नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

नेपाली विद्यार्थीले पत्ता लगाए चुरोटका ठुटा कुहाउने प्रविधि

काठमाडौं, २१ असोज । चुरोटको ठुटालाई उपयोगी मानिँदैन। यसले पृथ्वीको माटो बिगारिदिने तथा उत्पादनशील क्षमतामा समेत ह्रास गराइदिन्छ। यो छिटो कुहिँदैन पनि। तर त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि केन्द्रीय विभागमा अध्ययनरत रोजी रावत र गैह्रीधारास्थित सान इन्टरनेसनल कलेजमा अध्ययनरत सुदर्शन जीसीको समूहले यस्ता सामग्रीलाई सजिलै कुहाउन सघाउने प्रविधि पत्ता लगाएका छन्। यो नेपालमा पत्ता लागेको महत्वपूर्ण ...
भारतमा जोगीको आवरणमा भेटिए फरार बैंकर ज्ञवाली

भारतमा जोगीको आवरणमा भेटिए फरार बैंकर ज्ञवाली

काठमाडौं, २० असोज । फरार भएलगत्तै प्रहरी उनको पछि लागेको थियो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली निरन्तर उनको खोजीमा थियो । तर, कुनै ‘क्लु’ पाउन सकेको थिएन । लामो समय प्रहरीलाई छक्याउन सफल भएका ज्ञवाली बिहीबार भारतको उत्तर प्रदेशको मथुरानजिकै वृन्दावनको आश्रममा भेटिए, त्यो पनि जोगीको आवरणमा । प्रहरीलाई झुक्याउन ज्ञवालीले जोगीको भेष धारण गरेका थिए । ‘त्यहाँ पूरै जोगीका रूपमा उनको पहिच...
सालीलाई बलात्कार गरी हत्या गर्ने जोशीलाई सर्वस्वसहित जन्मकैद

सालीलाई बलात्कार गरी हत्या गर्ने जोशीलाई सर्वस्वसहित जन्मकैद

बैतडी, २० असोज । कञ्चनपुरकी १३ बषीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको २ महिना बढी भइसक्दा समेत बास्तविक दोषी पत्ता नलागेका बेला बैतडीमा भने किशोरीलाई बलात्कापछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । डिलाशैनी गाउँपालिका ४ पिरेणीका २२ बर्षीय उमेशप्रसाद जोशीलाई सर्वस्वसहित जन्मकैद र थप ८ बर्ष कैद सुनाइएको हो । आजको नेपाल समाचारपत्रमा...
भारतको बथनाहाबाट एक महिनाभित्रै विराटनगरमा रेल

भारतको बथनाहाबाट एक महिनाभित्रै विराटनगरमा रेल

विराटनगर, २० असोज । भारतको बथनाहाबाट विराटनगरमा रेल आउने समय नजिकिँदै छ। विराटनगर र बथनाहा अब एक महिनाभित्र रेलमार्गले जोडिने भएका छन्। नेपालको रेल विभाग र भारतीय विदेश मन्त्रालयको टोलीले शुक्रबार संयुक्त रूपमा बथनाहाबाट विराटनगर–१८ बुधनगर भन्सार यार्डसम्म निर्माणाधीन रेलमार्ग अनुगमन गरेका छन्। दुवै देशका अधिकारीले एक महिनाभित्र बथानाहाबाट बुधनगरसम्म रेल सञ्चालन हुने जानकारी दिए। नेपालले जग्गा...
निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

निर्मलाको नाममा युट्युब च्यानलको व्यापार

काठमाडौँ, २० असोज ।  बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्त अहिले केहीका लागि पैसा कमाउने माध्यम बनेकी छन् । युट्युब च्यानलले निर्मलाका नाममा अन्धाधुन्दरुपमा व्यापार गर्दा निर्मलाका परिवारलाई थप मर्माहत बनाएको छ । घटनालाई तोडमोड गरेर युट्युब च्यानलमा राख्ने र पैसाकै लागि व्यापार गरिरहँदा पनि नियामक निकाय भने मुकदर्शक भएर बसेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।
‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

‘यौनकर्मीबाट बच्चा जन्मिए बाबु को हुने ?’

