काठमाडौँ, १८ असोज । नेपाल आयल निगम (एनओसी)ले चालू आर्थिक वर्ष ०७५ ७६ को साढे दुई महिनामा ४० अर्बको पेट्रोलियम कारोबार गरेको छ। ४० अर्बको कारोबारमा निगमले एक अर्ब घाटा देखाएको छ।

Advertisement

साउन, भदौ र असोजको मध्यसम्म ४० अर्बभन्दा बढी कारोबार गर्दा एनओसीले ३० अर्ब रुपैयाँ भारतीय आयल कर्पोरेसन(आईओसी)लाई भुक्तानी दिएको छ।

यो अवधिमा एक अर्ब रुपैयाँ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि संकलन गरेको र झण्डै १२ अर्ब राजस्व तिरेको निगमका निमित्त नायब प्रबन्ध–निर्देशक नागेन्द्र साहले बताए।

आईओसीले पठाएको मूल्यअनुसार समायोजन नगर्दा घाटा बढिरहेको उनको भनाइ छ। असोज १५ मा आईओसीले निगमलाई नयाँ मूल्य पठाए पनि बारम्बार मूल्यवृद्धिको चर्को विरोधका कारण मूल्य समायोजन गर्न नसकेको साहको भनाइ रहेकाे खबर आजको नयाँ पत्रिका दैनिकमा छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!