मतदानबाट बञ्चित हुँदै छन् । जो जहाँ छन् त्यहीँबाट मतदान गर्न पाउने व्यवस्था नभएकाले यो निर्वाचनमा समस्या देखिएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद सुवेदीले बताए । स्थानीय तहको निर्वाचन दुई चरणमा सम्पन्न हुँदै छ । ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा प्रदेश नं. ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ । तर, निर्वाचनमा खटिने सुरक...
आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै: चुनावको अन्तिम प्रचारमा शीर्ष नेता कहाँ ?

काठमाडौं । बिहीबार राति १२ बजेबाट चुनाव प्रचार बन्द (मौन अवधि) सुरु हुँदैछ । प्रचारका लागि बिहीबार मात्रै भएकाले शीर्ष नेता अन्तिम प्रचारमा जुटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार मध्याह्न ११ बजे चितवनको भरतपुर महानगरपालिकामा हुने चुनावी सभालाई सम्बोधन गर्दैछन् । कांग्रेस र माओवादी केन्द्रको तालमेल रहेको उक्त सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड पनि सहभागी हुनेछन् । बि...
error: Content is protected !!