काठमाडौँ, २० असोज । यौनकर्मीले पेसाको क्रममा बच्चा जन्माएमा, एकभन्दा बढीसँग यौनसम्पर्कमा रहेर बच्चा जन्मिएमा, सन्तान गर्भमै छँदा वा पछि बाबुले छाडेर गएमा, नाम थर थाहा भएको, तर ठाउँ ठेगाना थाहा नभएको र हालसम्म जीवित रहेको वा मृत्यु भएको थाहा नभएमा आमाले पतिको पहिचान गर्न नसक्ने र सन्तानले नागरिकता नपाउन सक्ने नागरिकता प्रभावित व्यक्तिहरूको तर्क छ । त्यस्तो अवस्थामा बाबुको पहिचान हुन नसक्ने भएकाले ...
दशैंको लागि ५ किलो चामल किन्न सिडिओको सिफारिस

दशैंको लागि ५ किलो चामल किन्न सिडिओको सिफारिस

काठमाडौँ, १९ असोज । दसैँ नजिकिँदै गर्दा खाद्यान्न अभाव भएपछि हुम्लालगायत कर्णालीका बासिन्दा मर्कामा परेका छन् । उनीहरूले पाँच किलोग्राम चामल खरिद गर्न प्रमुख जिल्ला अधिकारी (सिडिओ) बाट सिफारिस लिनु परिरहेको छ । नेपाल खाद्य संस्थान, हुम्लाले दसैं नजिकिएपछि बुधबारदेखि चामल बिक्री गर्न थालेको हो । मागअनुसार चामल आपूर्ति नभएपछि प्रतिपरिवार पाँच किलोग्राम मात्रै बिक्री गरिरहेको खाद्य संस्थान हुम्लाका ...
अब कर्मचारीले दिनहुँ भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

अब कर्मचारीले दिनहुँ भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

काठमाडौँ, १९ असोज । सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ। उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्नेछ। यससँगै ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बु...
पुर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

पुर्वराजा वीरेन्द्रको भेटियो ८७ अर्ब सम्पत्ति

काठमाडौँ, १९ असोज । स्वर्गीय राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनका परिवारको नाममा खहिलेसम्म करिब ८७ अर्बको चल अचल सम्पत्ति भेटिएको छ । पुर्वराजा सम्पत्ति व्यवस्थापन गर्न गठिन नेपाल ट्रस्टको कार्यालय हालसम्म पुर्व राजा जाजपरिवाको सम्पत्ति ८७ अर्ब भएको अनुमान गरिएको छ । राज्य व्यवस्था समितिको विहीबारको बैठकमा नेपाल ट्रस्टका सचिव डा. रमेशप्रसाद सिंहले अहिलेसम्म ८ठ अर्बको रकम प्राप्त भएको जानकारी दिए...
आइजिपी हटाउन भन्दै ज्ञापनपत्र बुझाउने नविना लामा र रञ्जितकाे यस्ताे छ स्वार्थ

आइजिपी हटाउन भन्दै ज्ञापनपत्र बुझाउने नविना लामा र रञ्जितकाे यस्ताे छ स्वार्थ

काठमाडौं, १९ असोज । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनाललाई हटाउन चलखेल सुरु भएको छ। आइजिपी भएको ६ महिना नपुग्दै सत्तारूढ दल नेकपाका विद्यार्थी संगठन आइजिपी हटाउन सक्रिय भएका हुन्। तत्कालीन एमाले निकट अखिल अध्यक्ष नवीना लामा र तत्कालीन माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष रन्जित तामाङले बिहीबार गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमा भेट गरी आइजिपी खनाललाई हटाउन दब...
सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

सुनसरीको बराहक्षेत्रदेखि उदयपुरको मैनामैनीसम्म केबलकार बन्ने

धरान, १९ असोज । प्रसिद्ध धार्मिक तीर्थस्थल सुनसरीको बराहक्षेत्रबाट उदयपुरको मैनामैनीसम्म केबलकार सञ्चालनका लागि सभ्याव्यता अध्ययन सुरु गरिएको छ । बराहक्षेत्र मन्दिरदेखि उदयपुरको बेलका नगरपालिकाको मैनामैनीसम्म सञ्चालन हुने केबलकार करिब तीन किलोमिटर लामो हुने बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए । प्राविधिकहरूको प्रारम्भिक रिपोर्टअनुसार छोटो दूरी भएकाले केबलकार सञ्चालन गर्न सकिने देखिएको उनको ...
जनकपुरबाट गुड्यो भारतीय रेल

