काठमाडौं, २७ माघ । मन्त्रिपरिषद्ले राष्ट्रिय सभा सदस्यमा तीनजना मनोनीत गर्ने जिम्मा प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले देउवालाई सो जिम्मेवारी दिएको हो ।

Advertisement

संविधानले राष्ट्रिय सभाका सदस्यमध्ये तीनजनालाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार मन्त्रिपरिषद् बैठकले मनोनीत हुने सदस्य छनोटको सबै जिम्मा प्रधानमन्त्री देउवालाई दिएको हो ।

सरकारले राष्ट्रिय सभा सदस्यमा कांग्रेस झापाका पूर्वसभापति गोपाल बस्नेत, कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र युएनकी अवकाशप्राप्त चाँदनी जोशीलाई मनोनयन गर्ने तयारी गरेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए ।

सरकारले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सेनाको मानार्थ सहायक रथीको पदवी दिएको छ । यसैगरी, बुढीगण्डकी आयोजना निर्माण गर्न राष्ट्रिय योजना आयोगले तयार पारेको लगानीसम्बन्धी प्रतिवेदन पारित गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!