जनकपुरबाट गुड्यो भारतीय रेल

काठमाडौँ, १९ असोज । जनकपुरदेखी भारतको जयपुर जोड्ने रेलवे सेवाको परीक्षण सफल भएको छ ।  नेपाल र भारतका उच्च अधिकारी तथा प्राविधिकले विहीबार २९ किमि लिकको सफल यात्रा गरे । रेल विभागका डाइरेक्टर जनरल डिजी बलराम मिश्र तथा भारतीय राजदुत मञ्चिभ सिंह पुरीको नेतृत्वमा दुवै देशका उच्च अधिकारी तथा प्राविधिकले लिक, पुलपुलेसा परीक्षणसँगै निर्माणधीन रेलवे स्टेसन, कर्मचारी आवासको स्थलगत निरीक्षण गरेका थि...
मूल्य बढाएर बेच्दा पनि एक अर्ब घाटामा निगम

मूल्य बढाएर बेच्दा पनि एक अर्ब घाटामा निगम

काठमाडौँ, १८ असोज । नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५ ७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ। ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ। साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ। यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण...
सामुहिक बलात्कारको अभियोगमा स्ववियु सभापतिलाई १० बर्ष कैद

सामुहिक बलात्कारको अभियोगमा स्ववियु सभापतिलाई १० बर्ष कैद

काठमाडौँ, १८ असोज । सामुहिक बलात्कारको अभियोगमा पर्वतको कुस्माबजारस्थित गुप्तेश्वर बहुमुखी क्याम्पसका स्ववियु सभापतिका विरुद्ध दश वर्ष कैद सजाय सुनाईएको छ । पर्वतको कुश्मा नगरपालिका १ पाङ सहस्रधाराका २३ बर्षीया शिशिर क्षेत्रीलाई पर्वत जिल्ला अदालतले १० बर्ष कैद सजायको फैसला सुनाएको हो । नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघका तर्फबाट निर्वाचित स्ववियु सभापति क्षेत्रीलाई पर्वत जिल्ल...
पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

पप्पु कन्स्ट्रक्सनको बदमासीः हस्ताक्षर सांसदकै, पुर्जी छोरालाई

काठमाडौँ, १७ असोज । टिकुलिया घाटको दुर्घटनाबारे सोधपुछका लागि प्रहरीले पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रोनियारलाई पक्राउ पुर्जी जारी गर्यो । सुमितको नाममाप पुर्जी जारी भए पनि उक्त स्थानमा निर्माणधीन पुलको ठेक्का सम्झौतापत्रमा हरिनारायणका छोरा हुन् । पक्राउ पुर्जी जारी भएको सात दिन वितिसक्दा पनि सुमितलाई प्रहरीले फेला पार्न सकेको छैन । गएको प्रतिनिधिसभा निर्वाचनमा टिकट पाउने निश्चित भएपछि हरिना...
किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

किन असफल हुँदै छ ओलीको दुई तिहाइ सरकार ?

काठमाडौँ, १७ असोज । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्दै सार्वजनिक यातायातमा भाडा वृद्धि गरिएको छ । सरकार मूलतः सात महिनाको अवधिमा नारा र भाषणमा मात्र बढी केन्द्रित भएको छ । नागरिकले सरकारको काम परिणाममा हेर्न च...
डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

डोटीमा ७४ वर्षीया वृद्धा बलात्कृत

काठमाडौँ, १७ असोज । डोटीमा एक वृद्धा बलात्कृत भएकी छिन् । सोमबार बडीकेदार गाउँपालिका–३ की ७४ वर्षीया वृद्धा बलात्कृत भएकी हुन् । छिमेकी गाउँ जाने क्रममा जंगलको बीचमा बलात्कार गरिएको पीडितले बताएकी छिन् । बाटोमा एक्लै हिँडिरहेका वेला पछाडिबाट आएका बोगटान गाउँपालिका–१ सिमचौर पान्सा घर भएका गणेश भनिने एकेन्द्र धामीले वृद्धालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पीडित महिला चि...
दशैँमा यात्रुबसले पालो कुर्नु नपर्ने

दशैँमा यात्रुबसले पालो कुर्नु नपर्ने

काठमाडाैं, १६ असोज । दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो। यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन्। तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्...
फेसबुकमा लाईभ गर्दै आत्महत्या

फेसबुकमा लाईभ गर्दै आत्महत्या

चितवन, १६ असोज । कालिका नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय निश्चल तामाङले फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेका छन्। तामाङले आइतबार राती १० बजेर १३ मिनेटमा आत्महत्या गर्ने संकेतको स्टाटस फेसबुकमा राखेका थिए। ‘कति जनाले लाईभ आत्महत्या गरेको हेर्न चाहनुहुन्छ’, समय पनि लेख्दै निश्चलले फेसबुक स्टाटस अपडेट गरेका थिए।, आजको नागरिक दैनिकले खवर लेखेको छ । कक्षा १२ मा अध्ययन गर्दा पढाई छाडेका उनी लागुपदार्थ...
महाप्रबन्धककै संलग्नतामा खानेपानीको पाइपमा २५ करोड घोटाला

महाप्रबन्धककै संलग्नतामा खानेपानीको पाइपमा २५ करोड घोटाला

काठमाडौँ, १६ असोज । नेपाल खानेपानी संस्थानले डीआई (डक्टाइन आइरन) पाइप तथा फिटिङका सामान खरिदमा २५ करोड रूपैयाँ घोटाला गरेको छ। संस्थानको बुटवल र नेपालगञ्ज शाखाले सार्वजनिक खरिद ऐनविपरीत अनियमितता गरेको तथ्य भेटिएको हो। एउटै प्रकृतिको कामलाई टुक्रा गरेर ठेक्का दिई उक्त रकम घोटाला गरिएको खानेपानी मन्त्रालयको छानबिन प्रतिवेदनले औंल्याएको छ। ठेक्का दिने प्रक्रियादेखि ठेक्का लिएर काम गर्दासम्म स्वा...
बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

बालुवाटारमा बगैंचा सिंगार्न पाँच करोड, मुख्यसचिवको आवासमा साढे ४ करोड

काठमाडौँ, १६ असोज । प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ। बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप (बगैंचा व्यवस्थापन) को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ। सरकारले दुई वर्षअघि नै बालुवाटारमा...
कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

कृत्रिम गर्भाधान गराउने गाई-भैंसीलाई २५ सय पोषण भत्ता

पर्वत, १६ असोज । पर्वतको जलजला गाउँपालिकामा रहेको पशु सेवा शाखाले पशुहरुमा कृत्रिम गर्भाधारण सेवालाई कृषकहरु माझ पुर्याउन आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । कृषकहरुलाई कृत्रिम गर्भाधानप्रति आकर्षण गराउन सुत्केरी गाईभैँसीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । आर्थिक वर्ष २०७५/७६ को कार्यक्रममा गाईभैसीलाई कृत्रिम गर्धाधारण गराउने कृषकहरुलाई पोषण भत्ता स्वरुप २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने नि...
प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

प्रदेश १ मा फेरि चर्कियो राजधानी विवाद

काठमाडौँ, १६ असोज । राजधानीको विषयलाई लिएर प्रदेश १ मा फेरि विवाद चुलिएको छ । मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो । अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्ने/नगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्...
२० हजार विश्वविद्यालयलाई पछार्दै त्रिवि अगाडि

२० हजार विश्वविद्यालयलाई पछार्दै त्रिवि अगाडि

काठमाडौँ, १६ असोज । त्रिभुवन विश्वविद्यालय विश्वका करिब २० हजार विश्वविद्यालयलाई पछि पारेर एक हजार भन्दा कम स्थानमा प्रवेश गरेको छ । सन् २०१८ को सर्वेक्षणपछि सार्वजनिक उक्त सर्वेक्षणमा त्रिवि ८ सय भन्दा माथि र १ हजार मुनि स्थानमा परेको जानकारी प्राप्त भएको हो । त्रिविवि यसअघि सन् २०१५ मा ४ हजार २ सय स्थानमा थियो । सन् २०१७ मा ३ हजार ८ सय ४१ स्थानमा रहेको थियो । विभिन्न निकायले गरेको अनुसन्धानमा...
निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

निर्मलाको नाममा न्यायको बलात्कार: डिएनए टेस्ट प्रहरीकै प्रयोगशालामा

काठमाडौँ, १५ असोज । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा आशंका गरिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण विष्ट र किरणका साथी आयुष विष्टको डिएनए रिपोर्ट आएको छ । परीक्षणले उनीहरूलाई सफाइ दिएको छ । निर्मलाको शवबाट संकलित नमुना आफूँसँगै राखेर प्रहरीले आशंका गरिएका तीनजनाको रगतको नमुना मात्र केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाएको थियो । रगतका आधारमा विधिविज्ञानल...
मलेसियाको वैदेशिक रोजगारीमा निःशुल्क जान पाउने

मलेसियाको वैदेशिक रोजगारीमा निःशुल्क जान पाउने

काठमाडौं, १५ असोज । अब नेपाली कामदार निःशुल्क रुपमा मलेसिया जान पाउने भएका छन् । नेपाल सरकारको प्रस्तावअनुासर कामदारलाई कुनै पनि आर्थिक भार नपार्ने गरी लैजान मलेसिया सरकार तयार भएसँगै नेपाली कामदारलाई मलेसिया झन् सहज बन्ने भएको हो । दुई देशबीच हुने भनिएको बहुप्रतीक्षित आपसी समझदारी एमओयु को मस्यौदामा सहमति जुटिसकेको छ । दुवै पक्षबीच विभिन्न चरणमा आदान — प्रदान तथा संशोधन भएको मस्यौदामा शुक्रबार...
दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

दसैं भत्ताका लागि साढे ६ अर्ब निकासा

काठमाडौं, १५ असोज । सरकारी कर्मचारीलाई दशैंमा भत्ता वितरण गर्न करिब साढे ६ अर्ब रुपैयाँ निकासा हुने भएको छ। दशैं भत्ताका लागि सरकारी कर्मचारीले नियमित तलब बराबरको एक महिनाको थप तलब पाउनेछन्। महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता जगन्नाथ शर्माले निकासा हुने यो रकम घटस्थापना अगाडि वितरण गरिने जानकारी दिए। उनले भने, ‘एक महिनाको तलब बराबरको चाडपर्व खर्च अर्थ मन्त्रालयले निकासा गर्नेछ।’ अर्थ मन्त्...
शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

शैक्षिक प्रमाणपत्रको आधारमा ऋण पाइने पक्का

काठमाडौं, १५ असोज । सरकारले आर्थिक वर्ष २०७५ र २०७६ मा घोषणा गरेजस्तै अब स्नातक र सोभन्दा माथिको शिक्षा आर्जन गर्न चाहने विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण उपलब्ध गराउने भएको छ । यसकै आधारमा निब्र्याजी र सहुलियत ऋण उपलब्ध गराउन ऋण वितरण निर्देशिका, २०७५ को मस्यौदा तयार पारिएपछि यो पक्कापक्की नै भएको हो । उक्त निर्देशिकामा आर्थिक रुपले विपन्न तथा जेहनदार विद्यार्थीको पहिचान गरी ऋण दिन...
यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजार वेबसाइट बन्द

काठमाडौं, १५ असोज । नेपाल दुरसञ्चार प्राधिकरणले यौनजन्य अश्लिल सामग्री राख्ने १६ हजारभन्दा बढी वेबसाइटलाई बन्द गराएको छ। दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक र समाजिक सञ्जाल सञ्चालकमार्फत प्रकाशन तथा प्रसारण गर्ने त्यस्ता वेबसाइटलाई तुरुन्त रोक्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्राधिकरणलाई निर्देशन दिएको थियो। मन्त्रालयको निर्देशन बमोजिम प्राधिकरणले असोज ८ गतेदेखि नै त्यस्ता वेबस...
छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

छाेरी बलात्कार गरेकाे अाराेपमा बाबु पक्राउ

अाेखलढुंगा, १४ असोज । अाफ्नै छाेरीलार्इ जवरजस्ती करणी गरेको अभियोगमा एक जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा ओखलढुंगा सुनकोशी गाउँपालिका ७ केउरीनीका ३६ एक पुरुष रहेका छन्। पीडितकाे परिचय खुल्ने भएकाले उनकाे नाम प्रहरीले सार्वजनिक गरेकाे छैन्। अभियुक्तले छोरीलाई जवरजस्ती करणी गरी भागेको खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले सोही ठाउँ स्थित एक घरमा लुकीछिपी बसेको अवस्थामा उनलार्इ फेला ...
खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

खोइ नेपालको १०,०१९ वर्ग किमि भूमि ?

काठमाडौँ, १४ असार । नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्गकिलोमिटर छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तथ्यांकमा भने १ लाख ३७ हजार १ सय ६२ दशमलब ०३५ वर्गकिमि मात्र पाइएको छ । कहाँ हरायो १० हजार १८ दशमलब ९६५ वर्गकिमि ? गायब भएको भूमि करिब १४ वटा सिंगापुरजति हुन आउँछ । सुन्दै पत्याउन गाह्रो । तर यो वास्तविकता हो । उक्त मन्त्रालयको संघीय मामिला शाखाद्वारा असोज २०७४ मा प्रकाशित ‘ग...
error: Content is protected !!